Independent News Network

Independent News Network राष्ट्र र नागरिक प्रति हामी जिम्मेवार छौ । कसैको ताबेदारी गर्दैनौं र सत्य कुरा प्रस्तुत गर्न हामी कसैसंग कहिल्यै डराउदैनौं !

17/05/2025

बुल्गेरियाको संसदमा एकजनाले गोलि ताक्यो तर पेस्तोल पड्किएन । तब शुरु भयो राम धुलाई !

रैती राग के हो ? हरेक कुराको आफ्नै विशेष राग हुन्छ । जस्तो कि तोरीको तेलबाट आफ्नै खालको राग आईरहेको हुन्छ । रागबाटै हामि...
14/05/2025

रैती राग के हो ?
हरेक कुराको आफ्नै विशेष राग हुन्छ । जस्तो कि तोरीको तेलबाट आफ्नै खालको राग आईरहेको हुन्छ । रागबाटै हामि त्यो बस्तुको पहिचान गर्न सक्छौ । लसुनको आफ्नै खाले राग हुन्छ । यो रैती भन्ने कुराको पनि आफ्नै खालको राग छ । रैतिको राग लसुनको राग जस्तो सुघेर पत्तो लाग्दैन । लसुन र तोरीको राग नाकबाट छिरे पछि महशुस गरिन्छ । तर रैतिको राग नाकबाट होइन कानबाट छिर्छ । रैती रागले ग्रस्त मान्छेले मुखबाट राग ओकल्छ आबाजको रुपमा । त्यो राग हाम्रो कान भएर मगजमा पुग्छ । लसुनको राग पिरो खालको हुन्छ भने तोरीको राग हल्का सुगन्धित र पिरो पिरो हुन्छ । यो रैती राग चाहिँ मगजमा पुगे पछि कसैलाइ आनन्द दिने खालको हुन्छ भने कसैलाइ कन्सिरी तताउने खालको हुन्छ । रैती राग राजेन्द्र लिङ्देनको कानबाट छिरेर मगजमा पुग्यो भने उनले बेहद आनन्द महशुस गर्न सक्छ । यहि राग गगन थापाको कानबाट छिरेर मगजमा पुग्यो भने कन्सिरी तताउन सक्छ ।
रैती राग कसरी चिन्ने ?
रैती राग आबाजको रुपमा मुखबाट निस्किन्छ । जुन मान्छेलाइ रैती रागले ग्रस्त पारेको हुन्छ उसको मुखबाट यस्ता कुरा रागको रुपमा निस्किन सक्छ -
१. राजा महाराजाको गुनगान
२. लोकतन्त्रको घोर बिरोध
३. लोकतन्त्र र गणतन्त्रबादी नेताहरुलाई गाली
४. राजतन्त्रको पक्षमा भाषणबाजी
५. संविधान बिरोधी कुरा
रैती राग मगजमा पसे पछिको लक्षण
१. लोकतन्त्र र गणतन्त्रबादी नेताहरुलाइ मनपरी गाली गर्दै हिड्न थाल्छ । रागले ग्रस्त नै पारेको रहेछ भने भाषण नै गरेर हिड्छ ।
२. राजा महाराजाको पोस्टर बोकेर हिड्न सक्छ ।
३. रागले सारै ग्रस्त पारेको मान्छेले नारा जुलुस लगाउने, प्रहरिलाइ ढुङा हान्ने, आगजनी गर्ने काम गर्न सक्छ ।
४. रागले थलिएको मान्छे मर्न मार्न पनि तयार हुन्छ
५. रागले ग्रस्तहरु राजाको सामु घोप्टेर ढोग्न तयार हुन्छन । उनीहरु हीन भावनाले ग्रस्त हुन्छन । उनीहरु मालिक बिना बाच्न नसक्ने अबस्थामा पुग्छन ।
रैती रागबाट बच्ने उपाय
१. रैती रागले ग्रस्तहरुको कुरा नै नसुन्ने ।
२. सुने पनि प्रतिबाद गरि हाल्ने ।
३. आफुलाइ सदैब नागरिक ठान्ने रैती होइन ।
४. रैतिहरुको संगत नै नगर्ने ।
५. रैतिहरुको भेला, सम्मेलन र गोष्ठीमा नजाने ।
#रैतिराग

