Mission Loksewa - मिसन लोकसेवा

  • Home
  • Mission Loksewa - मिसन लोकसेवा

Mission Loksewa - मिसन लोकसेवा लोकसेवा उपयोगी सामाग्रीको लागि लाइक तथा फलो गर्नै पर्ने पेज 🙏

15/09/2025
पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त
14/09/2025

पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता
सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनमा आवेदन दिने मिति थप भएको छ। आवेदन दिने अन्तिम मिति असोज ४ गतेसम्म छ भने डबल...
14/09/2025

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनमा आवेदन दिने मिति थप भएको छ। आवेदन दिने अन्तिम मिति असोज ४ गतेसम्म छ भने डबल दस्तुरमा असोज ११ गते राती ११:५९ बजेसम्म फर्म भर्न सकिन्छ।

लाइसेन्सको फर्म भर्ने वेबसाइट:-

https://license.tsc.gov.np/

Teachers Service Commision Job Portal

काठमाडौँ तराई मधेश द्रुतमार्ग फास्टट्र्याक सम्बन्धी जानकारी
13/09/2025

काठमाडौँ तराई मधेश द्रुतमार्ग फास्टट्र्याक सम्बन्धी जानकारी

हार्दिक बधाई तथा शुभकामना सुशिला कार्कीज्यू नेपालको ४२ औँ प्रधानमन्त्री साथै पहिलो महिला प्रधानमन्त्री
12/09/2025

हार्दिक बधाई तथा शुभकामना सुशिला कार्कीज्यू नेपालको ४२ औँ प्रधानमन्त्री साथै पहिलो महिला प्रधानमन्त्री

12/09/2025
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ🙏🙏पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आज...
12/09/2025

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ🙏🙏
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने।

१७०० कोठा भएको एशियाकै भव्य दरबार : १६ बुँदामा सिंहदरबारको कथा••••••••••••••••••••••••••••••••१. आजभन्दा ११७ वर्ष अघि अर...
12/09/2025

१७०० कोठा भएको एशियाकै भव्य दरबार : १६ बुँदामा सिंहदरबारको कथा
••••••••••••••••••••••••••••••••

१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।

२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।

३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।

४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।

५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।

७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।

११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।

१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।

१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।

१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।

१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।

१६. २०८२ भाद्र २४ मा जलेर खरानी भएको छ ।

साभार : onlinekhabar.com

11/09/2025

यो पनि होइन त्यो पनि होइन म पनि होइन अर्को पनि होइन अब के त लास्टमा त्यही केपी शेरबहादुर प्रचण्ड नै हो त अब देशको प्रधानमन्त्री ?

11/09/2025

कुरो यस्तो आयो त हौ साथीहरु😀
हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:-
पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो नै
हो🥺

Address

Diktel Khotang

56200

Telephone

+9779745916519

Website

Alerts

Be the first to know and let us send you an email when Mission Loksewa - मिसन लोकसेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mission Loksewa - मिसन लोकसेवा:

  • Want your business to be the top-listed Media Company?

Share