Devdaha News

Devdaha News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devdaha News, Media/News Company, Kerwani, Kerwani.

Devdaha News is Nepali language based news portal.It is run by Anjuli Medianp Pvt Ltd which is situated in Nepal of Rupendehi District.The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology.

  : पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु, १ घाइते । दुर्घटनामा परी घाइते उनीहरु...
12/06/2024

: पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु, १ घाइते ।

दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो सडकदेखि करिब सय मिटर तल खसेको थियो ।

  :  #गुल्मी अर्घाखाँचीको सिमनामा गयराती ट्रिपर दुर्घटना हुँदा एक जनाको  #मृत्यु भएको छ ।  दुई जना घाईते भएका छन ।  छत्र...
11/06/2024

: #गुल्मी अर्घाखाँचीको सिमनामा गयराती ट्रिपर दुर्घटना हुँदा एक जनाको #मृत्यु भएको छ । दुई जना घाईते भएका छन । छत्रदेव गाउँपालिका ७ देउराली तम्घास भित्रि कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडक देखि ६० ÷ ७० मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका –८ खाँचीका २६ बर्षिय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही सोही पालिका –७ का ३३ बर्षिय रिसभ केसी , र तिलगंगा नगरपालिका– २ का २९ बर्षीय नविन घिमिरे घाईते भएका छन ।
घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको छ ।

देवदहमा शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा प्रकाशन भएको छ ।
05/04/2024

देवदहमा शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा प्रकाशन भएको छ ।

  : बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।ना...
06/02/2024

: बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने बताए।

बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको...
06/02/2024

बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं।५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।

  : अर्घाखाँचीको भूमिकास्थान बरबास ७ मा जीप दुर्घटना भएको छ । लु १ ज ४१६८ न को लंका यातायातको जिप दुर्घटना हुंदा जिपमा स...
06/02/2024

: अर्घाखाँचीको भूमिकास्थान बरबास ७ मा जीप दुर्घटना भएको छ । लु १ ज ४१६८ न को लंका यातायातको जिप दुर्घटना हुंदा जिपमा सवार ७ जना मध्ये ५ जना घाइते भएका हुन् । घाइते यात्रुलाइ जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। प्रहरीबाट थप विवरण बाकी ।

  : अर्घाखाँचीको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भए...
03/02/2024

: अर्घाखाँचीको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासेकाे मृत्यु भएको हो । घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलकाे अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले शनिबार बिहान करिब ६:३० बजेतिर ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप चालकले बीच बाटोमा न्यूट्रलमा छाडेर पसलमा गएको बेला दुर्घटना भएको बताए ।

  : नवलपरासीको सुनवल अल्कत्रेडाडां नजिकै बस र टिप्पर एकआपस ठक्कर खादा ८ जना घाइते भएका छन, काठमाडौबाट सुदुरपश्चिम जाँदै ...
01/02/2024

: नवलपरासीको सुनवल अल्कत्रेडाडां नजिकै बस र टिप्पर एकआपस ठक्कर खादा ८ जना घाइते भएका छन, काठमाडौबाट सुदुरपश्चिम जाँदै गरेको सु.प.प्र ०१ ००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २६ ख १६ नम्बरको टिप्पर ठक्कर खाएका हुन । घाइतेको उपचारका लागि देवदह मेडिकल कलेज भलुही,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। थप विवरण आउन बाकी ।

01/02/2024

: लुम्बिनी प्रदेशले २१ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ।

"देवदहको ढेकावरमा नव-निर्मित प्रहरी भवन उद्घाटन सम्पन्न"************************************रुपन्देहीकोको देवदह १ ढेकावर...
01/02/2024

"देवदहको ढेकावरमा नव-निर्मित प्रहरी भवन उद्घाटन सम्पन्न"
************************************
रुपन्देहीकोको देवदह १ ढेकावर स्थित अस्थायी प्रहरी चौकीको नव निर्मित भवनको रुपन्देही देवदह नगरपालिकाका प्रमुख तथा उप-प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतबाट समुदघाटन सु-सम्पन्न भएको छ ।

  : नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डि...
31/01/2024

: नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

बुटवलमा भारतबाट ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुध...
31/01/2024

बुटवलमा भारतबाट ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार दिउँसो भन्सार छलेर बुटवल तर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।

Address

Kerwani
Kerwani
077

Alerts

Be the first to know and let us send you an email when Devdaha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devdaha News:

Share