Rastra Daily

Rastra Daily Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastra Daily, News & Media Website, Lalitpur Municipality/03 Dhobighat Bagmati, Lalitpur.

29/03/2026
28/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

28/03/2026

बालेन सरकारको अर्को ऐतिहासिक निर्णय। सिंहदरबारभित्रका दलगत कर्मचारी संगठन अब एकै झट्कामा खारेज हुँदैछन्। मन्त्रिपरिषद् बैठकले निजामती सेवाका दलीय ट्रेड युनियन पूर्ण रूपमा बन्द गर्ने साहसिक कदम चालेको हो। यसलाई कानुनी रूप दिन ४५ दिनभित्रै नयाँ विधेयक ल्याइँदैछ। त्यसका लागि निजामती सेवा ऐन संशोधन गर्नुपर्ने हुन्छ। वर्षौंदेखि पार्टीको झोला बोक्ने हाम्रो कर्मचारीतन्त्र यो निर्णयपछि साँच्चै जनमुखी र व्यावसायिक बन्ने अपेक्षा छ ।

नारायण पाण्डे नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा।स्याङ्जा,Nepal Student Union (नेविसंघ) का केन्द्रीय सदस्य तथा न...
11/03/2026

नारायण पाण्डे नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा।
स्याङ्जा,

Nepal Student Union (नेविसंघ) का केन्द्रीय सदस्य तथा नीति अनुसन्धान तथा प्रशिक्षण विभाग प्रमुख नारायण पाण्डे कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। विद्यार्थी राजनीतिमा इमान्दार, निष्ठावान र वैचारिक नेतृत्वका रूपमा परिचित पाण्डेलाई संगठनभित्र बौद्धिक तथा नीति–केन्द्रित नेताका रूपमा हेरिन्छ।

पाण्डेको राजनीतिक यात्रा २०६३ सालमा Amrit Science Campus (अस्कल) मा नेविसंघ इकाई सचिवको जिम्मेवारीबाट सुरु भएको हो। त्यसपछि उनले २०६५ सालको स्ववियु निर्वाचनमा सक्रिय सहभागिता जनाएका थिए। लामो समय Tri-Chandra College मा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै संगठन निर्माण र वैचारिक बहसमा भूमिका खेलेका पाण्डे पछिल्लो समय विद्यार्थी आन्दोलनका नीतिगत पक्षमा केन्द्रित हुँदै आएका छन्।

पर्यावरण विज्ञान (Environmental Science) मा स्नातकोत्तर गरेका पाण्डे BP Koirala School of Public Policy गण्डकी प्रदेशका अध्यक्षका रूपमा पनि सक्रिय थिए। साथै Nepali Congress सँग आवद्ध रहँदै पार्टीका विभिन्न संरचनामा उनले भूमिका निर्वाह गर्दै आएका छन्।

विद्यार्थी संगठनलाई केवल पार्टीको भातृ संस्थाको रूपमा सीमित नराखी स्वायत्त, वैचारिक र नीतिगत रूपमा सक्षम बनाइनुपर्छ भन्ने धारणा पाण्डेले निरन्तर उठाउँदै आएका छन्। संगठनभित्र नीति अनुसन्धान, प्रशिक्षण र वैचारिक बहसलाई संस्थागत गर्ने पहलका कारण पनि उनी बौद्धिक नेतृत्वका रूपमा चिनिन्छन्।

विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आबद्ध पाण्डे विद्यार्थी आन्दोलनलाई अनुशासन, नैतिकता र निष्ठाको आधारमा अघि बढाउनुपर्ने पक्षमा जोड दिँदै आएका छन्। यस पृष्ठभूमिमा नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु संगठनभित्र महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
निर्वाचन सम्पन्न गर्न, स्वविपरिषद्को अधिवेशन सम्पन्न गर्न, नेवी संघबाट सञ्चालित विभिन्न अभियानहरू सञ्चालनको मुख्य जिम्मेवारीमा रहेर काम गरेका थिए।

latest updatesyangja-2
07/03/2026

latest update
syangja-2

07/03/2026

निर्वाचन अपडेट

स्याङ्जा क्षेत्र नम्बर २ :

भागवतप्रकाश मल्ल ( कांग्रेस): ११०३६
खिमबहादुर थापा (एमाले): ९५४३
झविलाल डुम्रे (रास्वपा): ९३०२

(कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिका : १-६ मतगणना)

भगवत प्रकाश मल्लको १४९३ मतको अग्रता ।

07/03/2026


SYANGJA -2
07/03/2026

SYANGJA -2

SYANGJA-2 Kaligandaki Gaunpalika Syangja
07/03/2026

SYANGJA-2 Kaligandaki Gaunpalika Syangja

06/03/2026

निर्वाचन अपडेट
स्याङ्जा क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमालेका खिमबहादुर थापाले अग्रता लिनुभएको छ।
खिमबहादुर थापा (एमाले): ९४३
भागवतप्रकाश मल्ल ( कांग्रेस): १३८
झविलाल डुम्रे (रास्वपा): ३६७
पदम विश्वकर्मा (नेकपा): ३४
हलो :३
(कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को मतगणना)

Address

Lalitpur Municipality/03 Dhobighat Bagmati
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Rastra Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra Daily:

Share