जीवनका लागि स्वास्थ्य

जीवनका लागि स्वास्थ्य हेल्थ फर लाइफ/युएसएआइडीको प्राविधिक ?

जिवनका लागि स्वास्थ्य हेल्थ फर लाइफ/युएसएआइडीको प्राविधिक सहयोगमा तयार पारिएको कार्यक्रम हो । यो कार्यक्रम कपिलवस्तु र अर्घाखाँचीका साथै मध्यपश्चिमका १२ वटा जिल्लाका २८ रेडियोबाट हरेक साता प्रशारण हुन्छ । कार्यक्रममा स्वास्थ्य सम्बन्धि विभिन्न जानकारीका साथै गाउँटोलमा भएका स्वास्थ्य समस्या र समाधानका उपायबारे छलफल हुन्छ । परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, बालबालिकाको पोषण, किशोर

किशोरीको प्रजनन स्वास्थ्य, यौन तथा एच आइभी एड्स लगायत स्वास्थ्यका अनेक विषय कार्यक्रममा समेटिने विषय हुन् ।
स्वास्थ्यका बारेमा नागरिकमा रहेका भ्रमहरु हटाउने, समस्या हटाएर स्वास्थ्यमा उनीहरुको पहुँच बढाउने कार्यक्रममको उद्धेश्य हो ।
स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेका राम्रा कामहरु, निःशुल्क औषधी, स्वास्थ्य सम्बन्धि सरकारका योजनाहरु सर्वसाधारणलाई जानकारी दिइन्छ । त्यस्तै जिल्लाका विभिन्न गाविसमा पुगेर आम नागरिकको स्वास्थ्यमा कस्तो पहुँच छ भनेर बहस पनि गरिन्छ । स्थानीयको गुनासाहरु सरोकारवालाले पूरा गरेका छन् कि छैनन् ? कहिलेसम्म पूरा गर्छन् भनेर उनीहरुबाट प्रतिवद्धता लिइन्छ । धेरै ठाउँका सरोकारवालाले आफुले गरेका प्रतिवद्धता पूरा गरेका छन् कसैले गर्ने प्रक्रियामा छन् ।

Address

Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when जीवनका लागि स्वास्थ्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share