14/05/2025

प्र म के पि वली ज्युको एउटा पोस्टमा गरिएको कमेण्ट जस्ताको तस्तै -----
आदरणीय प्र म ज्यु,
हजुरलाइ सादर अनुरोध छ कि भाषणबाजी गरेर मात्र कलाकर्मीहरुको मन जित्न सकिँदैन । हजुरले साँची नै चलचित्र कर्मीहरुको मन जित्न चहानु हुन्छ भने चलचित्रमा लगाइएको सेन्सरशीप अबिलम्ब हटाइ दिनुस । ईतिहास रच्नुस हजुर ! सेन्सरशीपले गर्दा हाम्रो चलचित्र उद्योगले चाहे जस्तो तरिकाले फस्टाउन पाएको छैन । फेरि अग्रिम सेन्सरशीप लोकतन्त्र बिरोधी प्राबधान हो । हिजो राजा महाराजा हुदा बनाईएको नीति आजको खुल्ला राजनैतिक ब्यबस्थामा सुहाउदैन हजुर ! यसर्थ हजुरलाइ बिनम्र अनुरोध छ चलचित्रको सेन्सरशीप हटाएर चलचित्रकर्मीहरुलाई स्वतन्त्र भएर उड्ने वातावरण बनाइ दिनुस । लोकतान्त्रीक गणतन्त्रको अबस्थामा पनि चलचित्रमा सेन्सरशीप लगाउनु भनेको सफा लुगामा कालो धब्बा जस्तो हो । कालो धब्बा लागेको बर्को ओडेर हजुर कहिले सम्म हिडि रहनु हुन्छ ? हजुरले यो काम गर्नु भएन भने सम्पूर्ण चलचित्रकर्मी कसैले पनि हजुरले नेपालको चलचित्र उद्योगलाई माया गर्नु हुन्छ भनेर पत्याउने छैनन । अनि हजुरले गर्ने भाषणको के अर्थ रहला र । हजुरले गम्भीरतापूर्बक शोचिदिन हुन सम्पूर्ण चलचित्रकर्मीहरुको तर्फबाट सादर अनुरोध छ !!

05/05/2025
खाइ नखाई दुख गरेर जम्मा गरेको अर्काको रकम पचाउन खोज्ने ए नर पिचाश हो के तिमिहरुलाइ नर्कको डर लाग्दैन ? सहकारीमा पैसा जम्...
30/04/2025

खाइ नखाई दुख गरेर जम्मा गरेको अर्काको रकम पचाउन खोज्ने ए नर पिचाश हो के तिमिहरुलाइ नर्कको डर लाग्दैन ? सहकारीमा पैसा जम्मा गर्ने हजारौ मान्छेको रकम खोइ ? सरकार किन मौन ? सरकार अस्तित्वमा छ भने ती बिचराहरुको रकम फिर्ता गराउन पहल गरोस । हैन यो कस्तो देश हो ? जसले जे गर्दा पनि हुने ! ठगहरुको संरक्षण कसले गरिरहेको छ ? सहकारीमा पैसा जम्मा गर्नेहरु पैसा नभएर उपचार समेत गर्न नपाएर मर्नु पर्ने अबस्था आएको छ ! ठगहरुको घरानाबाट असुल उपर गरेर निक्षेपकर्ताहरुलाई न्याय दिनु पर्दैन सरकारले ? ए नर पिचाश हो , आफू मात्र खाएर नबस ! मरे पछि तिमिहरुको रुवाई नर्कमा हुनेछ । पाप धुरीबाट कराउछ ! अरुलाई रुवाएर केही हुदैन भन्ने नठान ! तिमिहरु क्रुर पिचासहरुले निक्षेपकताहरुलाइ बिरामी पारेर मार्ने षडयन्त्र गरेको हो कि होइन ? कति लाई मार्‍यौ ? धिक्कार छ तिमिहरुलाइ ! पैसाको लागि पशु बन्न पनि तयार भयौ तिमिहरु ! तिमिहरुको सात पुस्ता कुहिएर मर्ने छ र नर्कमा जाकिने छ । अरुलाइ रुवाउनु नै अधर्म हो । याद गर , तिमीहरुले घोर अधर्म गरेका छौ । नर्क तिमिहरुकै लागि हो ! यातना भोग्न तयार भए बस !

