All In One

All In One Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All In One, Media/News Company, Dhapakhel Road, Lalitpur.

रास्वपा नेता रमेश प्रसाईले छोराको नाम पनि रबि राखेका छन् । प्रसाई दम्पतीले छोराको न्वारन गरेर रबि नाम राखेकै दिन नेता रब...
24/12/2025

रास्वपा नेता रमेश प्रसाईले छोराको नाम पनि रबि राखेका छन् । प्रसाई दम्पतीले छोराको न्वारन गरेर रबि नाम राखेकै दिन नेता रबि लामिछाने जेलबाट रिहा भएका थिए । 😮

24/12/2025

काठमाडौँको थापाथलीस्थित ब्रिटिश कलेजमा शुल्क वृद्धिको विषयलाई लिएर चर्को शुल्क असुलेपछि विद्यार्थीले शिक्षिकालाई औला ठड्याउँदै यसरी थर्काइन् ।

सिन्धुलीमा पण्डित्याइ, काठमाडौंमा नामुद किलर — पैसाका लागि यसरी भयो गोलन्जोरका केशवको हत्यागोलन्जोर गाउँपालिका निवासी २४...
24/12/2025

सिन्धुलीमा पण्डित्याइ, काठमाडौंमा नामुद किलर — पैसाका लागि यसरी भयो गोलन्जोरका केशवको हत्या

गोलन्जोर गाउँपालिका निवासी २४ वर्षीय केशवराज हायुको हत्याको अनुसन्धानका क्रममा फेला परेका तथ्य कुनै फिल्मी कथाभन्दा कम रोचक छैनन्। सिन्धुलीका केशवराज हायु तथा अर्का एक व्यक्तिको क्रूर हत्या सिन्धुलीकै देवराज ढुङ्गेल र जयराम अधिकारीले गरेको प्रमाणित भइसकेको छ।

गोलन्जोर घर भएका केशवराज हायु र सुनकोशी गाउँपालिका–कोटगाउँ निवासी देवराज ढुङ्गेलले काठमाडौंमा संयुक्त रूपमा कृषि फार्म सञ्चालन गरेका थिए। जेटिए अध्ययन पूरा गरी विगत चार वर्षदेखि स्थानीय तहमा कृषि प्राविधिकका रूपमा कार्यरत केशवराजलाई देवराज ढुङ्गेलले विभिन्न आश्वासन दिँदै जागिर छोडेर कृषि फार्ममा लाग्न प्रेरित गरेका थिए। सुनकोशीका देवराज ढुङ्गेलकी दिदीको घर गोलन्जोरमा केशवराजको घर नजिकै भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान थियो।

पछि कृषि फार्मबाट राम्रो आम्दानी नहुने र कृषि प्राविधिककै रूपमा विदेश जानुपर्ने भन्दै ढुङ्गेलले केशवराजलाई विदेश जाने निर्णय गराएका थिए। केशवराजलाई विदेश पठाइदिने भन्दै ढुङ्गेलले साउन महिनामै दुई लाख रुपैयाँ लिएका थिए।
गत मंसिर २४ गते केशवराजको उडान हुने भन्दै सम्पूर्ण रकम मिलाउन भनिएको थियो। छोराको उडानका लागि गाउँबाट ऋण खोजी केशवराजका बुबाले थप १३ लाख रुपैयाँ काठमाडौं पठाएका थिए। गाउँबाट बाबुआमा छोराको बिदाइका लागि काठमाडौं आउने तयारी गरिरहेका बेला एकाएक उडान रद्द भएको जानकारी दिइयो। केशवराजले सम्पूर्ण रकम ढुङ्गेललाई बुझाइसकेका थिए। तर पैसा बुझिसकेपछि ढुङ्गेलले उडान रद्द भएको र पुस ३ गते उडान हुने भन्दै केशवराजलाई अपहरण गरी हत्या गर्ने योजनाअनुसार लगेका थिए।

यसैबीच, ढुङ्गेलले नजिकै कृषि फार्म सञ्चालन गर्दै आएका पारुहाङ राईसँग पनि विदेश पठाइदिने भन्दै ६ लाख रुपैयाँ नगद र ३ तोला सुन लिएको खुलेको छ।

