KhageÑdra Kshetri

KhageÑdra Kshetri रोजेको र "खोजेको" कहाँ पाईन्छ र "जिन्दगीमा" जे जस्तो छ "टालटुल" पारेर चिटिक्क बनाउन "सिक्नुपर्छ"

21/07/2025

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

बिक्रम बोहरा

21/07/2025

मान्छे एक दिन यति सानो भयो भने कस्तो हुन्थ्यो होला 🤔🤔
#आज

🏆 Nepal has received huge honor by becoming World Champion for the second consec
20/07/2025

🏆 Nepal has received huge honor by becoming World Champion for the second consec

20/07/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन भएको छ । उनको अवस्था गम्भीर भ...
19/07/2025

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन भएको छ । उनको अवस्था गम्भीर भएपछि उनकी छोरीले आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्। उनले मिर्गौला प्रत्यारोपणका लागि ५० लाख भारतीय रुपैयाँ आवश्यक पर्ने बताएकी थिइन्। तर पैसाको व्यवस्था हुन सकेन र उनको निधन भएको छ ।


#आज

😆😆 funny comedy status 😆        #आज
19/07/2025

😆😆 funny comedy status 😆



#आज

18/07/2025

Single भयर होला खलासिले "एक्लै हो" भन्दा पनि मुटु दुख्छ यार ...😁😁😁 ।

18/07/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

09/07/2025

Miss all guys 🤔

मानिसलाई बर्बाद बनाउने ६ अदृश्य शत्रुहरू:१. निन्द्रा (अत्यधिक सुत्ने बानी):सुत्नु जरुरी हो, तर जति आवश्यक छ त्यति मात्र।...
02/07/2025

मानिसलाई बर्बाद बनाउने ६ अदृश्य शत्रुहरू:
१. निन्द्रा (अत्यधिक सुत्ने बानी):
सुत्नु जरुरी हो, तर जति आवश्यक छ त्यति मात्र।आवश्यकता भन्दा बढी सुत्नु भनेको आफ्नो समय, लक्ष्य र जीवनलाई आफैँ थुन्नु हो।जब अरू जाग्दैछन्, आफू निद्रामा छौ भने सफलता सपना मात्र बनिन्छ।
२. रिस ():
रिस त्यो आगो हो, जसले पहिले आफैंलाई पोल्छ अनि मात्र अरूलाई।थोरै समयको रिसले जिन्दगीभरको पछुतो दिन सक्छ।
जो व्यक्ति रिसमा आफैँलाई सम्हाल्न जान्दछ, उ नै साँचो विजेता हो।
३. डर (भय):
डरले मान्छे लाजको पर्खालभित्र थुनिन्छ।
डरले सोच्न रोकिन्छ, अगाडि बढ्न डर लाग्छ, अनि जिन्दगी त्यहीँ थचक्क थचक्क बसीरहन्छ।जित सधैं डरको पर्खाल पार गरेपछि मात्र पाइन्छ।
४. थकान (अल्छिपना वा हतास हुनु):
शारीरिक थकानले होइन, मानसिक थकानले मान्छे गिर्छ।थाकेर रोकिनु सजिलो हुन्छ, तर जित्नेहरू त त्यही थकानलाई जितेर अघि बढ्छन्।थकानमा पनि जो मुस्कुराउँछ, उसले भविष्य निर्माण गर्छ।
५. आलस्य (काम नगर्ने बानी):
आलस्य त्यो सस्तो चुपचाप शत्रु हो, जसले बिनासंघर्ष जिन्दगी नष्ट गरिदिन्छ।जो हिजो गरिनँ भन्दै आज पनि सुस्ताउँछ, उसले भोलि सफलताको सपना देख्न पनि पाइँदैन।
६. काम टार्ने बानी (आजको काम भोलि सार्ने बानी):
'भोलि गरौँला' भन्ने सोचले नै आजलाई नष्ट गर्छ।समय पर्खदैन, र कामलाई टार्नेहरू कहिल्यै गन्तव्यमा पुग्दैनन्।सफल मानिसहरू कहिल्यै आजको काम भोलिमा सार्दैनन्।
जीवन सरल छैन, तर सजिलो बनाउने चाबी हाम्रो बानीमा छ।
यदि यी ६ कुराहरूलाई जित्न सक्यौं भने, जिन्दगीले हार्न कहिल्यै सक्दैन।

#आज #जो #जो

16/06/2025

समयमै बिहे गर्नुहोस्, सन्तान जन्माउनुहोस् – ढिलो गर्‍यो भने बाँकी जीवनमा केवल पछुतो बाँकी रहन्छ।