एउटा समसामयिक लेख ! नवराज समीर द्वारा लिखित ! सुरक्षा पन्त सम्बन्धी उठिरहेको बिबादसंग सम्बन्धीत लेख । सबैले पढौं र प्रति...
27/04/2025

एउटा समसामयिक लेख ! नवराज समीर द्वारा लिखित ! सुरक्षा पन्त सम्बन्धी उठिरहेको बिबादसंग सम्बन्धीत लेख । सबैले पढौं र प्रतिकृया दिउँ !

म र्न त सबै मर्छन । दुखद कुरो त यो छ कि कतिपय मान्छे शरीर नमर्दै चेतनाको हिसाबले मरिसकेका हुन्छन । आफुलाइ बाँचे जस्....

भरखै भारतको पहलगामा  भएको आतंकबादी आक्रम ( अप्रैल २२, २०२५ ) दिनानुदिन पेचिदा बन्दै गैइ रहेको छ । यो घटना पछि भारतले पाक...
24/04/2025

भरखै भारतको पहलगामा भएको आतंकबादी आक्रम ( अप्रैल २२, २०२५ ) दिनानुदिन पेचिदा बन्दै गैइ रहेको छ । यो घटना पछि भारतले पाकिस्तान संगको सबै खाले सम्बन्ध एक प्रकारले तोडेको छ । यस पछि को दोश्रो एक्सन भनेको आक्रमण हो । के भारतले पाकिस्तानमा आक्रमण गर्न सक्छ त ? भुल्न नहुने पक्ष भनेको यो छ कि पाकिस्तान गाजा जस्तो लावारिस भुमी होइन नि ! ईजरायलले आफ्नो भुमिमा यस्तै प्रकृतिको आक्रमण ( २०२३ अक्टुवर ७ ) मा सहनु परेको थियो । जसमा १४०० मानिस मारिएको थियो । यसर्थ भारतले पाकिस्तान माथी आक्रमण गर्नु अगाडि सत्र पटक शोच्नु पर्छ । भारतले आक्रमण गरेमा विश्व जनमतबाट ईजरायललाई जस्तो सपोर्ट हुदैन । बरु उल्टै चीनबाट पाकिस्तानमा हतियार घुसपैठ भएर भारतमा लाखौ मानिसको संहार हुन सक्छ । तालिवानको शासन पछि अहिलेको मोदी सरकारसंग अफगानस्तानको सम्बन्ध राम्रो छैन । पाकिस्तानलाइ अफगानस्तानबाट नि हतियार आउन सक्छ । उता ईरान त मोदीको हरकत देखि पहिल्यै रुष्ट छ । अहिले विश्व जनमत मोदीको बिरुद्धमा खडा छ । कारण के त भने उनले भारतमा गोप्य रुपले धार्मिक अतिबादको जातो चलाइ रहेको कुरा मुस्लीमहरु स्वीकार्छन । यहाँ सम्म कि उनले नेपालका हिन्दुहरुलाइ पनि नेपालमा अस्थिरता खडा गर्न घुसपैठ गरेको चर्चा छ । भारतको दादागिरी खत्तम पार्न बिश्वका अरु दादाहरु भित्र भित्रै अबसर खोजिरहेका छन । बास्तबमा विश्व जनमत भारतमा राहुल गान्धीको सरकार चहान्छ । छेउछाउका ससाना राज्यमा अस्थिरता खडा गरेर हात घुसार्ने नीति मोदी सरकारले छोड्नु पर्छ ।
युद्ध भयो भने के हुन्छ ?
