Gopal Bishwakarma

Gopal Bishwakarma "भ्रष्टचार विरुद्ध खबरदारी हामी सबैको जिम्मेवारी"
(5)

  नेपालगञ्जले नयाँ इतिहास रच्दै ! सिनेमा क्षेत्रमा आफ्नो जीवनलाई अगाडि बढाइरहेका नेपालगञ्जका स्थानीय कलाकार तथा समाजसेवी...
13/08/2026

नेपालगञ्जले नयाँ इतिहास रच्दै ! सिनेमा क्षेत्रमा आफ्नो जीवनलाई अगाडि बढाइरहेका नेपालगञ्जका स्थानीय कलाकार तथा समाजसेवी व्यक्तित्व दीपक थापाको भिलेन भूमिकामा रहेको सबैको प्रतिक्षाको केन्द्रबिन्दु बनेको फिल्म लज्जावती भोलि अर्थात् साउन २९ गतेबाट देशैभरका सिनेमा हलहरुमा भव्य रूपमा प्रदर्शनमा आउँदैछ 👏
बाँके बासीहरूका लागि यो एउटा फिल्म मात्र नभई नयाँ इतिहास रच्ने साथै बाँकेको माटोमा जन्मिएका कलाकारलाई देशव्यापी रूपमा कलाकारिता क्षेत्रमा एक दरिलो खम्बाका रुपमा उभ्याउने एउटा ऐतिहासिक क्षण पनि हो ।

त्यसकारण बाँके बर्दिया लगायत आसपासका क्षेत्रबाट समेत तपाईँहरू सबैजनाले लज्जावती फिल्मलाई माया गरिदिनुहुन्छ भन्ने अपेक्षा समेत गरिएको छ ।

जय नेपाली सिनेमा
(साउन २९ नेपाली चलचित्र लज्जावती)

11/08/2026

नयाँ प्रतिभा कस्तो लाग्यो कमेन्ट गर्नुहोला..?

पश्चिम रुकुमको सोती घटनामा प्रेमी भगाउन जाँदा खोलामा स्थानीयबाट लखेटिएर कु'टपिट गरी मारिएका स्वर्गीय नवराज बिकको सानो भा...
28/07/2026

पश्चिम रुकुमको सोती घटनामा प्रेमी भगाउन जाँदा खोलामा स्थानीयबाट लखेटिएर कु'टपिट गरी मारिएका स्वर्गीय नवराज बिकको सानो भाइलाई अङ्कमाल गर्दै बाँके क्षेत्र नम्बर ३ बाट विजय भएका माननीय सांसद खगेन्द्र सुनार ।
एक वाक्यमा उहाँलाई के भन्न चाहनुहुन्छ..? कमेन्टमा लेख्नुहोस्।

नेपालगञ्जको पवित्र बागेश्वरी मन्दिरको पूर्व साइडमा निर्माणाधीन अवस्थामा रहेको करोडौँ लागत खर्चिएर पार्कमा बनाइएका जनावरक...
28/07/2026

नेपालगञ्जको पवित्र बागेश्वरी मन्दिरको पूर्व साइडमा निर्माणाधीन अवस्थामा रहेको करोडौँ लागत खर्चिएर पार्कमा बनाइएका जनावरका स्ट्याचुहरूमा यसरी झु'ण्डिएर राष्ट्रको सम्पत्ति नष्ट गर्न खोज्ने जो कोही व्यक्ति भएपनि सम्बन्धित निकायले तुरुन्त अनुसन्धान गरी थप कारबाही अघि बढाउन विनम्र अनुरोध गर्दछु ।

सहरको थप शोभा बढाउन साथै बाह्य पर्यटक भित्र्याउनका लागि बनाइएका यस्ता सार्वजनिक सम्पत्तिलाई कोही कसैले यस्तो हर्कत गरी नष्ट गर्न खोजेछ भने सम्बन्धित निकायसम्म पुर्‍याउन सकेको सहयोग गरिदिनहुन समेत आम सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछु ।

बर्दिया बाँसगढीमा जङ्गली च्याउ खाँदा ३ जना गम्भीर बिरामी ।बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–२, बेतहनीमा जङ्गली च्याउ खा...
23/07/2026

बर्दिया बाँसगढीमा जङ्गली च्याउ खाँदा ३ जना गम्भीर बिरामी ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–२, बेतहनीमा जङ्गली च्याउ खाँदा तीन जना गम्भीर बिरामी परेका छन् ।

बिरामी परेकाहरूलाई तत्काल उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज, दशबिगाह इमर्जेन्सीमा भर्ना गरिएको छ । घटनापछि पहिचान नभएका जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले अन्य नागरिकलाई समेत आग्रह गरेका छन् । बिरामीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
यदि तपाईँहरू पनि जङ्गली स्याउ खाँदै हुनुहुन्छ भने सतर्क भई राम्रोसँग पहिचान गरी मात्रै खानु हुन अनुरोध गर्दछु ।


Pic :- Nishan Chand

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Gopal Bishwakarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category