Naya Khoj

Naya Khoj इतिहासको खोज देखि नयाँ बैज्ञानिक खोज सम्म!

30/07/2026

History of nepal

30/07/2026
Dolpa tripura sundari
26/07/2026

Dolpa tripura sundari

26/07/2026

China launches Gravity-1 rocket from sea.eploys nine satellites.

१९४ वर्ष उमेरको कछुवाः पृथ्वीको दुर्लभ पाहुना !के कुनै जीव १९४ वर्षसम्म बाँच्न सक्छ? सुन्दैमा अचम्म लाग्न सक्छ, पत्याउनै...
26/07/2026

१९४ वर्ष उमेरको कछुवाः पृथ्वीको दुर्लभ पाहुना !

के कुनै जीव १९४ वर्षसम्म बाँच्न सक्छ? सुन्दैमा अचम्म लाग्न सक्छ, पत्याउनै गाह्रो पर्छ। तर संसारमा एउटा यस्तो कछुवा छ जसले करिब दुई शताब्दी देखिसकेको छ।

यस कछुवाको नाम जोनाथन हो। जोनाथको उमेर १९४ वर्ष पुगिसकेको छ। गिनिज वर्ल्ड रेकर्ड्सले हालै यसलाई आफ्नो सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक गिनिज वर्ल्ड रेकर्डस् आइकनको उपाधि प्रदान गरेको छ।

जोनाथन कछुवा सेशेल्स जायन्ट टोर्टोइज प्रजातिको कछुवा हो। यो दक्षिणी आन्ध्र महासागरमा रहेको सेन्ट हेलेना द्वीपमा बस्छ। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् १८८२ मा यसलाई सेसेल्सबाट सेन्ट हेलेना ल्याइएको थियो। त्यसबेला यसको उमेर कम्तीमा ५० वर्षको थियो।
सोही आधारमा वैज्ञानिकहरूले यो कछुवाको जन्म सन् १८३२ मा भएको आँकलन गरेका छन्।

दुई शताब्दीको साक्षी

जोनाथन यस संसारमा आउँदा संसारमा न त सवारी साधनहरू सर्वसाधारणका लागि उपलब्ध थिए न त हवाईजहाजको व्यापक प्रयोग भएको थियो। त्यसबेला इन्टरनेटको अस्तित्व नै थिएन। यो कछुवाले औद्योगिक क्रान्ति, दुईवटा विश्वयुद्ध, मानवको चन्द्रमामा अवतरण र आधुनिक प्रविधिको विकाससम्मका अनेक ऐतिहासिक परिवर्तनहरूको समय गुजारेको छ।

त्यसै कारणले जोनाथनलाई केवल एउटा कछुवा मात्र नभई इतिहासको जीवित साक्षीका रूपमा पनि हेरिन्छ।

१९४ वर्षसम्म बाँच्नु आफैँमा चमत्कार हो। त्यसैले बुढ्यौलीको प्रभाव जोनाथनमा पनि परेको छ। यसको दृष्टिशक्ति लगभग हराइसकेको छ र सुँघ्ने क्षमता पनि निकै कमजोर भएको छ। तर यसको हेरचाह गर्नेहरूका अनुसार यसले अझै नियमित रूपमा खाना खान्छ, घाम ताप्छ र आफ्ना साथी कछुवाहरूसँग सामान्य व्यवहार गर्छ।

विशेषज्ञहरूका अनुसार विशालकाय कछुवाहरूको सुस्त जीवनशैली, कम ऊर्जा खर्च गर्ने शरीर, बलियो प्रतिरक्षा प्रणाली तथा सुस्त मेटाबोलिज्म नै तिनीहरूको दीर्घायुको मुख्य कारण मानिन्छ।

सोही कारणले सेसेल्स र गालापागोस टापुजस्ता द्वीपका विशालकाय कछुवाहरू प्रायः १०० वर्षभन्दा बढी बाँच्छन्। यद्यपि १९४ वर्षसम्म जीवित रहनु भने अत्यन्तै दुर्लभ घटना मानिन्छ।

26/07/2026

अमेरिकासँगको वार्तामा इरान गम्भीर देखिएको ट्रम्पको दाबी !

कर्णाली पुल।
25/07/2026

कर्णाली पुल।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naya Khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share