युद्ध शुरु हुना साथ शुरक्षाको कारण देखाउदै भारतले नेपालसंगको सबै नाका बन्द गर्न सक्छ । पाकिस्तानको पक्षमा बंगलादेश , अफगानस्तान र चीन खुलेरै बाहिर आउन सक्छ । चिनियाँ हतियार पैठारी भएर पाकिस्तान भारत हान्ने स्थायी अखडा बन्न सक्छ । अहिले पाकिस्तान आर्थिक रुपले अति नै संकटमा छ । यस्तो बेला पाकिस्तान मर कि गर को स्थितिमा छ । युद्ध भयो भने भारतले अकल्पनीय क्षती ब्यहोर्नु पर्ने हुन्छ । भारतले पाकिस्तानसंग लड्नु भनेको परोक्ष रुपमा चीनसंग पंजा लडाउनु हो । यदि मोदीले यस्तो हुदा पनि पाकिस्तान्संग बदला लिएन भने भारतमा उसको व्यापक बिरोध हुनेछ र त्यही बिरोधले उसको सत्ता धराशायी हुनेछ । अहिलेको आक्रम भनेको बास्तमा परोक्ष रुपमा नरेन्द्र दामोदरदास मोदीको पिठ्युमा छुरी रोपिएको हो ! हेरौं घटनाले कस्तो मोड लिन्छ ! यसो भन्दा भन्दै पनि एउटा कटु सत्य सबैले स्वीकार्नै पर्छ कि आतंकबादी शैलेमा गरिने कुनै पनि आक्रमणको हामी नेपालीहरु कहिल्यै पनि समर्थन गर्दैनौं । यसर्थ यो बेला नेपालले भारतको पक्षमा उभिएर आतंकबादको सशक्त बिरोध गर्नै पर्छ ।
प्रशिक्षार्थी पत्रकार प्रज्ञा लामिछानेको लेख

पश्चिमाहरु बोल्नु भन्दा पहिले बस्तु स्थिती राम्ररी अध्ययन गर्छन । हामी नेपालीहरु बोलिसके पछि गम्भीर भएर शोच्छौं । हामिमा...
15/04/2025

पश्चिमाहरु बोल्नु भन्दा पहिले बस्तु स्थिती राम्ररी अध्ययन गर्छन । हामी नेपालीहरु बोलिसके पछि गम्भीर भएर शोच्छौं । हामिमा यति सारो लापर्बाहिपन छ कि त्यही भएर हाम्रो देश साधन श्रोत हुदा हुँदै पनि ऋणमा चुर्लुम्म डुबेको छ । हामी ध्यान दिएर अध्ययन नै गर्दैनौं । चाहिने कुरामा भन्दा वाईयात कुरामा हाम्रो बढी चाशो छ । कसैले कुनै लेख लेख्यो भने हामी पढ्दै नपढी धारणा बनाउछौ । खास गरेर हामी अति पूर्बाग्रही छौ ! हामी सबैले आफुलाइ सुधार्नु छ । तब देश बन्छ । राम्रो कुराको समर्थन गर्ने बानी हामिमा बस्यो भने पनि देश उभो लागि हाल्छ । पूर्बाग्रह नराखी कुनै पनि कुरालाइ हेर्ने गरौं । राम्रो रहेछ भने समर्थन गरौं ! नराम्रो रहेछ भने आफ्नै समुदायकोले ल्याएको रहेछ भने पनि त्यसलाइ खारेज गरिदिउँ । यति चेतना मात्रै जाग्यो भने पनि देश बन्छ । अहिले त हामी पूर्बाग्रहले गर्दा बर्बाद भईसकेका छौं ! हामिमा अनाबश्यक जोश छ । उखुरमाउलो ! तोडफोड गर्नु पर्‍यो भने हाम्रो हात चिलाई हाल्छ । कुटपिटमा उत्रीनु पर्‍यो भने आँखा चिम्लेर उत्रीन्छौं । उखुरमाउलो जोश छ हामिमा ! देश यसरी बन्दैन । गम्भीर बनौं ! कसले के भन्दैछ गम्भीर भएर सुनौं । कसले के लेख्दैछ गम्भीर भएर पढौं । गम्भीरता बिना देश बन्दैन । यदि हामिले गम्भीर भएर अनि पूर्बाग्रह रहित भएर बिषय बस्तुलाइ लिन थाल्यौं भने यो देश संसार कै सम्पन्न र सुन्दर बन्ने छ !
सामाग्री : आनन्द गौतम