एक नेपाली चेलीको आत्मकथा

म काठमाडौंमा जागिर गर्थें। सधैं यही सोच्थेँ – पहिले राम्रो जागिर, राम्रो कमाइ, अनि मात्र बिहे।

२३ वर्षको हुँदा घरमा कुरा आउन थाल्यो। हजुरआमाले बारम्बार भन्नुहुन्थ्यो –
"छोरीको बिहे चाँडै गर, म मर्नुअघि नातिनी-ज्वाइँ हेर्न चाहन्छु।"

तर म भने करिअरमा यति गहिरो डुबेँ कि, हजुरआमाको कुरा कहिल्यै गम्भीरतासाथ सुनिन ।

मेरो दिमागमा त सधैं मोबाइलका भिडियो घुम्थे –
ठूला हिरोइनहरू बोल्थे –
"जब मनले मान्छ, तब मात्र बिहे गर।
पहिले आत्मनिर्भर बन, अनि मात्र परिवार बसाऊ।"

यी कुराहरू यति असर गरे कि म आफैँ सोच्न थालेँ –
“पहिले कमाइ, अनि मात्र सबै कुरा।”

यसरी नै कामकै चपेटामा २८ पुगिसकेछु, थाहा नै भएन।
आमा पनि रिसाउन थाल्नु भयो–
"बुढेसकालमा घर बसाउने हो तिमी? अब उमेर ढिलो हुँदै छ!"

तर म त अझै पनि जिद्दी –
"म त २८ की मात्रै हो, बिहे गर्ने उमेर कहाँ ढलिसक्यो र?"

तर शरिर त समयको भाषा बुझ्छ –
३१ वर्ष पुग्दा मेरा महिनावारी अनियमित हुन थाले, पीडा पनि बढ्न थाल्यो।
डाक्टरकहाँ जाँदा भन्नुभयो –
"अब पनि समयमै विवाह नगरेर बस्नु भयो भने सन्तान पाउने सम्भावना कमजोर हुन्छ।"

घर आएर गूगल गरें –
फेरि त ठूला हिरोइनहरूले "एग फ्रिज" गराएको देखेँ।
काठमाडौँकै एक अस्पताल गएर सोधें –
डाक्टरले भने –
"२५–२७ को उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ। तपाईं अहिले ३१ की, गुणस्तर खस्केको छ।
अब एग फ्रिज गर्न चाहनुहुन्छ भने महिनामा ३०,००० लाग्छ।"

त्यो सुन्दा मलाई झट्का लाग्यो –
मलाई लाग्यो, अब त धेरै ढिलो भइसक्यो।

अनि बल्ल केटा हेर्न थालेँ।
३३ को उमेरमा ३६ वर्षका एक व्यक्तिसँग बिहे भयो।

तर आज ४ वर्ष भइसक्यो – हामी आमा-बुबा बन्न सकेका छैनौँ।

अहिले हजुरआमाको शब्दहरू सम्झिन्छु –
"समयमै बिहे नगर्‍यौ भने पछुत्याउने दिन आउनेछ।”

करिअर बनाउने सपना देखेर समय गुजारें –
त्यही पैसा अहिले उपचार र परीक्षणमा खर्च हुँदैछ।

म आज खुलेर भन्न चाहन्छु –
करिअर त पछि पनि बनाउँन सकिन्छ, तर शरीरको उमेर फर्किंदैन।
शरीरको घडी समाजभन्दा अगाडि चल्छ।

प्रेम बिहेपछि पनि हुन्छ, सँगै बाँच्दा हुन्छ।

महिनावारी १२–१३ वर्षमा सुरु हुन्छ, र ५० तिर सकिन्छ।
त्यस्तै सन्तान जन्माउने पनि निश्चित उमेरमा सजिलो हुन्छ।
बाँकी कुरा त पछि मिल्छ, तर गुमेको समय फर्किँदैन।

तपाईंलाई हिरोइनहरूले देखाउने झलमल्ल संसार सुन्दर लाग्न सक्छ –
तर उनीहरू पैसाको बलमा जवान देखिन्छन्,
अरूको कोख भाडामा लिएर सन्तान जन्माउँछन्।

हामी साधारण नेपाली छोरीचेलीहरूलाई त ती सबै भ्रम हुन्।
हामी त समय र शरीर गुमाउँछौं – पछुतो बाहेक हातमा केही पर्दैन।

---

समयमै बिहे गर्नुहोस्, परिवार बसाउनुहोस् –
ढिलो गर्‍यो भने जीवन पछुतोमै बित्छ।

゚viralシfypシ゚viralシalシ

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when KhageÑdra Kshetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share