Triratna, त्रिरत्न प्यला पाै

Triratna, त्रिरत्न प्यला पाै A publication of Bauddha Vihar Sangha, Lalitpur. Scholarly research articles on Newar Buddhism

चन्द्रमा अनुसारको पात्रो र सूर्य अनुसारको पात्रोमा भिन्नता हुनु त स्वाभाविकै हो । सूर्य अनुसारको पात्र तुलनात्मक रूपमा ब...
30/10/2024

चन्द्रमा अनुसारको पात्रो र सूर्य अनुसारको पात्रोमा भिन्नता हुनु त स्वाभाविकै हो । सूर्य अनुसारको पात्र तुलनात्मक रूपमा बुझ्न सरल छ र चन्द्र अनुसारको पात्रो त्यति सरल छैन । त्यसैले फरक भूगोल र साँस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूमा ती पात्रोको निर्णय दिने प्रस्थान विन्दू (Frame of reference) फरक हुने भएकोले काठमाडाैं, पाटन र भक्तपुरमा चाड मनाउने दिनमा केहिं भिन्नता आएको हो । यसलाइ समन्वय द्वारा एक रूपतामा ल्याउन वर्षाैं देखि पहल नभएको होइन तर कसैले पनि आफ्नो frame of reference छोड्न तयार नभएकोले त्यो सफल हुन सकेन । यसलाइ राज्यले हस्तक्षेप गरी कुनै एकवटालाइ जवरजस्ती लागू गर्न खोज्यो भने अरू पक्षले आफू अपहेलित भएको ठान्नेछ र थप द्वन्द हुने सम्भावना समेत हुन्छ । त्यसैले यसबारे भर धारबाट साेच्न जरूरी जस्तो लाग्छ ।

यसलार्इ सांस्कृतिक विविधता (Cultural Pluralism) को दृष्टिकोणबाट बुझ्नु पर्छ । यो विविधता सदियौं देखि विद्यमान थियो । सामाजिक सञ्चाजका कारण अहिले बढी चर्चाको विषय बन्न पुगेको मात्र हो । यो फरक हुन गएको मुख्य कारण ज्योतिषहरूले लिने गरेको प्रस्थान विन्दु (frame of reference) फरक भएकोले हो । यो भिन्नताले कसैलार्इ कतै दुःख हुँदैन, समस्या हुँदैन । बरू स्वन्ती नखः तीन दिनको सट्टा ४ दिन नै उत्सवमय हुन्छ । सांस्कृतिक विविधतालार्इ स्वीकार गर्न सक्यो भने नेवाः एकतामा कुनै आँच आउँदैन । नेवाः एकता फरक विषय हो । सांस्कृतिक विविधतालार्इ स्वीकार नगरी आफ्नै मात्र ठीक अरू सबै वाहियात भन्ने खालको विचारोत्तेजक अभिव्यक्तिहरू सामाजिक सञ्जालमा सम्पेषण गर्दा आम जनतामा यो ज्यादै गम्भीर काण्ड पो हो कि भन्ने भ्रम फैलिने र त्यसको कारण समाजमा अनावश्यक द्वेष फैलिन पुग्छ । परम्परा र मान्यता अनुसार सबैले आ-आफ्नो गुरूहरूको निर्देशन अनुसार वा अनूकुल अनुसार म्हँ पूजा, लक्ष्मी पूजा र किजा पुजा गरून् । चाडपर्वको एकै उद्देश्य खुसी, शान्त रही सामाजिक जीवन सुदृढ बनाउने र जीवन बुझ्ने र बुझाउने हो । सबैको मंगल होस् ।

मांसाहार सम्बन्धी बाैद्ध दृष्टिकोण विषयमा बोधिटिभीमा भएको यो छलफल पनि यस्सो सुनिदिनु हो फुर्सत निकालेर ।
27/06/2024

मांसाहार सम्बन्धी बाैद्ध दृष्टिकोण विषयमा बोधिटिभीमा भएको यो छलफल पनि यस्सो सुनिदिनु हो फुर्सत निकालेर ।

BODHI TELEVISION HDBuddhism From Lumbini to The World.► www.bodhitv.tv► facebook : https://www.facebook.com/bodhi.television► twitter : https://twitter.com/B...

यो तस्वीर लुम्बिनी बुद्ध जन्मस्थल मन्दिर भित्र यस वर्षको बुद्ध पूर्णिमाको अवसरमा मन्दिर भित्र एक कुनामा सानो काठको टेवल ...
11/06/2024

