RSD Khabar HD

RSD Khabar HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RSD Khabar HD, Media/News Company, Lalitpur.

Rasuwagadhi Hydropower (111 MW) Update: रसुवा बाढी पछि रसुवागढी हाइड्रोपावरबाट ९३ जना missing हुनुहुन्छ भने ४ जनाको resc...
30/08/2026

Rasuwagadhi Hydropower (111 MW) Update: रसुवा बाढी पछि रसुवागढी हाइड्रोपावरबाट ९३ जना missing हुनुहुन्छ भने ४ जनाको rescue भएको छ (Desander Tunnel Headworks area)

Powerhouse Tunnel भित्र रहेका, घट्टेखोलामा रहेका र Desander Tunnel मा रहेकाहरुको search & rescue operation पनि भैरहेको छ तर अझै धेरै जनशक्ति र equipment भने त्यहाँ आवश्यक रहेको छ।

Source: Pushkar Amatya, CEO Rasuwagadhi Hydropower
In Photo. Inlet of Powerhouse Tunnel

Mountaineers in the Rescue Mission: हिमाल आरोहीको समूहपनि रसुवाको सुरुङ उद्दारमा खटिएको छ । उनीहरु डोरी लगाएर १२० मिटर भ...
30/08/2026

Mountaineers in the Rescue Mission: हिमाल आरोहीको समूहपनि रसुवाको सुरुङ उद्दारमा खटिएको छ । उनीहरु डोरी लगाएर १२० मिटर भित्र सम्म पुग्न सफल भएका थिए । तर छातीसम्म हिलो आउन थालेपछि अघि बढ्न एकदमै कठिन भएर उनीहरु फर्केका छन् । उनीहरु भन्छन्: होज पाइप तथा पम्प मोटर प्रयोग गरी सुरुङभित्र जमेको हिलो र लेदो हटाउन सके सुरुङभित्र फसेका मान्छेसम्म पुग्ने सक्ने सम्भावना छ ।

धादिङबेसी बाट पृथ्बी राजमार्ग  जोड्ने  वैकल्पिक मार्ग सञ्चालनमा! 🚛🛣️भदौ १० गतेको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि अ...
30/08/2026

धादिङबेसी बाट पृथ्बी राजमार्ग जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा! 🚛🛣️
भदौ १० गतेको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध बनेको सदरमुकाम धादिङबेसी-पृथ्वी राजमार्ग जोड्ने यातायात सेवा पुनः सञ्चालनमा आउने भएको छ।
वैकल्पिक मार्गको रूपमा रहेको परेवाटार-केउरिनीटार हुँदै मासटार निस्कने सडकको द्रुत स्तरउन्नति गरिएसँगै आज (शनिबार) बिहानबाट साना मालबाहक सवारी साधनहरू सञ्चालनमा आएका हुन्।
सिद्धलेक गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सानु गिरीका अनुसार सडक खण्डमा पर्ने बिजुली खोला लगायत क्षेत्रको मर्मत सम्भार सम्पन्न भएसँगै दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न बोकेका साना गाडीहरू गुडाउन सुरु गरिएको हो। सडकको बाँकी भागमा पनि आवश्यकता अनुसार मर्मत तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभएको छ।
यो सडक सञ्चालनमा आएसँगै सदरमुकाम धादिङबेसीबाट पृथ्वी राजमार्ग निस्कनका लागि वैकल्पिक मार्ग उपलब्ध भएको छ।

सहयोगका लागि अनुरोध पर्वतको कुस्मा स्थित रेडियो दिदी र पछिल्लो समय रातोपाटी अनलाईनमा आबद्ध हाम्रो पर्वतको रानीपानीकी चेल...
30/08/2026