------

पैसा पचाउन बुनियो केशवराजको हत्या योजना

केशवराज र पारुहाङलाई सँगै विदेश पठाउने बहानामा देवराज ढुङ्गेलले मंसिर महिनासम्म करिब २० लाख रुपैयाँ संकलन गरिसकेका थिए। तर ढुङ्गेलसँग पैसा खानेबाहेक विदेश पठाउने कुनै योजना नै थिएन। दुई जनाको पैसा पचाउन उनले हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ। योजनाअनुसार ढुङ्गेलले नाताले भाइ पत्ने आफ्नै छिमेकी समेत रहेका जयराम अधिकारीलाई काठमाडौं बोलाएर पालैपालो जंगलमा लगेर केशवराज हायु र पारुहाङ राईको हत्या गरेका थिए। उनीहरूले मुखमा पट्टी बाँधेर, हातखुट्टा बाँधेर र गिदि बाहिर निस्कने गरी टाउकोमा हथौडाले प्रहार गर्दै क्रूर रूपमा हत्या गरेको पाइएको छ।

उनीहरूले केशवराजलाई ललितपुरको जंगलमा हत्या गरी केही दिनपछि मोटरसाइकलमा बोकेर कृषि फार्मको सेफ्टी ट्यांकीमा फालेको तथ्य पनि खुल्न आएको छ। पहिलो दिन केशवको हत्या गरेपछि उत्साहित भएका उनीहरु पारुहाङको पनि पैसा पचाउन दोस्रो दिन जंगलमा लगेर हत्या गरेको देखिन्छ ।

-------

गाउँमा पण्डित्याइ, काठमाडौंमा नामुद हत्यारा र फटाहा

केशवराज र पारुहाङका हत्यारा देवराज ढुङ्गेल र जयराम अधिकारी सिन्धुलीको सुनकोशी गाउँपालिकामा पण्डितको काम गर्दै आएका थिए। उनीहरू दुवैको उमेर करिब २० वर्ष मात्र रहेको बताइएको छ। जयराम अहिले पनि गाउँमा पण्डितको काम गर्थे भने देवराज ढुङेल अमेरिका गएको भन्दै परिवारलाई झुट बोलेर एक वर्षदेखि काठमाडौंमा लुकेर बस्दै आएका थिए। देवराज पनि काठमाडौं आउनु अघि गाउँमै पण्डितको काम गर्दै आएका थिए।

उनको ठगी यति योजनाबद्ध थियो कि अमेरिका जान लागेको भन्दै परिवारलाई विमानस्थलसम्म बिदाइ गर्न लगाएका थिए। परिवार फर्किएपछि उनी लुकिछिपी काठमाडौं फर्केर बस्दै आएका थिए। उनको अमेरिका जाने भिसा नै थिएन। अमेरिका जाने नाममा घरबाट पैसा असुल्नु नै उनको योजना थियो। हत्या प्रकरणका मुख्य अभियुक्त ढुङ्गेललाई अमेरिका जान भन्दै परिवारले विमानस्थलबाट बिदाइ गरेको तस्बिरसमेत हामीलाई प्राप्त भएको छ।

गाउँमा पण्डितको पहिचान बनाएका उनीहरू काठमाडौं आएपछि ठग, अपहरणकर्ता र हत्यारामा रूपान्तरण भएका थिए। गाउँमा जजमानले दिने १-२ हजारले नपुगेर उनीहरु नामुद किलर बनेको देखिन्छ । प्रहरी अधिकारीका अनुसार उनीहरु यसरी नै पैसा लिएर अरुको पनि हत्या गर्न योजना रहेको थियो ।

--------
हत्या पछि पैसा फिजाएर ‘उत्सव’

दुई जनाको हत्या गरेपछि उनीहरूले केशवराज र पारुहाङबाट लिएको करिब २० लाख रुपैयाँ खर्च गर्दै उत्सव मनाएको भिडियोसमेत प्राप्त भएको छ। “२० लाख रुपैयाँ कमाइयो” भन्दै पैसा–पैसा भन्ने गीतमा नाच्दै उनीहरूले भिडियो बनाएका छन्। हत्या गरेको विषयमा उनीहरूमा कुनै पनि आत्मग्लानि देखिँदैन।

