Khotang Update / खोटाङ अपडेट

Khotang Update / खोटाङ अपडेट Khotang update is one of the best official page for update everything about Khotang.

05/10/2024

खोटाङ, ओखलढुंगा र सोलु आउने वैकल्पिक बाटो

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोसी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ ।

16/08/2024

गायक प्रकाश तिमिल्सिनाको अन्तिम बिदाइमा 😥😥
हार्दिक श्रद्धाञ्जली !

16/08/2024

• आफ्नो आमाको मृत्यु पछि, आमाको समादि नजिकै गएर आमालाई पुकार्दै 😭🥺😢

12/07/2024
साकेला गाउपालिकामा अध्यक्ष रबि प्रकाश राईले नै दोहोरो सुबिधा लिएको खुलेको छ । खोटाङको साकेला गाउपालिकामा बेरुजु असुल गर्...
23/06/2024

साकेला गाउपालिकामा अध्यक्ष रबि प्रकाश राईले नै दोहोरो सुबिधा लिएको खुलेको छ ।
खोटाङको साकेला गाउपालिकामा बेरुजु असुल गर्नुपर्ने रकम रु. ३३ लाख देखिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले नै दोहोरो सुबिधा लिएको महालेखाको प्रतिबेदनले देखाएको छ । महालेखाको प्रतिवेदनका अनुसार अध्यक्ष राईलेनै यातायातमा दोहोरो सुबिधा लिएकाले १ लाख १८ हजार ८ सय असुल गर्नुपर्ने देखाएको हो । सवारी नलिएका गाउँ तथा नगर सभा सदस्यले सवारी सुबिधा पाउने नियम भएपनी अध्यक्ष राईले यातायात लिएर पनि मासिक १० हजारको दरले दोहोरो सुबिधा लिएको खुलेको छ । प्रारम्भिक प्रतिवेदन आएपछी ९९ हजार फिर्ता गरेको समेत खुलेको छ । त्यस्तै उक्त पालिकामा बहु क्षेत्रीय पाेषण तथा खाद्य सुरक्षा समितिले अघिल्लो बर्षको बिल फोटोकपी समेत गरि सच्याएर ३ लाख १३ हजार २ सय ५० खाजा खाएको पनि देखिए पछी फिर्ता गर्नु पर्ने महालेखाको प्रतिवेदनले देखाएको छ ।

08/01/2024

ठेकेदारका लागि हार्डवेयर पसलबाट उधारोमा सामान निकाल्न जमानी बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई विरुद्ध प्रशासनमा उजुरी परेको छ । दिक्तेल-आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको याक्थुङहाङ/साप/ सिरुवा जेभीका शिव चौंलागाईका लागि विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि दिक्तेलबाट उधारोमा १५ लाखको निर्माण सामग्री निकाल्न जमानत बसेका मेयर भट्टराई विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । मेयर भट्टराईले १० दिनभित्र भुक्तानी हुनेगरी गत असार ९ गते ठेकेदारकोतर्फबाट विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिको नाममा १५ लाखको आफ्नै खाताको चेक काटिदिएर जमानी बसेका थिए । तर, ठेकेदारले ६ महिना बित्दा पनि भुक्तानी नदिएपछि विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि पुस २२ गते प्रशासन पुगेको हो । पैसा नभएको खाताको चेक दिएर ठेकेदारलाई सहयोग गरेका मेयर भट्टराई अहिले अप्ठ्यारोमा परेको बताउँछन् । ठेकेदारले जम्मा १७ लाख ५० हजारको निर्माण सामग्री लगेका थिए । त्यसमध्ये ८ लाख मात्र भुक्तानी भएको विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिले जनाएको छ । प्रशासनलाई दिइएको निवेदनमा आवश्यक छलफल गराएर वा कानुन बमोजिम कारवाही गरेर भुक्तानी हुने बातावरण बनाइदिन आग्रह गरिएको छ ।

©️ Nepal wide

21/12/2023

उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक कालोपत्रे भइरहेकाले हरेक दिन ८ घण्टा अवरुद्ध हुने भएको छ । विहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि ५ बजेसम्म बन्द हुने भएकाले समय मिलाएर मात्र यात्रा गर्नुहुन सर्वसाधरणमा अनुरोध छ ।

खोटाङको सबै सामुदायिक विद्यालयहरू असोज ३ गतेबाट अनिश्चित कालको लागि  बन्द ! संयुक्त प्रेसविज्ञप्ती
18/09/2023

खोटाङको सबै सामुदायिक विद्यालयहरू असोज ३ गतेबाट अनिश्चित कालको लागि बन्द ! संयुक्त प्रेसविज्ञप्ती

Address

Khotang
Khotang
44811

Telephone

+9779819354577

Website

Alerts

Be the first to know and let us send you an email when Khotang Update / खोटाङ अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share