08/04/2026
अमेरिका–ईरानबीच दुई हप्ताको युद्धविरामपछि नयाँ कूटनीतिक पहल सुरु हुने तयारी भएको छ। इरानले राखेका पस्तावहरु
२. होर्मुज जलडमरूमध्यमा ईरानको नियन्त्रण कायम रहने
३. युरेनियम सम्वर्धनको स्वीकृति
४. सबै प्राथमिक प्रतिबन्ध हटाउने
५. सबै द्वितीयक प्रतिबन्ध हटाउने
६. संयुक्त राष्ट्र सुरक्षा परिषदका सबै प्रस्ताव समाप्त गर्ने
७. बोर्ड अफ गभर्नर्सका सबै प्रस्ताव समाप्त गर्ने
८. ईरानलाई क्षतिपूर्ति भुक्तानी गर्ने
९. मध्यपूर्वी क्षेत्रबाट अमेरिकी लडाकु सेनाहरू फिर्ता गर्ने
१०. लेबनानमा हिज्बुल्लाहविरुद्धको लडाइँसहित सबै मोर्चामा युद्धविराम गर्ने
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख आसिम मुनीरले वार्ताको मध्यस्तता गरे ।
व्हाइट हाउसका एक अधिकारीका अनुसार युद्धविराम औपचारिक रूपमा तब लागू हुनेछ जब ईरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नेछ। यसबीच चीनले पनि अन्तिम समयमा हस्तक्षेप गर्दै तनाव कम गर्न लचिलोपन देखाउन आग्रह गरेको बताइएको छ।
ईरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईले युद्धविरामलाई अनुमोदन गरेका छन्। विदेशमन्त्री अब्बास अराकचीले भने, यदि ईरानमाथि आक्रमण रोकियो भने उनीहरूले पनि आफ्ना आक्रमण रोक्ने र होर्मुज जलडमरूमध्यमा सुरक्षित आवागमन सुनिश्चित गर्ने बताए। अमेरिका पनि होर्मुज खोलिए आक्रमण नगर्न सहमत भएको छ ।