AgriVet Sanchar

AgriVet Sanchar " किसान को पहिलो आवाज "

सरकार परिवर्तनको बेला विवादित नियुक्ति: आदर्श श्रेष्ठलाई संरक्षण कोषको अध्यक्ष-रमेश अधिकारी नेपालको राजनीतिक परिदृश्यमा ...
16/03/2026

सरकार परिवर्तनको बेला विवादित नियुक्ति: आदर्श श्रेष्ठलाई संरक्षण कोषको अध्यक्ष

-रमेश अधिकारी नेपालको राजनीतिक परिदृश्यमा पछिल्लो समय एउटा निर्णयले ठूलो बहस जन्माएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षमा नियुक्त गरेपछि सुशासन, पारदर्शिता र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारबाट अपेक्षा गरिएको सुधार र पारदर्शिताको प्रतिवद्धता यो नियुक्तिसँगै परीक्षणको घडीमा पुगेको छ। निर्णय जसले विवाद जन्मायो...

खोज र अनुसन्धान...

15/03/2026

बेमौसमी मकै खेती: उत्पादन र आम्दानी बढाउने विकल्प

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का किसानहरूको खेतमा लहलहाउँदै गरेको मकैबाली। पछिल्लो समय गहुँको साटो बेमौसमी मकैखेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ, जसले यहाँको कृषि परिदृश्यलाई नयाँ दिशा दिइरहेको छ। हरियालीले ढाकिएको विशाल खेतले किसानको मेहनत, आशा र भविष्यको सम्भावना झल्काएको छ। तस्बिर : नवीन गड्तौला

15/03/2026

कुखुरा फार्ममा H9 बर्ड फ्लुको खतरा बढ्दै: जैविक सुरक्षा कडा गर्न विभागको निर्देशन

काठमाडौं। कुखुरा पालन क्षेत्रमा लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H9) को जोखिम बढ्दै गएको भन्दै पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एक सूचना जारी गर्दै किसानलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विभागले कुखुरा फार्महरूमा जैविक सुरक्षा (बायोसेक्युरिटी) उपायहरू कडाइका साथ लागू गर्न विशेष निर्देशन दिएको छ। विभागका अनुसार एभियन इन्फ्लुएन्जा भाइरस कुखुरा लगायत विभिन्न पन्छीमा देखिने संक्रामक रोग हो। यो रोग संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छीजन्य पदार्थ, दाना, उपकरण तथा सवारी साधनमार्फत सजिलै फैलिन सक्छ। पछिल्लो समय देशका केही स्थानमा रहेका कुखुरा फार्ममा H9 भाइरसको संक्रमण देखिन थालेको प्रारम्भिक जानकारी प्राप्त भएको विभागले जनाएको छ। केही क्षेत्रमा कुखुरा बिरामी पर्ने र मर्ने घटनामा समेत वृद्धि भएको बताइएको छ।...

कृषि र पशु सेवा कार्यालयमा उपसचिव हुँदाहुँदै अधिकृतको भरमा सञ्चालनधनगढी — सुदूरपश्चिम प्रदेशमा उपसचिव तहका कर्मचारी उपलब...
13/03/2026

कृषि र पशु सेवा कार्यालयमा उपसचिव हुँदाहुँदै अधिकृतको भरमा सञ्चालन

धनगढी — सुदूरपश्चिम प्रदेशमा उपसचिव तहका कर्मचारी उपलब्ध हुँदाहुँदै पनि तल्लो तहका अधिकृतलाई विभिन्न कार्यालयको प्रमुख बनाइएको विषय सार्वजनिक भएको छ। यसरी मन्त्रालय र निर्देशनालयमा उपसचिवस्तरका कर्मचारी थन्क्याइएपछि प्रशासनिक निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालन हुने कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रमा सामान्यतया उपसचिव (नवौँ तह) को कर्मचारी प्रमुख रहने व्यवस्था छ। तर व्यवहारमा भने कतिपय जिल्लामा छैटौँ र सातौँ तहका अधिकृतलाई निमित्त प्रमुख बनाएर कार्यालय सञ्चालन भइरहेको पाइएको छ।...

