The Voice of the Soil

The Voice of the Soil "The Voice of Soil – The True Voice from the Ground to the City.”

श्री छाब्दी वाराही माईकी जय🙏🙏❤️
20/03/2026

श्री छाब्दी वाराही माईकी जय🙏🙏❤️

13/03/2026

नेपालले ईरानका नागरिकलाई On Arrival Visa नदिने भएपछी अब नेपाल घुम्न आउन Visa Apply गर्नुपर्ने देशहको संख्या १३ पुगेको छ।

1 Nigeria
2 Ghana
3 Zimbabwe
4 Swaziland
5 Cameroon
6 Somalia
7 Liberia
8 Ethiopia
9 Iraq
10 Palestine
11 Afghanistan
12 Syria
13 Iran

11/03/2026

यस्तो यस्तो नमुनाहरुले काङ्ग्रेसको हरिबिजोक भयो भन्छन 😂🤣 The Voice of the Soil

11/03/2026

सांसदले पाउने सेवा–सुविधा हेर्नुहोस्👇️👇️

निर्वाचित भएर पहिलो पटक काठमाडौं आउने सांसदले यात्रा खर्च पाउँछन्, तर त्यसका लागि हवाई जहाज वा बसको टिकट संसद सचिवालयमा बुझाउनुपर्छ। उदाहरणका लागि जुम्लाबाट आएका सांसदले जुम्ला–नेपालगञ्ज–काठमाडौंको हवाई टिकट पेस गरे बराबरको रकम पाउँछन्। तर गोरखाका सांसद पोखरा गएर जहाज चढेमा हवाई टिकटको पैसा नपाई सार्वजनिक सवारीको भाडा बराबर मात्र पाउँछन्। यात्रा क्रममा खाना–खाजाको खर्च दिनको २५०० रुपैयाँसम्म, अधिकतम साढे २ दिनका लागि (६२५० रुपैयाँ) दिइन्छ।

सांसदले पाँच वर्षमा एक पटक १५ हजार रुपैयाँ फर्निचर खर्च पाउँछन्। काठमाडौंमा घर नभएका सांसदले मासिक १८ हजार घरभाडा पाउँछन् भने घर भएकाले मर्मत सम्भारका लागि ९ हजार पाउँछन्। मोबाइल बिल र पत्रपत्रिका/अनलाइन सदस्यताका लागि ३ हजार तथा धारा–पानी खर्चका लागि २ हजार रुपैयाँ पाउँछन्।

सांसदको मासिक तलब ६६,०७० रुपैयाँ र १ हजार विशेष भत्ता हुन्छ। संसद वा संसदीय समितिको बैठक बसेको दिन १ हजार बैठक भत्ता र १ हजार सवारी भाडा पाउँछन्। यदि महिनामा १५ दिन बैठक बस्यो भने करिब ३० हजार अतिरिक्त पाउँछन्। यसरी सामान्यतया काठमाडौं बाहिर घर भएका सांसदले करिब ९० हजार र काठमाडौंमा घर भएका सांसदले करिब ८१ हजार हाराहारी सेवा–सुविधा पाउँछन्, जबकि बैठक नियमित चलेमा १ लाखभन्दा बढी पुग्न सक्छ।

अधिकांश दलले सांसदबाट १०–२० हजारसम्म ‘लेबी’ उठाउँछन्। उदाहरणका लागि रास्वपाले एक सांसदबाट १६,५०० रुपैयाँ लेबी लिँदै आएको थियो, जसले पार्टी खातामा मासिक करिब ३० लाख रुपैयाँ जम्मा हुन सक्छ।

हाल सांसदहरूलाई संसदमा व्यक्तिगत कार्यकक्ष दिइँदैन, नयाँ संसद भवनमा भने कम्तिमा एउटा वर्किङ डेस्क दिने तयारी छ। पहिले सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउँथे तर दुरुपयोगको आरोपपछि यो सुविधा हटाइएको छ। संसद सचिवालयले सांसदलाई ल्यापटप पनि उपलब्ध गराउँदैन; विधेयकहरू ‘पिजन होल’ नामक व्यक्तिगत बाकसमा राखेर जानकारी दिइन्छ। आवश्यक परे सांसदहरूले संसदको डोमेनमा सरकारी इमेल लिन सक्छन् र सरकारी कामका लागि विदेश जाँदा कुटनीतिक (रातो) पासपोर्ट पनि पाउँछन्।

हर्क साम्पाङ बन्दै बालेनको बाधक🙏हर्क साम्पाङले दार्चुलाको नागरिकले तुईन चढेर आफ्नो दैनिक काम कार्वाही गरेको तस्वीर देखेर...
11/03/2026

हर्क साम्पाङ बन्दै बालेनको बाधक🙏
हर्क साम्पाङले दार्चुलाको नागरिकले तुईन चढेर आफ्नो दैनिक काम कार्वाही गरेको तस्वीर देखेर अब उक्त ठाउँमा झोलुङ्गे पुल बनाउने घोषणा गर्दै १० रुपैयाँ माथि आर्थिक सयोग गर्नको लागि आह्वान गरेको छन् तर यो भन्दा अगाडिको सरकार उक्त ठाउँमा झोलुङ्गे पुल बनाउन नसक्ने थिएन होला उक्त ठाउँ नेपाल र भारतको सिमानामा पर्ने भएको पुल निर्माण गर्न दुबै देशको सहमति सहितको सम्झौता पत्रको आवश्यक पर्दछ।बालेन्द्र शाह प्रधानमन्त्री हुनु भन्दा पहिले नै हर्क साम्पाङले आटेको यो काममा भारत बाधक बनेपछि मेयर हुदा ग्रेटर नेपालको तस्बिर आफ्नो कार्यकक्षमा राखेका बालेन शाहले कुटनैतिक सम्बन्ध निर्माण गरेर पुल निर्माण गर्न सहजिकरण गर्न सक्छन् त? भन्ने प्रश्न उठ्न थालेको छन् ।त्यसको साथै हर्क साम्पाङले लिपुलेक ,लिपुयाधुराका नेपाली नागरिकको हक हित संरक्षणको लागि समेत आवाज उठाउँदा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह कसरी प्रस्तुत हुन्छन् त?हेर्न बाकि छ।

Address

Kathmandu
BAGMATI

Website

Alerts

Be the first to know and let us send you an email when The Voice of the Soil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share