-------

केशवराजका ज्वाइँ थिएनन् ढुङ्गेल, मिडियाले गर्‍यो गलत प्रचार

मूलधारका सबै मिडियाले हत्या अभियुक्त देवराज ढुङ्गेललाई केशवराजको ज्वाइँ भनेर गलत सूचना सम्प्रेषण गरेका छन्। वास्तविकतामा ढुङ्गेल केशवराजका कृषि फार्मका साझेदार मात्र थिए। समाचारमा आएझैँ न ढुङ्गेलले श्रीमती विदेश पठाएका थिए, न कुनै ऋण लिएका थिए।
अघिल्लो वर्ष जापान गएकी केशवराजकी बहिनी र देवराज ढुङ्गेलबीच चिनजान मात्र थियो। मिडियाले हत्या अभियुक्तलाई ज्वाइँ भनेर गलत प्रचार गर्दा परिवार थप मानसिक पीडामा परेको छ ।

---------

सातदोबाटो प्रहरीको फितलो अनुसन्धान

केशवराज हराएको उजुरी परिवारले मंसिर २८ गते नै ललितपुर प्रहरीमा दिएका थिए। पछि कृषि फार्मको सेफ्टी ट्यांकीबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई जानकारी गराइयो। अन्ततः ट्यांकीमा भेटिएको शव केशवराजकै भएको पुष्टि भयो।

तर सातदोबाटो प्रहरीले शव उठाउन मात्रै हतार गरेर घटनास्थलमै खोजी कुकुर प्रयोग गरी गहिरो अनुसन्धान गर्न आवश्यक ठानेन। केशवराजका आफन्तमध्ये केही प्रहरीसमेत भएकाले उनीहरूले संकलन गरेको प्रमाणका आधारमा ललितपुर प्रहरीले अभियुक्त देवराज ढुङ्गेललाई दुई दिन हिरासतमा राखे पनि प्रमाण नपुगेको भन्दै छाडेको खुलेको छ।
पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु) ले अनुसन्धान अघि बढाएपछि दोषी पक्राउ परेका हुन् र हाल उनीहरू ललितपुर प्रहरीको जिम्मा लगाइएको छ। यदि परिवार आफैं अनुसन्धानमा नलागेको भए हत्यारा पत्ता लगाउन कठिन हुने देखिन्थ्यो।

-------
हत्यापछि यतिसम्म गरे

केशव र पारुहाङको हत्या गरेपछि मुख्य अभियुक्त देवराज ढुङ्गेल काठमाडौंमा मृतकको खोजीमा रहेको देखिन्छ भने अर्का अभियुक्त जयराम अधिकारी भागेर केशवको गाउँस्थित आफ्नै दिदीको घर पुगेका थिए।

जयराम केशवको घरमा पुगेर मृत्यु संस्कारमा समेत सहयोग गरिरहेका थिए। घटनामा जयरामको पनि संलग्नता देखिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनी दिउँसो दिदीको घरमा बाख्रा हेर्ने र राति केशवको घरमा कुरुवा बस्न जाने गरेको तथ्य खुलेको थियो।

जयरामलाई अनुसन्धानका लागि काठमाडौं ल्याउनुपर्छ भन्दा “पण्डित मान्छेले त्यस्तो अपराध गर्न सक्दैन” भन्दै गाउँलेहरूले सुरुमा विश्वास गरेका थिएनन्। तर खुर्कोट प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी काठमाडौं ल्याइँदा उनले बाटोमै अपराध स्वीकार गरेका थिए।जयरामको बयानले पारुहाङको समेत हत्या भएको खुल्दा प्रहरी अधिकारी नै चकीत परेका थिए ।

--------

हायु परिवारका एक्ला छोरा थिए केशवराज

बलराम हायु र मञ्जु हायुका पाँच सन्तानमध्ये केशवराज एक्ला छोरा थिए। हायु कोटामा जेटिए अध्ययन गर्ने अवसर पाएका केशवराज विगत चार वर्षदेखि स्थानीय तहमा जागिरे थिए र परिवारका एकमात्र सहारा थिए।

हायु परिवारमा विस्तारै उज्यालो छाउन थालेकै बेला अहिले एकाएक अन्धकार छाएको छ। परिवारले आफ्नो सहारा गुमाएको छ। छोरा विदेश पठाउने उद्देश्यले लिएको ऋणको भारी अझै परिवारको काँधमा थुप्रिएको छ।स्थानीयवासीहरूले हत्यारालाई हदैसम्मको सजाय र सरकारले हत्याराको जायजेथाबाट भए पनि पीडित परिवारलाई सम्पूर्ण क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेका छन्।

