Agro Times Monthly एग्रो टाइम्स मासिक

  • Home
  • Nepal
  • Kathmandu
  • Agro Times Monthly एग्रो टाइम्स मासिक

Agro Times Monthly एग्रो टाइम्स मासिक Agriculture Monthly Magazine. Welcome to official website of Agrotimes Monthly

पनौतीमा निशुल्क कृषि तथा पर्यटन पत्रकारिता तालिम संचालन हुने देशको समृद्धिका लागि कृषि र पर्यटनजस्ता आधारभूत क्षेत्रको स...
22/07/2025

पनौतीमा निशुल्क कृषि तथा पर्यटन पत्रकारिता तालिम संचालन हुने

देशको समृद्धिका लागि कृषि र पर्यटनजस्ता आधारभूत क्षेत्रको सशक्तिकरण अत्यावश्यक छ, र यिनको दिगो विकासमा तथ्यमा आधारित पत्रकारिता एक निर्णायक माध्यम बन्न सक्छ। यही दृष्टिकोणलाई आत्मसात गर्दै एग्रो टाइम्स मिडिया नेटवर्क र पनौती पर्यटन विकास केन्द्रको संयुक्त पहलमा यहि साउन ९ र १० गते पनौती, काभ्रेमा दुईदिने निशुल्क ‘कृषि तथा पर्यटन पत्रकारिता तालिम’ आयोजना गर्न लागिएको छ। देशभरिका युवा, सञ्चारकर्मी तथा पत्रकारितामा रुचि राख्ने विद्यार्थी लक्षित यो तालिमले सहभागीहरूलाई कृषि र पर्यटनको क्षेत्रबारे तथ्यपरक, गहिरो र उत्तरदायी रिपोर्टिङका सीपहरू प्रदान गर्नेछ। कार्यक्रम आयोजकमध्ये एग्रो टाइम्स मिडिया नेटवर्क विगत डेढ दशकदेखि नेपाली कृषि पत्रकारितामा क्रियाशील संस्था हो, जसले ‘समृद्ध कृषि’, ‘कृषि सवाल’, र ‘हेलो किसान’जस्ता कार्यक्रममार्फत कृषकको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउँदै आएको छ। अर्कोतर्फ, पनौती पर्यटन विकास केन्द्रले पनौती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको संरक्षण र प्रवर्द्धनमा सशक्त भूमिका खेल्दै आएको छ। संयुक्त आयोजनाको मुख्य उद्देश्य कृषि तथा पर्यटन विषयमा युवालाई संवेदनशील, जिम्मेवार र खोजमूलक पत्रकारितातर्फ आकर्षित गर्नु हो। तालिमका सहभागीहरूले क्षेत्रीय विशेषज्ञ तथा अनुभवी सञ्चारकर्मीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्। देशका मौलिक सम्भावना बोकेका क्षेत्रहरूको प्रभावकारी संचारमार्फत विकास सम्भव छ भन्ने सन्देश यो तालिमले दिन खोजेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै कृषकहरूलाई लक्षित सेवा प्रवाहमा...
21/07/2025

