14/07/2026
लहान नगरपालिकाको सूचना: साउन १ देखि करार र ज्यालादारी कर्मचारीको काम रोक्ने निर्णय
सिरहा, लहान — लहान नगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई म्याद थप वा कार्य निरन्तरतासम्बन्धी आदेश जारी नभएसम्म नियमित कामकाजमा नलगाइने जनाएको छ।
नगरपालिकाका अनुसार सम्बन्धित कर्मचारीहरूको करार म्याद थप वा कार्य निरन्तरताबारे आधिकारिक निर्णय नभएसम्म उनीहरूलाई कार्यालयमा हाजिर गराउने वा जिम्मेवारी तोक्ने कार्य गरिने छैन।
यस निर्णयले करार तथा ज्यालादारी कर्मचारीहरूमा अन्योल सिर्जना भएको छ। म्याद थप वा कार्य निरन्तरतासम्बन्धी निर्णय कहिले हुने भन्ने विषयमा भने नगरपालिकाले हालसम्म थप जानकारी सार्वजनिक गरेको छैन।