Rastra Daily

खोजि कार्यमा सहयोग गरिदिनुहुन ।।तलको फोटोमा देखिने आफ्नो नाम सलिना श्रेष्ठ बाबुको नाम लाल बहादुर श्रेष्ठ आमाको नाम सरिता...
08/10/2025

खोजि कार्यमा सहयोग गरिदिनुहुन ।।
तलको फोटोमा देखिने आफ्नो नाम सलिना श्रेष्ठ बाबुको नाम लाल बहादुर श्रेष्ठ आमाको नाम सरिता श्रेष्ठ र काका अमित श्रेष्ठ (हाल काठमाडौ बस्ने) रहेको बताउने तथा ठेगाना स्पष्ट बताउन नसक्ने तर मिर्मि भन्ने ठाउँ चिन्छु भन्ने अन्दाजी १४ वर्षकी बालिका हाल विहारको CWS मा रहेको भन्ने जानकारी आएकाले निजलार्इ चिन्नुहुने आफ्न्तहरुले भैरहवा हेल्प अनलार्इन को फोन नं ९८४२०८७२७८ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

यूएई भिजिट भिसाका लागि नयाँ व्यवस्था: स्पोन्सरको न्यूनतम तलब ४ हजार दिराम अनिवार्यसंयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भ...
06/10/2025

यूएई भिजिट भिसाका लागि नयाँ व्यवस्था: स्पोन्सरको न्यूनतम तलब ४ हजार दिराम अनिवार्य

संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।

त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ ।

भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।

यूएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो । न्यूनतम तलब पुरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत यूएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो ।

यूएईको संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ ।

उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।

यूएईले चार नयाँ भ्रमण भिसा प्रकार लागू गर्‍यो  संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी आगन्तुकका लागि चार नयाँ भ्रमण (भिजि...
06/10/2025

यूएईले चार नयाँ भ्रमण भिसा प्रकार लागू गर्‍यो

संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी आगन्तुकका लागि चार नयाँ भ्रमण (भिजिट) भिसा प्रकारको घोषणा गरेको छ, जसले प्रवास, व्यापार, प्रविधि र पर्यटन क्षेत्रलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

नयाँ भिसा प्रकारहरूमा कृत्रिम बुद्धिमत्ता , मनोरञ्जन, कार्यक्रमहरू, र क्रुज जहाज भ्रमण समावेश छन्। यी भिसाहरूबाट यूएईमा छोटो अवधिका लागि आउने विदेशी आगन्तुकहरूलाई लक्षित गरिएको छ, जसले देशको पर्यटन र व्यवसायिक गतिविधिमा योगदान पुर्‍याउनेछ।

मानवीय कारणमा आधारित बसोबास अनुमतिपत्र (Humanitarian Residency Permit) पनि लागू गरिएको छ, जुन विशेष परिस्थितिमा एक वर्षका लागि जारी गरिनेछ। आवश्यकता अनुसार, *प्राधिकरणको निर्णयमा आधारित रही यो अवधि थप्न सकिने*छ।
यसले विदेशी विधवा महिला वा सम्बन्धविच्छेद भएका एकल महिलाहरूलाई प्रायोजकविना नै यूएईमा बसोबास गर्न सहज बनाउनेछ।

आईसीपी (Federal Authority for Identity, Citizenship, Customs & Port Security) का महानिर्देशक *मेजर जनरल सुहेल सईद अल खैलीले जनाए अनुसार, स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय बसोबास तथा आप्रवासन सम्बन्धी प्रवृत्तिहरूको गहिरो विश्लेषणपछि नयाँ नियम र सर्तहरू लागू गरिएका हुन्।

उनले जीवनस्तर सुधार, व्यापार तथा यातायात प्रवाहमा वृद्धि, प्रविधि क्षेत्रको सशक्तिकरण, र यूएईको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्यका साथ यी परिवर्तनहरू गरिएको जानकारी दिएका छन्।

नयाँ भिसा प्रणालीले यूएईलाई भविष्यको लागि अझ खुला, समावेशी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

06/10/2025

हार्दिक निमन्त्रणा!

