01/07/2023
पर्बतको बिहादी गाउँपालिका रानिपानी ३ मा एक निर्वाचन क्षेत्र ,एक कृषि वन नमुना कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
समाज सुधार कृषक समुहको आयोजना र डिभिजन वन कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता समाज सुधार कृषक समुहका अध्यक्ष हरि न्यौपानेले गर्नुभएको थियो ,भने प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय दिपेन्द्र बहादुर थापा रहनुभएको थियोे ,थापाले बिहादि कृषिको उर्वर भुमि र धेरै सम्भावना बोकेको ठाउँ भएकोले कृषकहरुलाई आई पर्ने जस्तोसुकै समस्यामा आफू साथमा रहने र सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको बिशिस्ट अतिथिहरुमा पर्बत जिल्ला प्रदेश सभा सदस्य माननीय मित्रलाल बस्याल ,बिहादि गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ ,डिभिजन वन कार्यालय पर्बतका अधिकृत बिष्णु प्रसाद अधिकारी रहनुभएको थियोे ,त्यसतै अतिथिहरुमा बिहादि गाउँपालिका वडा नं २ बराचौरका वडा अध्यक्ष गणेश प्रसाद शर्मा, वडा नं ३ का वडा अध्यक्ष गणेश पराजुली ,डिभिजन वन कार्यालयका फरेस्टर भबिराम किसान,नेकपा. गण्डकी प्रदेश सदस्य हरि प्रसाद पौडेल , विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि ,सुरक्षाकर्मि, कर्मचारी ,पत्रकार ,कृषक लगायतको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा कृषकहरुलाई आँप ,लिचि, कटहर जस्ता अन्य फलफूल तथा बिरुवा वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली काङ्ग्रेसका नेता हर्क बहादुर सुनारले राख्नुभएको थियोे ,भने कार्यक्रमको सञ्चालन समाज सुधार कृषक समुहका सचिब जयलाल पौडेलले गर्नुभएको थियोे ।