16/10/2026
कुश्मा नगरपालिकामा रास्वपाको ‘क्यान्डिडेट क्लब’ खुला, अब मेयरदेखि वडा अध्यक्षसम्म उम्मेदवार बन्ने बाटो खुल्दै!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नगरपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेसँगै कुश्मा नगरपालिकामा मेयर, उपमेयर तथा वडा अध्यक्षलगायतका पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि प्रारम्भिक प्रक्रिया सुरु भएको छ।
अब चासोको विषय छ—कुश्मा नगरपालिकाको भावी नेतृत्वमा को–को आउलान्? क्यान्डिडेट क्लबको प्रतिस्पर्धा र छनोट प्रक्रियाबाट कुन–कुन व्यक्तिले उम्मेदवारीको अवसर पाउलान् ?
तपाईंको विचारमा कुश्मा नगरपालिकाको भावी मेयर, उपमेयर र वडा अध्यक्षका रूपमा कसलाई देख्न चाहनुहुन्छ?
आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। नामसँगै उहाँको अनुभव, योजना र नगर तथा वडाको विकासका लागि गर्न सक्ने कामबारे पनि उल्लेख गर्नुहोस्।
कुश्मा नगरपालिकाको भावी नेतृत्वबारे तपाईंको धारणा के छ ?
#कुश्मानगरपालिका #रास्वपा #स्थानीयचुनाव #पर्वत