12/04/2025

सबैको चेत खुलोस !!!
नेपालका समस्त हिन्दुहरुले बुझ्नु पर्ने गुदी कुरो - यो देश गणतन्त्रात्मक र धर्म निरपेक्ष भै सक्यो । हिन्दुहरु जति जम्मै हाम्रो भनेर राजाबादीहरुले शोच्नु नै महा भुल हो ! किनकी भारतमा राजा त छैन तै पनि त्यहा करोडौ हिन्दुहरु मज्जाले हासी खुशी बसेका छन । आफ्नो रिति रिवाज र परम्परा मजाले मानेका छन । हिन्दुत्वलाइ टिकाउन राजा चाहिदैन नि ! राजाले हिन्दु बचाउने होइन बरु हिन्दुत्व भित्र राजा रहन सक्छन । राजा देउता पनि होइन ! हिन्दुत्व भन्दा राजा जहिल्यै पनि तल हुन्छ ! परन्तु नेपालमा तरवारको आडमा ब्राम्हण्हरुलाइ कज्याउन केही क्षेत्रीयहरुले राजालाइ देव भनेर हिन्दुत्वको मान मर्दन गर्न खोजेका हुन । अब यो गलत परम्परा सारा हिन्दुहरुले तोड्नु पर्छ । सारा हिन्दु जाग्नु पर्छ । हिन्दुत्व भन्दा माथी ईश्वर छन राजा होइन । अब नेपालका हिन्दुहरुले आफुलाइ राजा भन्दा तल छु भन्ने शोच त्याग्नु पर्छ । राजा त बास्तबमा अरुको नभए पनि हिन्दुहरुको त सेवक हो ! राजा बनाउने नै हिन्दुले हो ! राजा त धर्मको देन हो ! राजा राख्ने कि नराख्ने भन्ने अधिकार हिन्दुहरुमा छ । राजाले हिन्दुहरुलाइ आदेश दिने होइन । आदेश त राजाले हिन्दुहरुको मान्नु पर्छ । यो कुराको वकालत गर्ने धुरन्धर बिद्वान ब्राम्हणहरुलाइ राजाहरुले दरबार भित्रै शिर छेदन गरेर मारेको तथ्य नेपालका हिन्दुहरुलाइ थहा छ कि छैन ? अब यो रहस्यको पनि भण्डाफोर गर्नु पर्छ । षडयन्त्र गरेर नेपालमा त राजा भनेको भगवान हो भनेर चाटुकार र तरवार देखाएर तर्साउनेहरुले राजाको आडमा लुट्ने काम गरे ! अब समय आएको छ हिन्दुहरु जाग्ने ! सैयौ बर्ष देखिको गलत परम्परा तोड्ने ! ईश्वर भन्दा माथी कोहि छैन । हिन्दुहरुको लागि राजा सेवक हो ! राजा बनाउने हिन्दु हो । कसरी हुन्छ राजा हिन्दु भन्दा माथी ? जब नेपालका सारा हिन्दुले यो कुरा बुझ्ने छन तब नेपालमा नयाँ युगको सूत्रपात हुनेछ ! अनि हुनेछन नेपालका हिन्दुहरु मुक्त ! हजारौ बर्ष अगाडि जस्तै ! स्वतन्त्र ! अहिले त नेपालका हिन्दुहरुलाइ तरवारधारीहरुले कज्याएर राखेका छन ! कहिले बुझ्ने ? कहिले जाग्ने ? कहिले

