Routine Of Parbat Banda

Routine Of Parbat Banda Officially registered news media under the Company Act, 2063 (Reg.

No.357905/081-82)

Delivering credible news, timely updates, engaging stories, and authentic visuals — keeping you informed, connected, and ahead.🌐

अन्तर्राष्ट्रिय युवा दिवसमा खुर्कोटमा वृक्षारोपण सम्पन्न,।।पर्वत । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसमा खुर्कोटमा वृक्षारोपण सम्पन्न,।।

पर्वत । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगरपालिका–२ वडा समितिको आयोजनामा कुश्मा–२, खुर्कोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र युवाको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाएको छ।
कार्यक्रम सफल बनाउन उपस्थित भई सहयोग गर्ने सम्पूर्ण पार्टीका साथीहरू तथा स्थानीयवासीप्रति रास्वपा कुश्मा नगरपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको सरसफाइ अभियान,,।।पर्वतका माननीय सागर भुसाल लगायतको समन्वयमा अन्तर्राष्ट्रिय युवा द...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको सरसफाइ अभियान,,।।

पर्वतका माननीय सागर भुसाल लगायतको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भक्तपुरस्थित सिद्धिविनायक गणेश मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण नेतृत्व र योगदान दिनुहुने प्रदेश सभापतिज्यू, प्रदेश समिति, जिल्ला समिति भक्तपुर तथा उपस्थित सम्पूर्ण सदस्य एवं शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

12/08/2026

Goodmorning❤️ शुभ बिहानी,।।🙏
पर्बत का बाल कवि सुबासलाई टप–१२ मा पुर्‍याउन फेरि पर्वतवासीको साथ आवश्यक,,।।

पर्वत । पर्वतको राम्जाका बाल कवि सुबास पौडेलले दर्शक तथा शुभेच्छुकहरूको माया, साथ, सहयोग र अमूल्य भोटकै कारण ‘जुनियर द पोएट आइडल’को टप–२० बाट टप–१६ सम्म पुग्न सफल भएको बताएका छन्।
टप–१६ सम्मको यात्रा आफ्नो मात्र नभई राम्जा र समग्र पर्वतको सफलता भएको बताउँदै सुबासले अब टप–१२ मा पुग्न पुनः सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
सुबासले भनेका छन्, “यो सफलता मेरो एक्लो प्रयास होइन, तपाईंहरूको साथ, हौसला र मायाको जित हो। अब कविताको यो यात्रालाई अझ अगाडि बढाउँदै टप–१२ को महत्त्वपूर्ण चरणमा प्रवेश गर्न फेरि एकपटक तपाईंहरूको धेरै माया, साथ र भोटको आवश्यकता छ।”
उनले आफ्नो सपना पूरा गर्न अत्यधिक भोट गरिदिन आग्रह गर्दै टप–१२ मा पुग्नु सुबासको मात्र नभई राम्जा तथा समग्र पर्वतको जित हुने बताएका छन्।
भोट गर्ने तरिका
नेपालबाट : १. Play Store/App Store बाट OSR Connect एप डाउनलोड गर्ने।
२. Sign Up गरी Junior The Poet Idol मा क्लिक गर्ने।
३. Subash Paudel चयन गरी Khalti वा eSewa मार्फत धेरैभन्दा धेरै भोट गर्ने।
विदेशबाट : १. Cinema Ghar एप डाउनलोड गर्ने।
२. Junior The Poet Idol मा क्लिक गर्ने।
३. Subash Paudel चयन गरी भोट गर्ने।
“यस यात्रालाई गन्तव्यमा पुर्‍याउने जिम्मा तपाईंहरूको हातमा छ।” ❤️

