Routine of Lalitpur Khabar

Routine of Lalitpur Khabar connect with us to receive regular updates, breaking news alerts, and exclusive content of Lalitpur.

31/01/2025

प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते, शुक्रबार

28/05/2024

संघीय संसदकाे संयुक्त बैठक

बागमती प्रदेश सरकार मन्त्री परिषदको बैठक अनुसार भोलि मिति २०८१ बैशाख २४ गते सार्बजनिक बिदा घोषणा गरेको छ।
05/05/2024

बागमती प्रदेश सरकार मन्त्री परिषदको बैठक अनुसार भोलि मिति २०८१ बैशाख २४ गते सार्बजनिक बिदा घोषणा गरेको छ।

ललितपुर महानगर वडा १७ स्थित ग्वार्कोमा आज बिहान  करिब ९ बजे आगलागी भएको छ।आगलागी बाट ५ जना घाइते भएका छ्न् र घाइतेहरुको ...
05/05/2024

ललितपुर महानगर वडा १७ स्थित ग्वार्कोमा आज बिहान करिब ९ बजे आगलागी भएको छ।आगलागी बाट ५ जना घाइते भएका छ्न् र घाइतेहरुको उपचार किस्ट हस्पिटलमा भैराखेको जान्कारी प्राप्त भएको छ।आगलागी के कसरी भयो भन्ने हालसम्म तथ्य जानकारी प्राप्त भएको छैन।
आगलागी भएको तहरोमा मोबिल र ग्यास सिलिन्डर पड्केर आगलागी भएको हुनसक्ने अनुमान छ।
आगलागी भएको तहरा संगै रहेको अचार कारखानामा समेत ठुलो क्षती भएको छ।

04/05/2024

शुक्रबार बैशाख २१ गते, ललितपुर महानगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले गुनासो सुझाब दिने क्रममा मेयर र जनता बिच बिबाद

ललितपुरमा अन्तर्राष्ट्रिय व्यापार मेला हुनेकाठमाण्डौं, २५ चैत - ललितपुर चेम्बर अफ कमर्सले चैत २२ देखि २६ गतेसम्म ललितपुर...
28/03/2024

ललितपुरमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाण्डौं, २५ चैत - ललितपुर चेम्बर अफ कमर्सले चैत २२ देखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ।

ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा हुने यस एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया र साउथ कोरियालगायतका देशहरुबाट विविध वस्तु तथा सामग्रीहरु प्रदर्शनी हुनेछन्।

एक्स्पोमा मेड इन नेपाल प्याभिलियन विशेष आकर्षण रहने छ। यसमा स्वदेशी उत्पादन र सेवाहरू प्रदर्शित हुनेछन्। फर्निचर, छालाजन्य वस्तु, हस्तकला, लत्ताकपडा, जुत्ता चप्पल, स्वास्थ्यवर्द्धक सामान, अर्गानिक उत्पादन र गरगहनाका सामग्रीहरु पनि प्रदर्शनीमा राखिने छन्।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले एक्स्पोमा ललितपुरका मौलिक निकासीयोग्य सामानहरु र दैनिक उपभोग्य सामग्रीहरूको पनि प्रदर्शनी हुने बताए।

28/03/2024

युवतीको शव भेटियो

काठमाडौं, २५ चैत - ललितपुरको महालक्ष्मीस्थानमा एक युवतीको शव भेटिएको छ। पाँचथरको फाल्गुनन्द नगरपालिका-३ घर भएकी ३४ वर्षीया अन्जु लिम्बुको आफ्नै डेरामा मृत अवस्थामा शव फेला परेको हो।

प्रहरी अनुसार उनी एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन्। डेरामा मदिराको बोतल पनि फेला परेको छ। केही दिन अघिनै उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। अन्जुको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।
Lalitpur Khabar

27/03/2024

धोलाहिटी होली झडपका मुख्य आरोपी सार्वजनिक

काठमाडौं- ललितपुरको धोलाहिटीमा होली पर्व मनाउने क्रममा भएको झडपमा संलग्न मुख्य चार आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा खोटाङका विजय र सुलभ राई, भोजपुरका विशाल हाङ मुकारुङ र काठमाडौंका छेङविहाङ राई रहेका छन्।

प्रहरीले अरू पाँचजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ भने एकजना फरार छन्। विजय राईलाई लागुऔषध मुद्दामा पहिले दुईवर्ष जेल सजाय भएको थियो। झडपमा दुईजनाको ज्यान गएको थियो। प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ।

25/03/2024

कर्णाली चिसापानी पुलबाट हाम फालेका १७ जनामध्ये एक किशोर बेपत्ताl

पहिले र अहिलेपाटन, चक्रबहिल📸Peter Gustav
23/03/2024

पहिले र अहिले
पाटन, चक्रबहिल

📸Peter Gustav

पाटन मंगलबजारमा अवस्थित ऐतिहासिक ढुङ्गेघारा
23/03/2024

पाटन मंगलबजारमा अवस्थित ऐतिहासिक ढुङ्गेघारा

Address

Lalitpur
9771

Telephone

+9779801163204

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Lalitpur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Lalitpur Khabar:

Share