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै कृषकहरूलाई लक्षित सेवा प्रवाहमा क्रमिक सुधार भएको बताउनुभएको छ। कृषि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नीतिगत, संस्थागत तथा प्रशासनिक सुधारमार्फत कृषि क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आधुनिक बनाउने प्रयास भएको उल्लेख गर्नुभयो।
मन्त्री अधिकारीका अनुसार रसायनिक मल खरिद तथा वितरण प्रक्रिया सुधार, कृषि सेवा कर्मचारीको समायोजनअनुसार संगठन सुदृढीकरण, बीउ बिजनको डिजिटल प्रणालीमार्फत कार्यान्वयन, पशुपन्छी बीमा प्रणाली सुधार, कृषि विधेयक तथा पशु कल्याण ऐनको मस्यौदा अन्तिम चरणमा पुगेका छन्। मन्त्री अधिकारीले खाद्य गुणस्तर परीक्षणका लागि लामो समयदेखि थन्किएका मोबाइल भ्यान सञ्चालनमा ल्याइएको, नार्क प्रविधिमा कर्जा प्रवाह सहजीकरणका लागि मौद्रिक नीतिमा व्यवस्था गराइएको र कोशी प्रदेशको इलाम जिल्लामा खोरेत रोगमुक्त क्षेत्र घोषणा प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो। रैथाने बाली संरक्षणतर्फ कोदो दिवस (साउन १६) र याक दिवस (बैशाख ७) मनाउने निर्णय, उत्कृष्ट किसानहरूलाई राष्ट्रपति पुरस्कारबाट सम्मान तथा पशुपन्छी रोग अनुसन्धानमा प्रविधि आधारित सुधारहरू समेत कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षमा बाँदर नियन्त्रण पाइलट योजना, सेक्सड सिमेन प्रविधि, माटो स्वास्थ्य सुधार अभियान र निर्यातमुखी उत्पादन वृद्धि कार्यक्रमहरू ल्याइएको जानकारी दिँदै मन्त्री अधिकारीले आगामी दिनमा अझ प्रभावकारी कार्य योजना प्रस्तुत गरिने विश्वास व्यक्त गर्नुभयो।

अर्जुन बहुउदेश्यिय कृषि फर्म बझाङका संचालक भन्नुहुन्छ, "विदेश गएर तिन लाख तलब कमाउने सपना त मेरो पनि थियो। तर जब म जस्ता...
20/07/2025

अर्जुन बहुउदेश्यिय कृषि फर्म बझाङका संचालक भन्नुहुन्छ, "विदेश गएर तिन लाख तलब कमाउने सपना त मेरो पनि थियो। तर जब म जस्ता युवाले बझाङ छोड्छौं, बझाङ आमाको आँखामा आँसु आउँछ। त्यो आँसु हामीले न देख्यौं, न चिनेका छौं। अब समय आएको छ, आउनुहोस् युवा साथीहरू, एकजुट भएर बझाङ आमाको अनुहारमा मुस्कान फर्काऔं" ।

धनगढीमाई नगरपालिका–१०, जिरोमाईल, सिरहामा अवस्थित श्रीदेव फलफूल नर्सरी अन्तर्गत सञ्चालित चौधरी मल्टी एग्रो फार्म प्रा.लि....
19/07/2025

धनगढीमाई नगरपालिका–१०, जिरोमाईल, सिरहामा अवस्थित श्रीदेव फलफूल नर्सरी अन्तर्गत सञ्चालित चौधरी मल्टी एग्रो फार्म प्रा.लि. मा ड्रागन फल तथा थाई स्वीट कटिमोन जातको आँपको सफल उत्पादन भइरहेको छ। स्वास्थ्यप्रेमी उपभोक्ताहरूका लागि अब स्थानीयस्तरमै गुणस्तरीय र अर्गानिक फलफूल सहज रुपमा उपलब्ध हुन थालेका छन्। फार्मका अनुसार यहाँ उत्पादन गरिएका फलफूलमा कुनै रासायनिक पदार्थ प्रयोग नगरिएकोले ताजा, सुरक्षित र पौष्टिक छन्। थप जानकारी तथा अर्डरको लागि सम्पर्क: ९८५१०३९५४० (Whatsapp/Viber उपलब्ध)

सुनसरीको इनरुवा नगरपालिका–६ मा सिँचाइ सुविधा भएका खेतमा किसानहरूले धान रोपाइँ सम्पन्न गरेका छन्। तर, पर्याप्त वर्षा नभएक...
19/07/2025

सुनसरीको इनरुवा नगरपालिका–६ मा सिँचाइ सुविधा भएका खेतमा किसानहरूले धान रोपाइँ सम्पन्न गरेका छन्। तर, पर्याप्त वर्षा नभएकाले सिँचाइ सुविधा नभएका क्षेत्रका खेतहरू भने अझै बाँझै रहेका छन्। स्थानीय किसानहरूका अनुसार, वर्षाको भर पर्नुपर्ने खेतहरूमा धान रोप्न नसकिएको हो। यसले उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। (तस्वीर : नविन गड्तौला/रासस)