11/08/2026

पर्वतको सान बाल कवि सुबास पौडेललाई Top 12 मा पुर्‍याउन भोटको अपिल,,।।

पर्वत । पर्वतको राम्जा निवासी किशोर कवि सुबास पौडेलले Junior Poet Idol को प्रतिस्पर्धामा आफ्नो कविता प्रस्तुत गर्दै आएका छन्।
सानै उमेरमा आफ्नो प्रतिभामार्फत देश तथा विदेशमा राम्जा, पर्वत र समग्र जन्मभूमिको नाम चिनाउन सफल हुँदै आएका सुबास अहिले प्रतियोगिताको महत्वपूर्ण चरणमा पुगेका छन्।
यसअघि दर्शक तथा शुभेच्छुकहरूको साथ र सहयोगबाट Top 20 बाट Top 16 मा छनोट भएका सुबासलाई अब Top 16 बाट Top 12 मा पुर्‍याउन पुनः एकजुट हुन अपिल गरिएको छ।
पर्वतको सान, हाम्रो प्यारो बाल कवि सुबास पौडेललाई Top 12 मा पुर्‍याऔँ।
सम्पूर्ण पर्वतवासी, शुभेच्छुक तथा सुबासका समर्थकहरूलाई उहाँलाई भोट गरी अगाडि बढाउन हार्दिक अनुरोध गरिएको छ। साथै, यो सन्देश धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिनुहुनसमेत अपिल छ।
आउनुहोस्, सुबासको प्रतिभालाई साथ दिऔँ र जितको यात्रामा अघि बढाऔँ।
#बालकवि_सुबास_पौडेल

11/08/2026

ठूलो वर्षापछि पहिरो जाँदा फलेवास–११ को पिच सडकमा क्षति,,।।

फलेवास । फलेवास–११ मा पिच सडक निर्माण सम्पन्न भएको ३–४ महिनामै केही स्थानमा क्षति देखिएपछि सडकको गुणस्तरबारे प्रश्न उठेको छ।
तर सोही स्थानमा पछिल्लो समय परेको ठूलो वर्षाका कारण पहिरो गएको र नाली भरिएर आएको पानीले पिचमा क्षति पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ।
त्यसैले ठेकेदार वा क्रसर व्यवसायीलाई तत्काल दोषी ठहर गर्नुभन्दा प्राविधिक परीक्षणमार्फत क्षतिको वास्तविक कारण पत्ता लगाउनुपर्ने देखिन्छ।
फलेवासी जनताले पनि हल्ला र आरोपभन्दा सत्यतथ्य बुझौँ, कमजोरी भए सच्याऔँ र राम्रो कामको संरक्षण गरौँ।

अन्तर्राष्ट्रिय युवा दिवसमा पर्वतमा ‘फरक विचार, साझा संकल्प’ कार्यक्रम हुँदै,,।।पर्वत । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ क...
11/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसमा पर्वतमा ‘फरक विचार, साझा संकल्प’ कार्यक्रम हुँदै,,।।

पर्वत । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा ‘फरक विचार, साझा संकल्प’ भन्ने मूल नारासहित पर्वतमा विचार–विमर्श तथा छलफल कार्यक्रम आयोजना हुने भएको छ।
‘Different Contents, Common Aspirations’ भन्ने अवधारणाका साथ आयोजना हुने कार्यक्रममा समसामयिक विषय, युवाका सवाल तथा आजको आवश्यकताबारे छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा पर्वत जिल्लाका सम्पूर्ण नागरिकलाई सहभागी भई आफ्ना विचार, सुझाव तथा धारणा राख्न राष्ट्रिय स्वतन्त्र पार्टी, पर्वतले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम २०८३ श्रावण २७ गते दिउँसो १ बजे होटल बन्दना, कुश्मा, पर्वतमा हुने जनाइएको छ।
#अन्तर्राष्ट्रिययुवादिवस२०२६ #फरकविचारसाझासंकल्प #पर्वत #आजकोआवश्यकता #पर्वतवासी

दोस्रो पर्वत जेसीज कपको आधिकारिक खेल तालिका सार्वजनिक,,।।पर्वत । दोस्रो पर्वत जेसीज कप–२०२६ अन्तर्गत ७–ए साइड फुटबल प्रत...
11/08/2026

दोस्रो पर्वत जेसीज कपको आधिकारिक खेल तालिका सार्वजनिक,,।।

पर्वत । दोस्रो पर्वत जेसीज कप–२०२६ अन्तर्गत ७–ए साइड फुटबल प्रतियोगिताको आधिकारिक खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिता २०८३ साल श्रावण २८ गतेदेखि ३१ गतेसम्म पर्वतको बड्गाउँचौरमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
दोस्रो पर्वत जेसीज कप–२०२६
७–ए साइड फुटबल प्रतियोगिता
श्रावण २८–३१, २०८३
बड्गाउँचौर, पर्वत
फोटो:-Parbat jaycess

