MC NEPAL News

MC NEPAL News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MC NEPAL News, News & Media Website, Lalitpur.
(1)

Truth • Facts • Public Interest
Independent digital news and analysis platform from Nepal.
📊 Simplifying complex issues into clear insights

⚡ Fast • Accurate • Reliable

📩 For Ads & Collaborations: Inbox
📺 YouTube: MC Nepal

16/09/2026

‘पार्टीको जिम्मेवारी म हेर्छु, सरकारको जिम्मेवारी बालेनजीले’ : रवि लामिछाने
रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन शाहबीच कुनै मतभेद नरहेको बताएका छन्।‘पार्टीको जिम्मेवारी मैले हेर्ने, सरकारको जिम्मेवारी बालेनजीले हेर्ने हो। हाम्रोबीच मतभेद छैन, यी प्रश्न तपाईंहरूकै हुन्,’ लामिछानेले भने। उनले प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रका लागि निरन्तर काम गरिरहेको पनि बताए।
***nShah ***n

16/09/2026

The Grayzoneको रिपोर्टबारे पत्रकारको प्रश्नमा जबाफ दिदैं रवि लामिछानेले !
विवादित र वैचारिक झुकाव भएको समाचार पोर्टलका रूपमा आलोचना हुँदै आएको The Grayzone ले प्रकाशित गरेको नेपालसम्बन्धी रिपोर्टबारे पत्रकारले प्रश्न गरेपछि रवि लामिछानेले उल्टै स्रोतबारे प्रश्न गरेका छन्।

‘कहाँ छापिएको रहेछरु कुन पत्रिकाले छापेको रहेछ?’ भन्दै उनले सामाजिक सञ्जालमा आएका दाबीलाई मात्र आधार बनाएर धारणा बनाउन नहुने आशय व्यक्त गरेका थिए ।
लामिछानेको भनाइको सार—सामाजिक सञ्जालमा जे आयो, त्यसलाई मात्र आधार बनाएर निष्कर्षमा पुग्नुभन्दा स्रोत र प्रमाण हेर्नुपर्छ।
#

🚨 ब्रेकिङ : २०औँ एसियाली खेलकुदको नेपालमा एक्सक्लुसिभ प्रसारण अधिकार कान्तिपुर म्याक्सलाईजापानको आइची–नागोयामा हुने २०औँ...
15/09/2026

🚨 ब्रेकिङ : २०औँ एसियाली खेलकुदको नेपालमा एक्सक्लुसिभ प्रसारण अधिकार कान्तिपुर म्याक्सलाई
जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुद नेपालमा कान्तिपुर म्याक्स टेलिभिजनले एक्सक्लुसिभ रूपमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिजिटल ओटीटी स्ट्रिमिङ पार्टनरका रूपमा Digo रहनेछ।एसियाली खेलकुदमा नेपालबाट १३५ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। 📌 प्रारम्भिक खेल बुधबारदेखि सुरु हुँदैछन् भने उद्घाटन समारोह शनिबार हुनेछ।

14/09/2026

व्यवसायी दुर्गा प्रसाईं विमानस्थलबाट प्रहरी नियन्त्रणमा रहेका थिए ।

उनले प्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रसाईंका पछिल्ला गतिविधि तथा अभिव्यक्तिले उच्छृंखल गतिविधि बढ्न सक्ने आशंका देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर एयरपोर्टबाट उनको घरमा लगेर छोडिदिएको छ ।

09/09/2026

“नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायोचित क्षतिपूर्ति प्राप्त गरेको दिन मात्रै,
वितेका ती नागरिकहरूले न्याय पाएको मानिनेछ।” — रवि लामिछाने, सभापति, रास्वपा

05/09/2026

११ दिनपछि एक विदेशी नागरिकलाई नेपाली सेनाले यसरि जीवितै उद्धार गरेको छ...

05/09/2026

🙏 बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विपद्को बीचमा फेरि आयो आशाको खबर। 🇳🇵❤️vc-apf

🙏 सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धारमाथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको ...
05/09/2026

🙏 सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र कोरियाली ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे उनलाई सुरुङबाट सुरक्षित रूपमा बाहिर निकालेको नेपाली सेनाले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण आयोजनामा ठूलो क्षति पुगेको थियो।

विपद्को बीचमा आशाको खबर—जीवनको उद्धा
🙏 Successful Rescue Operation: Nepali Army and Korean 'Disaster' Team Save Chinese National from Tunnel 🇳🇵❤️ During the audit of the Upper Trishuli-1 Hydroelectric Project, a 4-tonne tunnel rescue operation was carried out, resulting in the safe evacuation of a Chinese national. The Nepali Army and Korean 'Disaster' Team successfully rescued the individual at 1:20 pm today. The devastating flood that occurred on Bhadra 10 in the Bhote Koshi River, Rasuwa, had caused significant damage to the project. Amidst the disaster, a glimmer of hope - rescue operations are ongoing.

05/09/2026

बाढीले बगाएको पुलको ठाउँमा नेपाली सेनाले जडान गर्दै ६० मिटरको बेलिब्रिज

नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न थालिएको हो।
Nepal Army Installs 60-Metre Bailey Bridge at Flood-Damaged Site

The installation of a 60-metre-long Bailey bridge has begun over the Tadi River at Devighat in Bidur, Nuwakot, by the Nepal Army.

The concrete bridge at the site was washed away by the devastating Bhotekoshi River flood in Rasuwa on August 26 (Bhadra 10).

A new Bailey bridge is now being installed on the abutments of the washed-away bridge to restore transportation connectivity.

बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्बभन्दा बढीरसुवालगायत बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दो छ।...
05/09/2026

बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी

रसुवालगायत बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दो छ।

नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु. ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम जारी छ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when MC NEPAL News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share