08/02/2026
सरकारी गाडी प्रयोग गरेर भोट माग्नु कत्तिको जायज होला?
जनताको करबाट चल्ने सरकारी साधनलाई चुनावी प्रचारमा प्रयोग गर्नु केवल नैतिक रूपमा अनुचित मात्र होइन, निर्वाचन आचारसंहितासँग पनि मेल खाँदैन। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीसहित केही जनप्रतिनिधि सरकारी गाडीमा प्रचारमा देखिनु लोकतान्त्रिक मूल्यप्रति सम्मान घटेको संकेत जस्तो देखिन्छ।