15/04/2026
दैनिक दृस्टी
काठमाडौं २/१/२०८३
टौ दह किर्तिपुर नगरपालिका अन्तर्गत काठमाडौंको दक्षिण–पश्चिम किनारामा अवस्थित एक शान्त र प्राकृतिक ताल हो, जुन शहरको केन्द्रबाट करिब ६–८ किलोमिटर टाढा दक्षिणकाली मन्दिर जाने बाटोमा पर्छ।
यो ताल सर्पराजाको बासस्थान सम्बन्धी पौराणिक कथाका कारण प्रसिद्ध छ र यहाँ माछा लाई खुवाउने, चराहरू अवलोकन गर्ने, पिकनिक गर्ने तथा वरपरका क्याफेहरूमा समय बिताउने जस्ता गतिविधिहरू गर्न सकिन्छ।
पौराणिक उत्पत्ति: जनश्रुति अनुसार मन्जुश्री
ले काठमाडौं उपत्यकाको पानी हटाउँदा सर्पराजा कर्कोटक र उनका अनुयायीहरू त्यहीँ बस्न बाध्य भए, जसका लागि यो ताल बनाइएको मानिन्छ।
नामको अर्थ: “ट" (सर्प) र “दह” (ताल) भन्ने नेवारी शब्दबाट बनेको नाम हो।
टौदह एक महत्वपूर्ण इको–टुरिज्म स्थलका रूपमा पनि परिचित छ।
#टौदह #नयांबर्श