18/07/2025

कागेश्वरी मनहरा आलापोटस्थित ६ जना सञ्चालकको संयुक्त प्रयासमा स्थापित “हरहर महादेव कृषि केन्द्र” सफलताको यात्रामा दृढताका साथ अगाडि बढिरहेको छ।

ओरिएन्ट क्याफे परिसर, दरबारमार्गमा संचालनमा रहेको रैथाने कृषि हाटबजार यही २०८२ साउन १० गते शनिबार १०७औं हप्तामा प्रवेश ग...
18/07/2025

ओरिएन्ट क्याफे परिसर, दरबारमार्गमा संचालनमा रहेको रैथाने कृषि हाटबजार यही २०८२ साउन १० गते शनिबार १०७औं हप्तामा प्रवेश गर्दैछ। २०८० साल साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको यो हाटबजारले किसान, उपभोक्ता र सामाजिक रूपमा सचेत समुदायलाई स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड्ने प्रयास गर्दै आएको छ। रैथाने एग्रो प्रडक्ट्स नेपालले सञ्चालन गर्दै आएको उक्त हाटबजार हाल निर्माणाधीन अफिस, सामाजिक टाउन प्लानिङ क्षेत्रलगायत स्थानहरूमा विस्तार गरी अझ व्यवस्थित ढंगले अघि बढाउने तयारीमा रहेको जानकारी गराइएको छ। रैथानेका पिता तिलक ढकालका अनुसार, निकट भविष्यमा यो हाटबजारलाई विभिन्न स्थानमा विस्तार गर्ने योजना समेत बनाइएको छ, जसमा उत्पादक किसान, उपभोक्ता, मिडियाकर्मी र शुभेच्छुकहरूलाई साथ र सहकार्यका लागि विशेष अनुरोध गरिएको छ।

बढ्दो आधुनिकता र जीवनशैलीको परिवर्तनसँगै कुनै समय साउने संक्रान्तिमा विशेषरूपमा मनाइने लुतो फाल्ने परम्परा विस्तारै हराउ...
17/07/2025

बढ्दो आधुनिकता र जीवनशैलीको परिवर्तनसँगै कुनै समय साउने संक्रान्तिमा विशेषरूपमा मनाइने लुतो फाल्ने परम्परा विस्तारै हराउँदै गएको छ। नेपाली हिन्दू परम्पराअनुसार साउने संक्रान्तिका दिन ‘लुतो लैजा, पिलो लैजा’ भन्दै साँझपख घरका चारैतिर पूर्व, पश्चिम, उत्तर, दक्षिण अगुल्टो फाल्ने चलन थियो। अहिलेको पुस्ताले यो परम्परालाई आत्मसात गर्न नसक्दा यसको अस्तित्व संकटमा परेको छ। पहिला साउने संक्रान्तिको दिन बनजङ्गलबाट विभिन्न झारपात र वनस्पति ल्याइन्थ्यो। ती सामग्रीहरू बेलुकीपख जम्मा गरी अगुल्टो बनाएर चारैतिर फाल्ने गरिन्थ्यो। साथै, हातमा तिउँरी लगाउने चलन पनि थियो। अहिले भने तिउँरीको सट्टामा बजारबाट किनिएको मेहेन्दी प्रयोग गर्न थालिएको छ। तिउँरी पिसेर विभिन्न वनस्पति तथा झारपात मिसाई कर्कलाको पातले छोपेर हातमा लगाउने गरिन्थ्यो। त्यतिबेला घरहरू खरले छाएको हुने भएकाले अगुल्टो फाल्दा विशेष सतर्कता अपनाइन्थ्यो। खेतबारीमा हिलोमैलो गर्दै काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले लुतो फाल्ने चलन सुरुवात गरिएको मानिन्छ। यस क्रममा परम्परागत रूपमा नाङ्लो ठटाउने, शङ्खघण्ट बजाउने, ढिँकी कुट्ने, ढोका बन्द गर्ने जस्ता विधिहरू पनि अपनाइन्थे। हाल कतैकतै यो परम्परा आंशिक रूपमा जीवित रहे पनि धेरैजसो ठाउँमा यो चलन क्रमशः लोप हुँदै गएको छ।