यो तस्वीर लुम्बिनी बुद्ध जन्मस्थल मन्दिर भित्र यस वर्षको बुद्ध पूर्णिमाको अवसरमा मन्दिर भित्र एक कुनामा सानो काठको टेवल बनाइ त्यसमाथि राखिएको अढाइ फुटको बुद्ध मूर्ति हो । यस मन्दिर भित्र श्रद्धालु बौद्ध भक्तजनहरूले पुरातात्त्विक महत्त्वका विषयवस्तुहरू (विशेषतः भग्नावशेषहरू, मार्कर स्टोन, ४औं शताब्दिको बुद्ध जन्म मूर्ति) देख्न पाउँछन् । यस बाहेक आगन्तुक श्रद्धालुहरूले बुद्ध प्रतिमा दर्शन गरी बुद्ध गुणानुस्मृति गर्न पाओस् भन्ने उद्देश्यले मन्दिरको एक कुनामा यो मूर्ति राखेको रहेछ । यो पहल कदमको हामीले सह्राना गरेका थियौं । तर केहि दिन पछि त्यो बुद्ध मूर्ति मिल्काएको भन्ने कुरा थाहा पाएर कौतुहलता भइरह्यो । यस सम्बन्धी टि.भी.मा एउटा समाचार सुने पछि स्तब्ध हुन पुगें । पुरातत्त्व विभागले एक कडा आदेशात्मक चिठी लेखेर यो बुद्ध मूर्ति त्यस ठाउँबाट तुरून्त हटाउन निर्देशन भएको रहेछ । लुम्बिनी विकास कोषले त्यसको justification प्रस्तुत गर्ने मौका पनि पायो पाएन थाहा भएन । मूर्ति हटाएको खवर मात्र थाहा पाए । यो तस्वीर र यो पत्र हेरे पछि लागेको यी प्रश्नहरू –
१. के पत्रमा भने जस्तै “सम्पदालार्इ प्रत्यक्ष/परोक्ष असर पार्ने खालको अनियन्त्रित एवं अनधिकृत विकास निर्माण लगायतका गतिविधिहरू” मा परेको यो कदम मान्न सकिन्छ ?
२. काठको सामान्य टेबल बनार्इ त्यसमाथि बुद्ध प्रतिमा राख्दा पुरातत्त्व विभागले चासो लिनुमा कुनै आपत्ति र आश्चर्य होइन । आफ्नो कार्यक्षेत्र हो भने त्यसमा निगरानी राख्नु र समन्वयको लागि सचेत गराउनुलार्इ जिम्मेवार निकायको कर्तव्य नै मान्नु पर्छ । तर, त्यसको नाममा श्रद्धालु बौद्ध पर्यटकको आस्थालार्इ ध्यानमा राखी राखिएको बुद्ध मूर्तिलार्इ हटाउने निर्देशन अलिक बढी भएन र ? कुनै व्यक्तिको साम्प्रदायिक पूर्वाग्रहबाट प्रभावित भइ राज्यको शक्ति प्रयोग नहोस् भन्ने म सामान्य एक नागरिकको विचार हो । पुरातत्त्व सम्बन्धी कानून र सम्पदा संरक्षण सम्बन्धी विज्ञजनको यसमा के विचार होला । लेख्नु भए, पुरातत्त्व विभागलार्इ त्यो सहयोग नै हुन्थ्यो होला । (फोटो साभार - माउण्टेन टि.भी)

११ बाैद्ध संघसंस्थाले संयुक्त विज्ञप्ति मार्फत दिएका सुझावको जवाफ स्वरूप एक जना महाशय (श्री रामचन्द्र शर्मा) ले नयाँ पत्...
23/03/2024

११ बाैद्ध संघसंस्थाले संयुक्त विज्ञप्ति मार्फत दिएका सुझावको जवाफ स्वरूप एक जना महाशय (श्री रामचन्द्र शर्मा) ले नयाँ पत्रिकामा एउटा लेख लेखेका छन् । उनले बुद्धलार्इ जिस्काउन कुनै कसर छोडेको छैन । वहाँको इच्छा बुद्ध ‘अग्रदूत’ रहुन भन्ने नै रहेछ । बुद्धले सात चक्रको ध्यान गरेर बोधि लाभ गरेको भन्ने मन गढन्त अभिव्यक्ति यसरी सार्वजनिक रूपमा लेख्ने वहाँको आँटलार्इ पनि माने मैले । परमात्मालार्इ भेटाइने आश्वासन सहितको यो ध्यान मार्फत त्यस संस्थाले बुद्धको विरासतलार्इ पुनर्स्थापना गर्न खोजेको भन्ने उहाँको थम्याइ - अनुयायीहरूलार्इ जीवन विज्ञानका गुरूवर्गले गज्जबसाथ Endoctrinate गरिदिएको रहेछ भन्ने पनि देखियो । यी अभिव्यक्ति बारे सत्यकुरा के हो भन्ने बुझ्ने हो भने मृदु हृदय राखी बुद्धवचनहरू अध्ययन गर्न मेरो सुझाव छ । दिशा बदले दशा बदलिन्छ । सत्य बुझ्न स्रोत मै पुग्नु पर्छ । बुझ्नेलार्इ श्रीखण्ड नबुझ्नेलार्इ खुर्पाको बिंड ।

जसले आत्मा दृष्टि (सत्काय दृष्टि) लाइ सबै खालको समस्याको जरो हो र अनात्मा ज्ञान साक्षात्कारबाट मात्र दुःख मुक्ति हुन्छ भ...
22/03/2024