हुदा हुदा दुर्गा प्रसाईं नेपालको लागि मात्र होइन भारतको लागि पनि घाँडो बने ! ठुलै स्याबासी पाउछु भन्ने उनलाइ लागेको थियो...
11/04/2025

हुदा हुदा दुर्गा प्रसाईं नेपालको लागि मात्र होइन भारतको लागि पनि घाँडो बने ! ठुलै स्याबासी पाउछु भन्ने उनलाइ लागेको थियो तर योगी आदित्यले झपारे पछि उसको होश हवास उड्यो । एयरपोर्टमा ज्ञानेन्द्रलाइ स्वागत गर्न गएको भीडमा योगी आदित्यको फोटोले आदित्यको अपमान गरेको थियो किनकी ज्ञानेन्द्रको स्वागतमा योगी सहभागी हुने हैसियतका मान्छे नै होइनन । उनी त ज्ञानेन्द्रलाइ आफ्नो पाउ ढोगाउने हैसियत राख्छन । पहिला त दुर्गा प्रसाईले नेपालमा राजतन्त्र र हिन्दु राज्य स्थापनाको लागि सहयोग मागे । त्यसको लागि एकजना पनि बिजेपि नेताहरु राजी भएनन । सायद यसबाट दुर्गा प्रसाईलाइ भारत नेपालमा के चहान्छ भन्ने स्पष्ट भएको हुनु पर्छ । मोदिलाइ भेट्न चहान्थे त्यो झन ठाडै अस्वीकार गरियो । दिल्लीबाट आदेश आयो दुर्गा प्रसाइलाइ चाढो नेपाल खेदाउनु ! संभवत पश्चिमा मुलुकबाट मोदीलाइ दवाब आएको हुनु पर्छ । दुर्गा प्रसाईलाइ 'एटवान्स' नेपाल पठाउनु भन्ने पश्चिमाहरुको दवाब मोदीले थाम्नै सकेनन । दुर्गाले भारतमै बस्न पाउँ भनेर अनुरोध गरे त्यसलाइ पनि योगी आदित्यले स्वीकारेनन । दुर्गालाइ भारतमा बस्न दिनु भनेको भारतकै लागि घाँडो साबित हुन पुग्यो । भारतमै दुर्गा प्रसाई अशुरक्षित हुन थाले । भारतलाइ डर थियो कि दुर्गा प्रसाईं माथि अचानक केही नहोस । यसर्थ उसले यथासीघ्र दुर्गा प्रसाईलाइ नेपाल पठायो । उनी लाचार थिए । उनले गिरफ्तारी दिए । अब दुर्गा प्रसाईं मार्काका अरुले पनि बुझ्दा हुन्छ कि नेपालमा राजतन्त्र र हिन्दु राज्य स्थापना गर्नु भनेको एउटा दुश्सहास मात्र हो । यो कुराको तातो पिरो अनुभव लिनु छ भने जो कसैले पनि दुर्गा प्रसाइसंग भलाकुसारी गरे हुन्छ !

कृपया पुरै सामाग्री पढ्न फोटो माथी क्लिक गर्नुहोस !
10/04/2025

कृपया पुरै सामाग्री पढ्न फोटो माथी क्लिक गर्नुहोस !

Address

Lalitpur
977

Website

Alerts

Be the first to know and let us send you an email when Independent News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Independent News Network:

Share