Artha Palika

Website

Artha Palika Artha Palika

15/09/2026
12/09/2026

काठमाडौं- सरकारले सार्वजनिक खरिद नियमावलीमा दुई महिनाको अवधिमै दुईपटक संशोधन गरेको छ। गत असार ३० गते १५औँ संशोधन...

12/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे ।

12/09/2026

भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ ।

सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको हाे।

12/09/2026

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सामान्य सचेत वा नसिहतकै आधारमा बैंक सञ्चालक तथा प्रमुख कार्यकार...

12/09/2026

एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो ।

नेपालका लागि बलियो योगफल खडा गर्न ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।

यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।

12/09/2026
12/09/2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन् ।

बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।

ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Artha Palika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share