SiddhiVinayak Builders And Suppliers Pvt . Ltd

SiddhiVinayak Builders And Suppliers Pvt . Ltd SiddhiVinayak Builders And Suppliers is a premier construction company dedicated to transforming visions into reality.

Specializing in innovative construction solutions, high-quality materials, and timely project delivery .

06/08/2022

बाबुरामले गरे १८९ सदस्यीय केन्द्रीय समिति घोषणा, को- को परे ? (सूचीसहित)
डा. भट्टराईले जसपासँग एकीकरण गरेलगत्तै उनकै निर्देशनमा दीपक लामिछानले निर्वाचन आयोगमा उनको पूर्ववर्ति निर्वाचन चिह्न ‘आँखा’ लिएर नयाँ दल दर्तौ गराएका थिए । जसपाबाट अलग भएलगत्तै लामिछानेले डा. भट्टराईलाई उक्त पार्टी हस्तान्तरण गरेका थिए ।

निर्वाचनको मिति घोषणासँगै एमालेप्रति बढ्यो क्रेज : जसपाका केन्द्रिय नेताहरु नै एमालेमा प्रवेशकाठमाडौं ! जनता समाजवादी पा...
06/08/2022

निर्वाचनको मिति घोषणासँगै एमालेप्रति बढ्यो क्रेज : जसपाका केन्द्रिय नेताहरु नै एमालेमा प्रवेश

काठमाडौं ! जनता समाजवादी पार्टीका विभिन्न ओहोदामा रहेका नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरु आज एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निजि निवासमा पुगेर एमाले प्रवेश गर्नुभएको हो। एमाले प्रवेश गर्नेहरुमा काशिम अली सिद्धुकी -संविधान सभा सदस्य एवं केन्द्रीय सदस्य जसपा (बर्दिया),आशा चतुर्वेदी -संविधान सभा सदस्य एवं केन्द्रिय सदस्य जसपा (पर्सा), स्वेता श्रीबास्तब – प्रदेश कमिटि सदस्य जसपा (लुम्बिनी प्रदेश) लगायतका नेताहरु रहनु भएको छ।

उहाँहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको हो। उक्त अवसरमा एमाले उपाध्यक्ष बिष्णु पौडेल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो। संघिय र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै एमाले प्रवेश गर्नेहरुको लहर चल्न थालेको छ।

काठमाडाैं । एकपछि अर्को विभाजनको असर स्थानीय तह निर्वाचनमा देखिएपछि मधेसकेन्द्रित दल संघीय चुनावमा गठबन्धनको पक्षमा देखि...
06/08/2022

काठमाडाैं । एकपछि अर्को विभाजनको असर स्थानीय तह निर्वाचनमा देखिएपछि मधेसकेन्द्रित दल संघीय चुनावमा गठबन्धनको पक्षमा देखिएका छन् । कोही सत्तागठबन्धनमा त कोही प्रतिपक्ष एमालेसँग सहकार्यको पक्षमा छन् । स्थानीय निर्वाचनमा मधेसमा सबैभन्दा बढी पालिका कांग्रेसले जितेपछि मधेसी दल झस्किएका छन् । कुल एक सय ३६ मध्ये कांग्रेसले ४६ र एमालेले ३० पालिका जित्दा मधेसमा शक्तिशाली मानिएको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले क्रमशः २५ र १४ पालिका मात्रै जितेका छन् ।

टीकापुर । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्...
06/08/2022

टीकापुर । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्।

जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।
मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आएर खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। तराजु शैलीमा दुवैतिरको भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्। ती सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्।
पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी सााधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको स्थानीय शिक्षक मार्कण्डेय उपाध्यायले बताए। २०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। पुल सञ्चालनका सुरुवाती दिनमा जापानी प्राविधिकले पुलमाथि धेरै गाडी गुडाउन नहुने बताएका थिए।
स्थानीय रमेश विष्टले पुलको सुरक्षा भूपू सैनिकले दिन छाडेपछि पुलमा ओहोरदोहोर हुने गाडीको सङ्ख्या र पुलमा केरकार गर्ने क्रियाकलाप बढेको उल्लेख गर्दै संवेदनशील पुलमाथि सम्बन्धित निकायको ध्यान नपुगेको बताए। २०७२ सालबाट सडक विभागले दुई जना सुपरभाइजर खटाएको छ। सुरपरभाइजर दानसिंह थापाले भने– ‘पुलको जुुन रूपमा मर्मत सम्भार र स्याहार हुनुपर्ने हो, त्यो हुन सकेको छैन। हामीले सके जति पुलको सरसफाइ, सामानको रेखदेख गरिरहेको छौँ। अरू खास काम गर्न सकिएको छैन।’
पछिल्ला दिन स्थानीय चाडपर्व तथा जन्मदिनमा पुलमा आउने र तस्बिर लिने, नाच्ने, गाउने लगायतका कार्यले पुलमा सयौँ मानिसको भीड लाग्ने गरेको छ। पुल हेर्न भनेर टाढा टाढाबाट पनि मानिसहरू आउने गरेका र विशेषगरी भारतबाट आउने पर्यटकको आकर्षणको केन्द्र बनेको पुलको सुरक्षाभन्दा पनि पुलमा प्रयोग भएका सामान चलाउने, खोतल्ने लगायतका कार्य पनि हुँदै आएको छ। फलाममा खिया लागिसकेको छ। पुलमाथि गाडी रोकेर राख्ने, पुलमाथि नै पसल राख्ने पनि गरिएको छ।
२०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलको १४२ ठाउँमा गोली लागेको छ। गोलीले खत लागेको ठाउँमा अहिले खिया लागिरहेको छ। पूर्वपट्टिका लठ्ठा खुकुलो भएपछि हल्लिन थालेको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाहीले बताए । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय क्षेत्र कर्णाली चिसापानीमा घुम्न आउने पर्यटकलाई सचेतना दिन नसक्दा पुलका सामानहरू निकाल्ने काम पनि भइरहेको उनको भनाई छ । गोरखापत्र दैनिकबाट