साउनको सुरुवातसँगै महत्वपूर्ण चलन हो, साउनको पहिलो दिन तिउरी लगाउने। तिउरी एक प्रकारको औषधीय वनस्पति हो, जसको पात पिसेर ...
17/07/2025

साउनको सुरुवातसँगै महत्वपूर्ण चलन हो, साउनको पहिलो दिन तिउरी लगाउने। तिउरी एक प्रकारको औषधीय वनस्पति हो, जसको पात पिसेर शरीरका विभिन्न भागहरूमा लगाइन्छ। विशेष गरी हात, नङ र खुट्टामा लगाउँदा गाढा रातो रङ बस्ने गर्छ। यो रङ र यसबाट हुने शारीरिक लाभलाई शुभ मानिन्छ।वनस्पतिविद्हरुका अनुसार तिउरीको प्रयोग प्राचीनकालदेखि नै दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत लगायतका क्षेत्रमा हुँदै आएको पाइन्छ। विभिन्न वैज्ञानिक अनुसन्धानअनुसार, करिब चार हजार वर्ष पहिले भारतवर्षमा नै यसको औषधीय प्रयोग भएको प्रमाण भेटिएको छ। यद्यपि, केही चिनियाँ अनुसन्धानकर्ताहरूले यसको उत्पत्ति दक्षिणपूर्वी एसियामा भएको दाबी गरेका छन्। हाल यो वनस्पति संसारका अधिकांश भूभागमा फैलिइसकेको छ। अस्ट्रेलिया, उत्तर अमेरिकाको उच्च हिमाली क्षेत्र र उत्तर एसियाबाहेकका अधिकांश देशहरूमा यसको उपस्थिति पाइन्छ। आज यसलाई केवल औषधीय नभई बगैँचाको शोभा बढाउने वनस्पति स्वरूप पनि उपयोग गरिन्छ। यसरी तिउरी केवल वनस्पति नभई, नेपाली समाजको परम्परा, स्वास्थ्य र सौन्दर्यसँग जोडिएको बहुआयामिक संस्कृति बोकेको महत्वपूर्ण प्रतीक बनेको छ।

मक्समेलन उत्पादनका सारथी जयराम गिरी, दहचोक काठमाडौँमा अवस्थित आफ्नै फार्ममार्फत मक्समेलनसहित विभिन्न मौसमी तथा बेमौसमी त...
17/07/2025

मक्समेलन उत्पादनका सारथी जयराम गिरी, दहचोक काठमाडौँमा अवस्थित आफ्नै फार्ममार्फत मक्समेलनसहित विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा सक्रियतापूर्वक लाग्नुभएको छ। उहाँको समर्पणले कृषिमा नयाँ सम्भावनाको संकेत गरेको छ।

हरितालिका तीजको आगमनसँगै सुरू भएको साउने संक्रान्तीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि र सुस्वास्थ्यको ...
17/07/2025

हरितालिका तीजको आगमनसँगै सुरू भएको साउने संक्रान्तीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौँ । शुभ साउने संक्रान्ती ।।

काभ्रेको बासडोलमा कपिल घिमिरेद्वारा संचालन गरिएको कृषि फार्म आजभोली निकै चर्चामा छ। आधुनिक प्रविधिको प्रयोग, विविध बाली ...
16/07/2025

काभ्रेको बासडोलमा कपिल घिमिरेद्वारा संचालन गरिएको कृषि फार्म आजभोली निकै चर्चामा छ। आधुनिक प्रविधिको प्रयोग, विविध बाली उत्पादन र व्यवस्थित व्यवस्थापनका कारण यो फार्म अत्यन्तै लोभलाग्दो र अनुकरणीय कृषि मोडेल बन्न सफल भएको छ। स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै उत्पादनमा आत्मनिर्भरता देखाउने कपिल घिमिरेको प्रयासले कृषिमा नवप्रवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ। यस फार्मले अन्य कृषकहरूलाई पनि नयाँ ढंगले कृषि गर्न हौसला दिएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 11:00 - 14:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Agro Times Monthly एग्रो टाइम्स मासिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agro Times Monthly एग्रो टाइम्स मासिक:

Share

Category