Tilottama FM

Tilottama FM रुपन्देही जिल्ला मा सबै भन्दा धेरै प्रसारण क्षेत्र भएको रेडियो स्टेशन

18/08/2025
17/08/2025

नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत विकास ठकुरी मल्लका अनुसार आइतबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

“पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहले उम्मेदवारी दर्ता गराएको हो । आरोही, व्यवसायी र पर्यटन विज्ञलाई समेटेर बनेको यस समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

शेर्पा समूहको उम्मेदवार सूचीमा अध्यक्षमा फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।

बुक होल्डर सदस्यमा आङ थिन्डु शेर्पा, सोना तेम्वा शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र फुर्वा ओङदी शेर्पा रहेका छन् ।

यसैबीच, कुलबहादुर गुरुङको समुहले पनि उम्मेदवारी दिएका छन् । एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी भदौ ७ गते हुँदैछ ।

https://tilottamafm.com/news-details/466/2025-08-11
11/08/2025

https://tilottamafm.com/news-details/466/2025-08-11

तिलोत्तमा, २६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई...

10/08/2025

३१ औ विश्व आदीवासी दिवसको उत्सवमा

10/08/2025

तिलोत्तमा नगरपालिकामा आदीवासी जनजातिमाथि कहीलेसम्म सास्ती , कर्मचारी तन्त्र अन्त्य हुनु पर्ने स्थानीय सरकारसगँ जोडदार माग स्थारु कल्याण कारिणी सभा तिलोत्तमा नगरका अध्यक्ष आशा कुमारी थारुको अभिव्यक्ति

10/08/2025

नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमा रुपन्देहीका अध्यक्ष गंगा कुमारी छन्त्याल : उहाले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै

https://tilottamafm.com/news-details/465/2025-08-10
10/08/2025

https://tilottamafm.com/news-details/465/2025-08-10

 पार्वती थारु तिलोत्तमा , साउन २४ ३१ औं बिश्व आदिबासी दिवस भव्य रुपमा सम्पन भएको छ । नेपाल आदिवासी  जनजाती...

09/08/2025

नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमाका सल्लाहकार छत्र वहादुर दर्लामी को भनाइ , देश टुक्रियो

09/08/2025

नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमाका सल्लाहकार छत्र वहादुर दर्लामीको भनाइ , देश टुक्रियो

09/08/2025

३१ औं बिश्व आदिबासी दिवस भव्य रुपमा सम्पन भएको छ । नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमा रुपन्देहीको आयोजनामा कार्यक्रम भएको हो । तिलोत्तमा ५ शंकरपुरमा आयोजित कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडद्धारा कार्यक्रमको समुद्घाटन गरिएको थियो । उहाले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै आदीवासी जनजातिलाई अगाडि बढाउन शिक्षा अपरिहार्य रहेको बताउनु भयो । उहाले भन्नु भयो “शिक्षा नै विकासको मेरुदण्ड हो , हामीले नगरका सबै नगरवासीलाई शिक्षित बनाउने, सबैलाई आत्मानिरर्भर बनाउने कार्यमा तिलोत्तमा नगर अगाडि बढीरहेको छ”।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Tilottama FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilottama FM:

Share

Category