कृषि तथा पशुपंक्षी तथ्याङ्क...

13/03/2026

अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि कमिला लैजान खोज्दा चिनियाँ नागरिक पक्राउ

केन्याको राजधानी नैरोबीस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजारभन्दा बढी जीवित कमिला तस्करी गर्न खोजेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार २७ वर्षीय चिनियाँ नागरिक झाङ केकुनलाई नैरोबीको जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनी चीन फर्कने तयारीमा रहेका बेला उनको सामानमा ठूलो परिमाणमा जीवित कमिला भेटिएको बताइएको छ। जाँचका क्रममा उनको सुटकेसबाट करिब २ हजारभन्दा बढी ‘क्वीन’ प्रजातिका कमिला फेला परेका थिए। तीमध्ये अधिकांशलाई स–साना टेस्ट ट्युबभित्र राखिएको थियो भने केहीलाई टिस्यु पेपरमा बेरेर लुकाइएको अवस्थामा बरामद गरिएको थियो।...

डा. महेश ठाकुरद्वारा दायर रिट खारेज: नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता परीक्षा कानुनी रूपमा कायम
11/03/2026

डा. महेश ठाकुरद्वारा दायर रिट खारेज: नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता परीक्षा कानुनी रूपमा कायम

मुख्य समाचार...

पर्वतमा अफ्रिकन स्वाइन फिभरको त्रास: ४६ बङ्गुर मरे, सतर्कता अपनाउन आग्रहपर्वत — पर्वत जिल्लामा अफ्रिकन स्वाइन फिभर को सं...
11/03/2026

पर्वतमा अफ्रिकन स्वाइन फिभरको त्रास: ४६ बङ्गुर मरे, सतर्कता अपनाउन आग्रह

पर्वत — पर्वत जिल्लामा अफ्रिकन स्वाइन फिभर को संक्रमण देखिँदा हालसम्म ४६ वटा बङ्गुर मरेका छन्। रोगको लक्षण देखिएपछि गरिएको प्रारम्भिक परीक्षणमा संक्रमण पुष्टि भएको पशु सेवा कार्यालयले जनाएको छ। अफ्रिकन स्वाइन फिभर का कारण बङ्गुरहरूमा अचानक मृत्यु हुन थालेपछि किसानमा चिन्ता बढेको छ। विशेष गरी कुश्मा नगरपालिका आसपासका क्षेत्रमा पालिएका बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो देखिने, खाना नखाने तथा अचानक मर्ने जस्ता लक्षण देखिएको बताइएको छ।...

मुख्य समाचार...

डा. मदनप्रसाद परियारद्वारा कैलालीमा आधुनिक मेसिनबाट चैते धान रोपाइँको सुरुआतकैलालीमा कृषि क्षेत्रलाई आधुनिक बनाउने उद्दे...
11/03/2026

डा. मदनप्रसाद परियारद्वारा कैलालीमा आधुनिक मेसिनबाट चैते धान रोपाइँको सुरुआत

कैलालीमा कृषि क्षेत्रलाई आधुनिक बनाउने उद्देश्यले प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले प्रविधि अपनाउँदा खेतीपातीको लागत घट्ने र उत्पादनसँगै किसानको आम्दानी पनि बढ्ने बताएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइले जानकी गाउँपालिका–४ मुनुवामा आयोजना गरेको आधुनिक मेसिनमार्फत् चैते धान रोपाइँ कार्यक्रम उद्घाटन गर्दै मन्त्री परियारले अहिले पनि धेरै ठाउँमा परम्परागत तरिकाले खेती भइरहेकोले लागत खर्च बढिरहेको बताए। उनले नयाँ प्रविधि र मेसिनको प्रयोग बढाएमा उत्पादन वृद्धि हुनुका साथै बजार व्यवस्थापन पनि सहज हुने उल्लेख गरे।...

कृषि र प्रविधी

We are hiring : Desktop Manager We are looking for a dedicated and enthusiastic Desktop Manager to manage our news websi...
10/03/2026

We are hiring : Desktop Manager

We are looking for a dedicated and enthusiastic Desktop Manager to manage our news website and social media platforms while ensuring accurate and verified reporting. If you have a passion for news and digital media, this is your opportunity to join a dynamic team!