जसले आत्मा दृष्टि (सत्काय दृष्टि) लाइ सबै खालको समस्याको जरो हो र अनात्मा ज्ञान साक्षात्कारबाट मात्र दुःख मुक्ति हुन्छ भनी जीवन भर सिकाउनु भयो । २६०० वर्ष पछि पनि उनको यहिं शिक्षा संसार भरि फैलिदैं अनगिन्ति साधकहरूलाइ लाभ दिइरहेको छ । उनैको नाम बेचेर यी महाशय परमात्माको दर्शन गराउने लोभ जताउनु हुन्छ । बुद्धको नाम यसरी नबेच्नु भनी ११ बाैद्ध संघसंस्थाहरूले संयुक्त विज्ञप्ति नै निकालेर सविनय अनुरोध गर्दा पनि गैडाको छाला कन्याए बरावर नै हुन्छ । त्यस विज्ञप्ति वापत स्पष्टिकरण सहित एक चिठी पठाउँछ । चिठीमा नै गडवड देखेपछि संस्थाहरूले त्यसमा प्रत्युत्तर पनि पठाउँछ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । कमसेकम सचेत नागरिकले यी प्रतिक्रिया पढुन् । बुद्धको साँचो शिक्षा के हो बुझुन् । केेहिं पारिभाषिक शब्दहरू छन्, बुद्ध शिक्षामा नयाँ पाठकलार्इ केहिं असजिलो हुनसक्छ । तर, बुद्धको देशमा जन्मेको गर्व गर्नुको साथमा बुद्धका यी केहिं कुराहरू बुझ्दा कल्याणै होला ।

बाहुन परिवारमा जन्मेका नन्दप्रसाद तिमल्सिनाको यो जीवन कथाकसरी वहाँ खेन्पो वागीन्द्रशील बन्नु भयो ? जीवनमा सार भनेको के ह...
25/02/2024

बाहुन परिवारमा जन्मेका नन्दप्रसाद तिमल्सिनाको यो जीवन कथा
कसरी वहाँ खेन्पो वागीन्द्रशील बन्नु भयो ? जीवनमा सार भनेको के होला ? अत्यन्त प्रेरणादायी कुराकानी - अवश्य सुन्नु होला ।

Khenpo Vagindra Shila is a well-known name not just in Nepal but among the followers of Tibetan Buddhists around the world. Born into a Brahmin family in Sin...

अवलोकितेश्वर करूणामय स्थानमा पाठ गरिने प्रचलित तुतः देव मनुष्या... को नेपाल भाषा र अंग्रेजी अनुवाद सहित। भवतु सर्व मंगलम...
19/02/2024

अवलोकितेश्वर करूणामय स्थानमा पाठ गरिने प्रचलित तुतः देव मनुष्या... को नेपाल भाषा र अंग्रेजी अनुवाद सहित। भवतु सर्व मंगलम् ।
यो तुतःको बारे विस्तृत व्याख्याको लागि त्रिरत्न पत्रिकामा प्रकाशित लेख यो लिंक बाट डाउनलोड गरी पढ्न सक्नु हुनेछ । https://archive.org/details/devamanusya-tuta-article

https://www.youtube.com/watch?v=WeGRpPUCNWA

यो स्तोत्र नेवाः बाैद्ध धर्ममा अत्यन्त प्रचलित श्री आर्यावलेकितेश्वरको स्तोत्र हो । यसकाे भाव अत्यन्त गहिरो छ । ...

बाैद्ध विहार संघ, ललितपुरबाट सञ्चालित नेवाः बाैद्ध शिक्षामा सबैलार्इ स्वागत छ ।
18/02/2024

बाैद्ध विहार संघ, ललितपुरबाट सञ्चालित नेवाः बाैद्ध शिक्षामा सबैलार्इ स्वागत छ ।

Time To Talk | Gyanendra ShakyaTime to Talk with rakesh khadgi program broadcasts every Friday at 8:30 PM, Repeat - Saturday 7 AM & 9 PM, Monday 2 PM only on...

पूज्य महायोगी गुरू श्रीधर राणा रिम्पोछेज्यूबाट दिनु हुने अमिताभबुद्ध अभिषेक सहभागी हुन सवैलार्इ स्वागत छ ।सहभागिताको लाग...
31/12/2023

पूज्य महायोगी गुरू श्रीधर राणा रिम्पोछेज्यूबाट दिनु हुने अमिताभबुद्ध अभिषेक सहभागी हुन सवैलार्इ स्वागत छ ।
सहभागिताको लागि अनलाइन फाराम भर्नु हुन अनुरोध छ । https://forms.gle/26T5VHjcHdmw4Lgf7

07/10/2023

महाभिषेकया दुर्लभ अवसर !!!

08/06/2023
नेवाः बाैद्ध शिक्षास सहभागी जुइया लागि इनाप दु ।
08/06/2023

नेवाः बाैद्ध शिक्षास सहभागी जुइया लागि इनाप दु ।

Address

Akshyayeshwor Mahavihar
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Triratna, त्रिरत्न प्यला पाै posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category