सहयोगका लागि अनुरोध
पर्वतको कुस्मा स्थित रेडियो दिदी र पछिल्लो समय रातोपाटी अनलाईनमा आबद्ध हाम्रो पर्वतको रानीपानीकी चेली माया श्रेष्ठ Maya Shrestha बैनीका श्रीमान ३६ बर्षिय निकेश श्रेष्ठ भोटेकोशीको बिनासकारी बाढीपछि रसुवाको टिमुरेस्थित उहाँको कार्यालयबाट सम्पर्क बिहीन हुनुभएको छ। उहाँको देब्रे हातमा 'ॐ' र त्यसको तल 'मा'लेखेको ट्याटुपनि छ। उहाँको सकुसल भएको खबर पाउन बैनी माया सहित हामी सबै आतुर छौ। सबै जिल्लाका सहकर्मी सञ्चारकर्मी साथीहरु, सुरक्षा निकाय, खोजी तथा उद्दार र उपचारमा संलग्न सबैलाई उहाँको हुलिया अनुसार पहिचान भएको अवस्थामा खबर गरिदिन बिनम्र अनुरोध गर्दछु।

गोरखाका प्रदीप खड्का तिब्बतबाट सम्पर्कविहीनगोरखा जिल्ला शहीद लखन गाउँपालिका–८, बुङकोटका निवासी प्रदीप खड्का पर्यटक लिएर ...
30/08/2026

गोरखाका प्रदीप खड्का तिब्बतबाट सम्पर्कविहीन

गोरखा जिल्ला शहीद लखन गाउँपालिका–८, बुङकोटका निवासी प्रदीप खड्का पर्यटक लिएर तिब्बत ट्रेकिङका लागि जानुभएकोमा बुधबार बिहान ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको छ। १० गतेदेखि उहाँसँग कुनै सम्पर्क हुन नसकेपछि परिवार गहिरो चिन्तामा रहेको छ। उहाँलाई फेला पार्नुहुने वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएमा ९८१८२५९५९६ मा तत्काल खबर गरिदिनुहुन परिवारले हार्दिक अनुरोध गरेको छ।
प्रदीप खड्काको सकुशल उद्धारका लागि यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्।

गृहमन्त्री सुधन गुरुङलाई रमेश लेखकको सुझाव।
30/08/2026

गृहमन्त्री सुधन गुरुङलाई रमेश लेखकको सुझाव।

God bless you Buwa:- नुवाकोटमा बा'ढी आउँदा तस्बिरमा देखिएका यी बुवाको अवस्थालाई लिएर धेरैले चिन्ता गरेका थिए। उहाँ बुवाल...
30/08/2026

God bless you Buwa:- नुवाकोटमा बा'ढी आउँदा तस्बिरमा देखिएका यी बुवाको अवस्थालाई लिएर धेरैले चिन्ता गरेका थिए। उहाँ बुवालाई अन्तिममा स्कुटरमा आएका आफ्नै छोराले बा'ढीबाट जोगाएका थिए। अहिले उहाँ सकुशल धादिङस्थित आफ्नो परिवारका सदस्यहरूसँगै हुनुहुन्छ।

अहिले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रको अवस्था यस्तो छ।
30/08/2026

अहिले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रको अवस्था यस्तो छ।

रसुवा बाढीमा फेला परेका र पहिचान नखुलेका २२९ शव चितवनको देवघाटमा गाड्न खाल्डो खनिदै । हरेक शबको DNA शंकलन गरेर ट्याग लगा...
30/08/2026

रसुवा बाढीमा फेला परेका र पहिचान नखुलेका २२९ शव चितवनको देवघाटमा गाड्न खाल्डो खनिदै । हरेक शबको DNA शंकलन गरेर ट्याग लगाएर अभिलेख राखिने छ । 🙏

केरुङ नाकासम्म पुग्ने बाटो धमाधम बनाउँदै चीनसो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र ...
30/08/2026

केरुङ नाकासम्म पुग्ने बाटो धमाधम बनाउँदै चीन
सो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र २८ ठूला मेसिन लगाएर बाटो खन्ने काम भइरहेको छ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when RSD Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share