शनिबार बिहान गएको भूकम्पको केन्द्रविन्दु नुवाकोट रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको विवरण अनुसार नुवाकोटको ...
06/08/2022

शनिबार बिहान गएको भूकम्पको केन्द्रविन्दु नुवाकोट रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको विवरण अनुसार नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

काठमाडौं र आसपासका व्यक्तिहरुले भूकम्पको ठूलो धक्का महसुस गरेको सामाजिक सञ्जालमा बताइरहेका छन् । भूकम्पबाट क्षति भएको कुनै विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

नेपालमा एक सातामा २ मझौला खालका भूकम्प गएको छ । यसअघि गत आइतबार बिहान ८:१३ बजे खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भूकम्पले खोटाङ र छिमेकी जिल्ला भोजपुरमा सयौँ घरमा क्षति समेत पु¥याएको थियो ।

यो भूकम्प यसअघिका भूकम्पको परकम्प नभई छुट्टै भूकम्प भएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले दिएको थियो।

उक्त भूकम्पको धक्का पूर्वी नेपालसँगै काठमाडौं उपत्यका आसपासमा महसुस गरिएको थियो।

आजको भूकम्प परकम्प हो वा नयाँ भूकम्प हो । यसबारे केन्द्रले स्पष्ट पारेको छैन ।

एसपी रिपोर्टरजनकपुरधाम, साउन १० : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका निवर्तमान अध्यक्ष शालिग्राम सिंह गाडी नगद र जिन्...
28/07/2022

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका निवर्तमान अध्यक्ष शालिग्राम सिंह गाडी नगद र जिन्सी बरबुझारत गर्न मानेका छैनन । उनको कार्यकाल सम्पन्न भएको सात महिना वित्न लाग्दा समेत सिंहले अध्यक्षका रुपमा सुविधा पावत पाएको गाडी नगद र जिन्सी अहिले सम्म बरबुझारत गरेका छैनन । २०७४/०९/२८ मा अध्यक्ष नियुक्त भएका उनको चार वर्षिय कार्यकाल गत पुष २७ गते सकिएपछि पटक पटक पत्राचार गर्दा समेत उनले गाडी र्फिता गर्न मानेका छैनन ।

सिंहलाई गत माघ १० गते नै गाडी फिर्ता गर्न पहिलो पत्राचार गरिएको थियो तर उनले सुनेनन् । त्यपछि २०७८ माघ १८ गते पुन: अर्को पत्र काटिएको छ । यस पत्रमा भने गाडी फिर्ता गर्न मात्र भनिएको छैन परिषद मातहतको यात्री निवासको पहिलो तल्लाको कोठा नं. २०१ र २०२ गरि दुईवटा कोठा ५ सय ४३ दिन सम्म व्यक्तिगत ताल्चा हानेर प्रयोग गरेको र दोस्रो तल्लामा रहेको नव निर्मित २ वटा स्वीट कोठाहरु ३ सय ६५ दिन सम्म निरन्तर व्यक्तिगत प्रजोजनका लागि ताल्चा हानेर प्रयोग गरे बापतको रु. ११ लाख ४४ हजार ८ सय सहित साँचो बुझाउन भनिएको छ ।

हुनत उनले सो कोठाहरु प्रयोग गरे बापत कुल २२ लाख ८९ हजार ६ सय बुझाउनु पर्ने थियो तर २०७६ बैशाख १ गतेको बैठकले वृहतरका पदाधिकारीहरुले यात्री निवासको कोठा प्रयोग गर्दा पचास प्रतिशत छुट दिने भनि निर्णय भएकाले मात्र ११ लाख ४४ हजार ८ सय बुझाउन भनिएको छ । स्रोतका अनुसार सिंहले कुर्सी सहितका धेरै समानहरु समेत सिंहले नै प्रयोग गर्ने गरेको र अहिले सम्म बरबुझारत गर्न मानेको छैन ।

२०७४ ११ ०२ मा खानेपानी तथा सरसफाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले सिंहका लागि बा २ झ ३०५३ नं. को ईसुजु भ्यान उपलब्ध गराएको थियो । सिंहलाई वृहतरले गत २०७९ असार २० गते काटेको पत्रमा समेत उनी गाडी, जिन्सी र कागजातहरु समेत नबुझाएको भन्दै फिर्ता गर्न तागेदा गरिएको देखिन्छ ।

  एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारीType SEEyour symbol number and send SMS to 31003 to view your res...
27/07/2022


एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

Type SEEyour symbol number and send SMS to 31003 to view your result.
Example: SEE 1234567A and send it to 31003.
*After result is published

श्रावण महिनाको पहिलो सोमबार... Monday morning & Pashupatinath Temple, Kathmandu ❤
18/07/2022

श्रावण महिनाको पहिलो सोमबार... Monday morning & Pashupatinath Temple, Kathmandu ❤

10/06/2022
10/06/2022
08/06/2022

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।

सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो ।

केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।

08/06/2022

काठमाडौँ — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिबद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबार सम्पन्न बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिबद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले जानकारी दिए ।
त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ । नेता झाले भने, ‘चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिबद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ । अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचन तयारीमा जुट्ने निर्णय पनि गरिएको छ ।’

शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको नेता झाले बताए । बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्षसमेत निकालिएको थियो।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when SiddhiVinayak Builders And Suppliers Pvt . Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SiddhiVinayak Builders And Suppliers Pvt . Ltd:

Share