07/11/2025
🇰🇷 उल्सानमा पावर प्लान्टको बायलर टावर ढल्दा सात कामदार बेपत्ता, उद्धार कार्य जारी
उल्सान (दक्षिण कोरिया):
दक्षिण कोरियाको उल्सानस्थित थर्मल पावर प्लान्टमा रहेको बायलर टावर ढल्दा कम्तीमा सात जना कामदार बेपत्ता भएका छन्। उद्धार टोलीले रातभर खोज तथा उद्धार कार्य जारी राखेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
दुर्घटना बिहीबार दिउँसो करिब २ बजे कोरिया ईस्ट-वेस्ट पावर कम्पनी (Korea East-West Power Co.) को शाखामा भएको हो। करिब ६० मिटर अग्लो बायलर टावर विस्फोटक प्रयोग गरेर विघटन गर्ने क्रममा संरचना अचानक भत्किएको बताइएको छ।
शुरूमा नौ जना कामदार फसेको जानकारी आएकोमा दुई जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। बाँकी पाँच जनाको खोजी कार्य जारी छ। उद्धारकर्मीहरूले माटो र फलामका थुप्रोबीच बाटो खनेर फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। रातपछिको उद्धारका लागि सर्चलाइटहरू पनि जडान गरिएको छ।
राष्ट्रपति ईजेम्युङले सबै उद्धार उपकरण र जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री किम मिन-सोकले पनि सम्बन्धित निकायहरूलाई पूर्ण सतर्क रहन र उद्धारलाई प्राथमिकता दिन आदेश दिएका छन्।
श्रम मन्त्रालयले घटनाको कारण पत्ता लगाउन कडा छानबिन र कानुनी कारबाही गर्ने जनाएको छ। कानुन उल्लंघन भेटिएमा कम्पनीमाथि search & seizure प्रक्रिया सुरु गरिने बताइएको छ।
उक्त पावर प्लान्ट सन् १९८१ मा निर्माण भएको र सन् २०२२ मा सेवा बन्द गरिएको थियो। त्यसपछि विघटनको जिम्मा HJ Shipbuilding & Construction Co. लाई दिइएको हो। परियोजनाको लागत करिब ५७.५ अर्ब वन (३९.७ मिलियन अमेरिकी डलर) रहेको र २०२६ मार्चसम्म पूरा गर्ने लक्ष्य राखिएको थियो।
🔹 बायलर टावर के हो?
बायलर टावर थर्मल पावर प्लान्टको मुख्य संरचना हो, जहाँ इन्धन जलाएर पानीलाई बाफमा रूपान्तरण गरिन्छ। उक्त बाफले टर्बाइन घुमाएर बिजुली उत्पादन गर्छ। टावरले धुवाँ बाहिर निकाल्ने र ऊष्मा प्रणाली सञ्चालन गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।
उक्त उल्सान पावर प्लान्टले सन् १९८० को दशकमा दक्षिण कोरियाको करिब १५% बिजुली आपूर्ति गर्ने गरेको थियो।