"स्याङ्जाको पत्रकारिता: विगत, वर्तमान र भविष्यको सम्भावना एवम् चुनाैति र अवसर " विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले स्याङ्जा जिल्लामा

क्रियाशील पत्रकारहरुलाई तपसिलको मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध छ।

मिति : २०८२/०६/२५ शनिबार

समय: बिहान ठीक ८.३० बजे

स्थान : स्मार्ट अखबारको कार्यालय,

भीरकोट नगरपालिका , बयरघारी

आयोजक: स्मार्ट अखबार डटकम

सम्पर्क : 9856088780

बाटोको बिजोग🔸मिर्मी-बिर्घा-रानीमहल सडक खण्ड अन्तर्गत स्याङ्जाको कालीगण्डकी ३ भुष्टुङ(आँप) स्थित गौर घुम्तीको ताजा अवस्था...
06/10/2025

बाटोको बिजोग🔸
मिर्मी-बिर्घा-रानीमहल सडक खण्ड अन्तर्गत स्याङ्जाको कालीगण्डकी ३ भुष्टुङ(आँप) स्थित गौर घुम्तीको ताजा अवस्था। यो सडक भएर वैघा-आलमदेवी-कारीकोट-रिडी,वैघा-सटुका-रानीमहल लगायत यस आसपासका गाउँहरुमा पुग्न सकिन्छ।

04/10/2025

kathmandu

समाजलाई गिज्याएको सडक🔸जि.के. पाण्डे असोज ९बर्षौँ अगाडी कालोपत्रको लागि टेन्डर प्रक्रियामा गएको मिर्मी-बिर्घा-रानीमहल सडक...
25/09/2025

समाजलाई गिज्याएको सडक🔸
जि.के. पाण्डे
असोज ९
बर्षौँ अगाडी कालोपत्रको लागि टेन्डर प्रक्रियामा गएको मिर्मी-बिर्घा-रानीमहल सडकको कार्य प्रगति कुन रफ्तारमा भइरहेको छ जुनजस्तै छर्लङ्ग छ।
तस्बिरमा देखिएको स्थान यहि सडकखण्डको कालीगण्डकी ३ भुष्टुङ्ग स्थित मुख्य सडकको हो। सडक कालोपत्रको जिम्मा पाएको कम्पनीले कछुवा गतिमा सडक निर्माणको काम क्रमश भुष्टुङ् आइपुग्दा जग्गाधनीको विवादका कारण निर्माण कम्पनीले भुष्टुङ्को मुटुमा केही मिटर सडक त्यत्तिकै(काम नगरी) छोडेर अगाडी बढ्यो।
त्यसपछि भुस्टुङ्का स्थानीयले उक्त विवाद समाधानका लागि पटकपटक प्रयास गरे । विवाद समाधान नजिक पुगे पनि समाधान हुन सकेन। अन्तिम पटक स्थानीयहरुले सडक निर्माण पक्ष र जग्गाधनी संगै राखेर खोजिएको समाधान प्रयास पनि अन्तिममा पुगेर सफल हुन नसकेपछि सहजीकरणका लागि स्थानीय सरकारलाई गुहारेका थिए।तर स्थानीय सरकारले विवादको समाधान निकाल्न सकेन।
यो खण्डको विवाद समाधानको लागि यहि बाटो भएर ओहोरदोहोर गर्ने प्रदेश एवं संघका निर्वाचित जनप्रतिनिधि,स्थानीय सरकार एवं यस क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूले सहजीकरण र पहल नगर्नु,मझधारबाट एउटा बाटो नखोजिनु निकै दु:खद हो ।
फलस्वरूप स्थानीयले हिउँदमा धुलो र बर्षायाममा हिलोसंग दिनहुँ साक्षात्कार गर्नुपरेको छ।
अहिले यो सडकमा बनेको खाल्डाखुल्डी र खाल्डाखुल्डीमा जमेको पानीले यो सडक भएर काठमाडौ,पोखरा,बुटवल,पाल्पा,मिर्मी,गल्याङ्ग,लसर्घा कारिकोट लगायत विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने यात्रु एवं स्थानीयले अनेक सास्ती खेप्नुपरेको छ भने पानी जमेको खाडलमा परेर कयौं बाइक,स्कुटि,अटोरिक्सा लगायत साना सवारीसाधनहरु दैनिकजसो दुर्घटनामा परेका छन।
अन्त्यमा,
वडादशैँ भित्रीसकेको छ । यहि सडक भएर हजारौं श्रद्धालुहरु प्रसिद्ध शक्तिपिठ आलमदेवी मन्दिर दर्शनको लागि आवतजावत गर्दछन। यसर्थ यस स्थानको हिलाम्य सडक र खाल्डाखुल्डी पुर्नका लागि स्थानीय निकायले तत्काल उक्त स्थानमा केही ट्रीपर गिट्टी बिछ्याउने काम गरोस्।
स्थानीय सरकारले गिट्टी,रोड रोलर उपलब्ध गराएको खण्डमा उक्त गिट्टी बिछ्याउन आवस्यक पर्ने श्रमदानका लागि भुष्टुङ्का व्यवसायी एवं स्थानीयहरु तयार छन।
आशा छ निर्वाचित जनप्रतिनिधि ज्युहरुको नाकै मुनिको यो सानो समस्या केही घण्टा भित्र समाधान भएर स्थानीय एवं यो बाटो भएर यात्रा गर्ने यात्रुहरुले हिलो र खाल्डाखुल्डी रहित सुधारिएको सडकमा यात्रा गर्न पाउनेछन्।(माता आलमदेवीले हामी सबैलाई सदबुद्धि देउन्।)