जनताको चाहना र भावनाअनुसार बाटो मर्मतमा जुटे वडाध्यक्ष रिमाल,,।।कुश्मा । जनताको आवश्यकता र चाहनाअनुसार कुश्मा नगरपालिका–...
11/08/2026

जनताको चाहना र भावनाअनुसार बाटो मर्मतमा जुटे वडाध्यक्ष रिमाल,,।।

कुश्मा । जनताको आवश्यकता र चाहनाअनुसार कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा सडक मर्मत तथा सुधारको काम अघि बढाइएको छ।
बाटो मर्मतका क्रममा कुश्मा नगरपालिका–१२ का वडा अध्यक्ष झलकप्रसाद रिमालसँगै स्थानीय जनताको समेत सक्रिय सहभागिता रहेको छ। जनप्रतिनिधि र स्थानीयवासीको सहकार्यमा सडकलाई सहज तथा सुरक्षित बनाउने उद्देश्यले मर्मत कार्य भइरहेको जनाइएको छ।
स्थानीयको प्रत्यक्ष सहभागितामा विकास निर्माणका काम अघि बढाउँदा अपनत्व र प्रभावकारिता बढ्ने स्थानीयको भनाइ छ।
#ठुलीपोखरी #कुश्मा१२ #झलकप्रसादरिमाल ्मत #जनसहभागिता #पर्वत

आज साँझ ८ बजे Prime TV HD मा किशोर कवि सुबास पौडेलको प्रस्तुति,,।।पर्वत । आज मंगलबार, श्रावण २६, २०८३ गते साँझ ठीक ८ बजे...
11/08/2026

आज साँझ ८ बजे Prime TV HD मा किशोर कवि सुबास पौडेलको प्रस्तुति,,।।

पर्वत । आज मंगलबार, श्रावण २६, २०८३ गते साँझ ठीक ८ बजे Prime TV HD मा पर्वतको राम्जा निवासी किशोर कवि सुबास पौडेलले आफ्नो कविता प्रस्तुत गर्ने भएका छन्।
सानै उमेरमा आफ्नो प्रतिभामार्फत देश तथा विदेशमा राम्जा, पर्वत र समग्र जन्मभूमिको नाम चिनाउन सफल हुँदै आएका सुबास अहिले Junior Poet Idol को प्रतिस्पर्धामा अगाडि बढिरहेका छन्।
यसअघि Top 20 बाट Top 16 मा छनोट गराउन सहयोग गरेका दर्शक तथा शुभेच्छुकहरूसामु अब सुबासलाई Top 16 बाट Top 12 मा पुर्‍याउन पुनः एकजुट हुन अपिल गरिएको छ।
सुबासको कविता वाचन हेर्न आज साँझ ८ बजे Prime TV HD हेर्न तथा उनलाई भोटमार्फत समर्थन गर्न सम्पूर्ण शुभेच्छुकमा अनुरोध गरिएको छ।
किशोर कवि सुबास पौडेललाई विजयको अग्रिम शुभकामना! 🎉
उहाँको प्रतिभालाई थप उचाइमा पुर्‍याउन यो पोस्ट धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिनुहुनसमेत अनुरोध। ❤️

विश्व युवा दिवसको अवसरमा रास्वपा बागमती प्रदेशद्वारा स्वयम्भूनाथ र बिजेश्वरी मन्दिर परिसरमा सरसफाइ,,।।काठमाडौं । विश्व य...
11/08/2026

विश्व युवा दिवसको अवसरमा रास्वपा बागमती प्रदेशद्वारा स्वयम्भूनाथ र बिजेश्वरी मन्दिर परिसरमा सरसफाइ,,।।

काठमाडौं । विश्व युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको आयोजनामा सुरु गरिएको स्वच्छता अभियानअन्तर्गत पहिलो दिन स्वयम्भूनाथ मन्दिर र बिजेश्वरी मन्दिर परिसर आसपास सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
रास्वपाका केन्द्रीय सदस्य तथा सांसद सागर भुसाललगायतको सहभागितामा आयोजित कार्यक्रममा प्रदेश समिति, काठमाडौं जिल्ला समिति तथा काठमाडौं महानगर समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Address

Parbat
Kusma
33400

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Parbat Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Parbat Banda:

Shortcuts

Share