Requirements:

1).Minimum 1 year experience in relevant field , social media handling, or news verification.

2).Freshers with high interest, enthusiasm, and a strong desire to learn are also welcome.

3).Strong attention to detail and ability to work in a fast-paced environment

Excellent communication and problem-solving skills

What We Offer:

Hands-on experience with a professional news portal

Opportunity to grow and take on more responsibilities in digital journalism

Friendly and collaborative work environment

📩 How to Apply: Send your CV to [email protected]
🗓 Deadline: 2082-12-10

Be a part of shaping credible news online and make your mark in digital journalism!

बच्चालाई च्यापेर बसेकी माउ बाँदरको सामुन्ने आधा दर्जन बाँदरको क्रूर हत्या ताप्लेजुङ - सामाजिक सञ्जालमा हालै सार्वजनिक भए...
10/03/2026

बच्चालाई च्यापेर बसेकी माउ बाँदरको सामुन्ने आधा दर्जन बाँदरको क्रूर हत्या

ताप्लेजुङ - सामाजिक सञ्जालमा हालै सार्वजनिक भएको एउटा पीडादायी भिडियोले धेरै मानिसलाई स्तब्ध बनाएको छ। उक्त भिडियोमा केही व्यक्तिले बाँदरहरूलाई अत्यन्त क्रूर तरिकाले तड्पाउँदै मारिरहेको दृश्य देखिएपछि पशु अधिकारकर्मी र सर्वसाधारण दुवैले कडा आपत्ति जनाएका छन्। भिडियो सार्वजनिक भएपछि मानिसहरूबीच ठूलो आक्रोश फैलिएको छ। धेरैले त्यो दृश्य हेर्न पनि नसकेको बताएका छन्। भिडियोमा एउटा सानो घेराभित्र थुनिएका बाँदरहरूलाई कुकुरहरूले आक्रमण गरिरहेको देखिन्छ। कतिपय बाँदरहरू त्यहीँ ढलेका छन् भने केही अझै पनि डर र पीडाले छटपटाइरहेका देखिन्छन्।...

आवाजविहीन आवाज

10/03/2026

आयात घटाउन ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सरकारको आग्रह

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले निर्धारण गरेका ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगहरूलाई आह्वान गरेको छ। ललितपुरमा स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले सामाजिक उत्तरदायित्वको भावनासहित औषधि उत्पादन बढाउनुपर्ने बताएका हुन्। उनका अनुसार हाल नेपालमा उत्पादन हुने औषधिले कुल आवश्यकताको करिब ४०–५० प्रतिशत मात्र पूर्ति गरिरहेको छ। त्यसैले उद्योगहरूले आफ्नो क्षमता विस्तार गरेर आयातित औषधिलाई क्रमशः प्रतिस्थापन गर्नुपर्नेमा उनले जोड दिए।...

भक्तपुर र बनेपाका कुखुरा फार्ममा बर्ड फ्लुको आशंकाभक्तपुर र काभ्रेको बनेपास्थित केही कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्...
08/03/2026

भक्तपुर र बनेपाका कुखुरा फार्ममा बर्ड फ्लुको आशंका

भक्तपुर र काभ्रेको बनेपास्थित केही कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) को आशंका गरिएको छ। उक्त क्षेत्रका केही फार्मबाट नमुना सङ्कलन गरी निजी प्रयोगशालामा गरिएको र्‍यापिड परीक्षणमा बर्ड फ्लु पोजेटिभ देखिएको पाइएको छ। प्रारम्भिक जानकारी अनुसार ब्रोइलर कुखुरामा असामान्य बिरामी हुने,श्वासप्रश्वासमा समस्या हुने, तथा उच्च मृत्युदर हुने लक्षण देखिएपछि नमुना परीक्षणका लागि पठाइएको थियो। निजी प्रयोगशालामा गरिएको र्‍यापिड टेस्टको नतिजाले पोजेटिभ देखिएपछि स्थानीय स्तरमा सतर्कता बढाइएको छ।...

मुख्य समाचार

Address

Harisiddi
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when AgriVet Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share