Looking for Website or Graphic Design? We’ve Got You Covered!  Remember us for:   Professional Website Design & Developm...
13/09/2025

Looking for Website or Graphic Design? We’ve Got You Covered!

Remember us for:
Professional Website Design & Development – perfect for shops, businesses, and personal brands
Eye-catching Graphic Design – logos, banners, flyers, menus, and more

We create designs that speak for your brand and help you stand out!

✅ Affordable Rates
✅ Custom Designs
✅ Fast Turnaround
✅ Trusted Service

📞 Let’s build something amazing for your shop or business.
Your brand deserves the best – remember us!

12/09/2025

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

12/09/2025

देश खरानी भए पछि यति त पक्कै बुझे होलान्।
देउवा -- श्रीमती असल चाहिने रैछ।
ओली -- सल्लाहकार गतिलो बनाउनु पर्ने रैछ।
प्रचण्ड -- सलाई अरुको हातमा पनि हुँदो रैछ।
रवि-- नो नट अगेन भन्ने अरु पनि निस्किदा रैछन।
बालेन-- जिम्मा नै लिन त गाह्रो हुँदो रैछ।
हर्क -- मिलाएर नगर पालिका चलाउन नसकेको सबैले थाहा पाएछन्।
आरजु-- पैसाले सुरक्षा दिदो रैन रैछ।
राजनीतिकर्मी -- कुकर्म र भ्रष्टाचारको धनको आयु लामो हुँदो रैन रैछ।
जनता -- नेताले मात्र लुट्ने हैन रैछन मौका पाउँदा हामीलाई पनि लुट्न मन लाग्दो रैछ।
लुटेरा -- कानुन नभएकै मजा संकटकाल लम्बिदिए हुन्थ्यो कानुन सक्रिय भयो भने जेल जानु पर्छ होला फोटो छ फुटेज छ कहा लुक्नु।
अब सुध्रो हामी।

12/09/2025

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

10/09/2025

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी, एक बालकलाई गोली लाग्यो

कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।

बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।

यस्तै पोखरामै एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।

Address

Lalitpur Municipality/03 Dhobighat Bagmati
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Rastra Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra Daily:

Share