24/12/2025

माइतीघरको सडकमा अनशन बसेका डा.निकोलस भुसाल यसरी उठे जुरुक्क

३ नया शक्ति नमिले फेरी उही बुड़ा दल ले राज गर्ने चिंता छ
24/12/2025

३ नया शक्ति नमिले फेरी उही बुड़ा दल ले राज गर्ने चिंता छ

केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भने- आयोगका मान्छेलाई बयान लिन घरमै पठाइदिनू
24/12/2025

केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भने- आयोगका मान्छेलाई बयान लिन घरमै पठाइदिनू

आजको राशिफल २०८२ पौष ९ गते बुधवार ! 🥀🙏 तपाईको दिन शुभ र मंगलमय रहोस् शुभकामना !❤️‍🩹-ज्योतिष : प्रकाश पौडेल
24/12/2025

आजको राशिफल २०८२ पौष ९ गते बुधवार ! 🥀🙏
तपाईको दिन शुभ र मंगलमय रहोस् शुभकामना !❤️‍🩹
-ज्योतिष : प्रकाश पौडेल

सासु र नन्द मिलेर बुहारी मारे छोरो कोरियामा पसिना बगाउँदै छन।।सिन्धुलीमा ३२ वर्षीया सुशीला बम्जनको पेट्रोल छर्केर हत्या ...
24/12/2025

सासु र नन्द मिलेर बुहारी मारे छोरो कोरियामा पसिना बगाउँदै छन।।
सिन्धुलीमा ३२ वर्षीया सुशीला बम्जनको पेट्रोल छर्केर हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनामा सासु र नन्दको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीले सासु र नन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक सुशीला बम्जनका श्रीमान रोजगारीको सिलसिलामा दक्षिण कोरियमा छन।

झापा-५ मा केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने बालेन शाहको तयारी  !राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६ घण...
24/12/2025

झापा-५ मा केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने बालेन शाहको तयारी !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६ घण्टा वार्ता गरेका बालेन शाहले आफू झापा-५ मा केपी शर्मा ओलीसँग चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । रास्वपाले नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर पार्टीमा प्रवेश गराएर निर्वाचनमा जान लागेको चर्चा भइरहेको बेला उनी निकट एक नेताले बालेन आफै झापा गएर केपी ओलीविरुद्ध चनावमा खडा हुन चाहेको बताएका छन् । ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्ज नहुने बालेनले आफ्ना निकटहरुलाई बताउने गरेका छन् । बालेनको आफ्नो निर्वाचन क्षेत्र भने काठमाडौं-२ रहेको छ । बालेनले जेनजी आन्दोलनपछि देशको आवश्यकता अनुसार आफू मेयर पद त्यागेर ठूलै चुनौतीका साथ सांसदको उम्मेदवार बन्ने सोचमा पुगेको बुझिएको छ ।

आज बुधवार मनकामना माताको दर्शन  गरौँ, आफुले चिताएको कुरा पूरा हुनेछ
23/12/2025

आज बुधवार मनकामना माताको दर्शन गरौँ, आफुले चिताएको कुरा पूरा हुनेछ

रास्वपा सभापति रवि लामिछानेको बारेमा बोलेर विवादमा आएका कलाकार चिरञ्जीवी प्रसाद पुडासैनी ( धतुरे बा ) ले भने - रवि दाइ र...
23/12/2025

रास्वपा सभापति रवि लामिछानेको बारेमा बोलेर विवादमा आएका कलाकार चिरञ्जीवी प्रसाद पुडासैनी ( धतुरे बा ) ले भने - रवि दाइ र रास्वपा समर्थकको चित्त दुखाएको रहेछु भने माफी चाहन्छु ।

सरकारले अनुमति दियो भने केपी ओलीलाई गोली ठोक्दिन्छौंः डा.निकोलस भुसाल
23/12/2025

सरकारले अनुमति दियो भने केपी ओलीलाई गोली ठोक्दिन्छौंः डा.निकोलस भुसाल

Address

Dhapakhel Road
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when All In One posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share