Avi Bishwokarma

Avi Bishwokarma सराप आफुलाई नै फर्किन्छ भन्छन् ख्याल राख्नुस् है, सलाई पनि सल्किनको लागि स्वयम् आफै चल्नुपर्छ,,

21/07/2026

कर बढाउदा पनि ठिक, हटाउदा पनि ठिक.... घण्टेका छौडाहरुलाई कुन कुकुरको आचि बुटी बनाएर खान दिन्छन् हँ आजभोलि 🤣🤣🤣🤣 कम्तीमा एउटा कुरा त बेठिक हुनुपर्ने हो नि😁😁😁😁

पक्राउ गर्न नसकेपछि उद्योगमन्त्रीसँग राजीनामा माग, ‘कारण खुलाउँछु’ भनेपछि रोकिएका थिए कुमार बेनप्रधानमन्त्री वालेन्द्र श...
21/07/2026

पक्राउ गर्न नसकेपछि उद्योगमन्त्रीसँग राजीनामा माग, ‘कारण खुलाउँछु’ भनेपछि रोकिएका थिए कुमार बेन
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास विफल भएपछि राजीनामाको निर्देशन दिएको खुलासा भएको छ।

पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा मन्त्री यादवलाई थुनेर सोधपुछ गर्न प्रधानमन्त्री शाहले आईजीपी दानबहादुर कार्कीलाई गत असार १६ को राति आदेश दिएका थिए। तर, सो प्रयास असफल भएपछि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले मन्त्री यादवलाई फोन गरेर राजीनामा दिन भनेका थिए।

राजीनामा दिन तयार रहेको भन्दै मन्त्री यादवले त्यसको कारण पनि राजीनामा पत्रमा खुलाउने जवाफ दिइन्।

‘म राजीनामा त दिन्छु। तर, राजीनामा पत्रमा अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाई राहत दिँदा राजीनामा मागेको कारण पनि खुलाउँछु,’ उद्योगमन्त्री यादवले आफूलाई बताएको कुरा ती मन्त्रीले उधृत गर्दै भने, ‘त्यसपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन पछि हट्नु भएजस्तो छ। त्यसपछि गौरीजीको विषयमा त्यस्तै कुरा उठेको सुनिएन।’

20/07/2026

(१) श्रीमतीलाई ट्राफिकले केहीबेर रोक्दा "सिंहदरबार जलाइदिन्छु" भन्यो, ताली ठोकिस।
(२) बोलेको केही वर्षमै सिंहदरबार जल्यो, ताली ठोकिस।
(३) जनतासँग नभेट्ने, खोपीको देउताजस्तै बन्यो, ताली ठोकिस।
(४) गरिबलाई लखेट्यो, ताली ठोकिस।
(५) आफू चढ़ने छुट्टै लिफ्ट बनायो, ताली ठोकिस।
(६) फेसबुकमा नानाथरी लेखेर गनायो, ताली ठोकिस।
(७) आफैंले उक्साएर पठाएका जेन्जीहरू मर्दा श्रद्धाञ्जलीसम्म दिएन, ताली ठोकिस।
(८) घाइते जेन्जीहरूलाई अस्पतालमा भेट्न समेत गएन, ताली ठोकिस।
(९) मरेका जेन्जीहरूको अन्तिम दाह संस्कारमा पनि गएन, ताली ठोकिस।
(१०) जेन्जी आन्दोलन नरसंहारमा परिणत भएपछि जेन्जीले अभिभावक सरह हारगुहार गरेर बोलाउँदा पनि डराएर फरिया मुनि लुक्यो, ताली ठोकिस।
(११) फेसबुकमा दुनियाँलाई फकाफक भन्दै गाली गर्यो , ताली ठोकिस।
(१२) "रोस्टममा उभिएर नेपालले भारतको भूमि मिचेको छ" भन्यो ताली ठोकिस।
(१३) मेयर हुदा ग्रेटर नक्सा राखेर नक्कली राष्ट्रवादी बन्यो तर प्रधानमन्त्री हुदा चुच्चे नक्सा हटाएर सिक्का छाप्ने भन्यो, तालि ठोकिस
(१४) जनताको प्रश्न नसुन्ने ,आफूलाई राजा सोच्ने, जनतालाई रिसाएर धकेल्दै गाली गर्ने, जवाफदेही फिटिक्कै नहुँदा पनि ताली ठोकिस।
(१५) सुकुम्बासीको बिचल्ली पारेर रुवायो घर न घाटको बनायो, ताली ठोकिस।
(१६) सुत्दा, उठ्दा,हग्दा, मुत्दा, र मर्दा समेत कर ठोक्यो, ताली ठोकिस।
(१७) मालपानीको गाडी चढी गरिबमारा नीति ल्यायो, ताली ठोकिस।
(१८) जनतालाई सरकारप्रति अलिकति पनि आशा र विश्वास दिलाउन नसकेर तिनै जनता चरम निराशामा परी जिउँदै जली मर्दा पनि , ताली ठोकिस।
(१९) बरालीयर चिया पसल तिर जान भ्याउने तर संसदमा नजादा पनि, ताली ठोकिस
(२०) हटाइएको सांसदको स्वकीय सुविधा नहटाउने अझ थप सेवासुविधा सहित ल्याउने भन्यो , ताली ठोकिस
(२१) पुरानाले जस्तै जताततै आफ्ना र नजिककालाई नियुक्ति गर्यो, ताली ठोकिस।
(२२) विवादित गृहमन्त्रीलाई धोई पखाली फेरि गृहमन्त्री बनायो, ताली ठोकिस।
(२३) जनतालाई ऋणमाथि ऋणको भारी बोकायो, ताली ठोकिस।
(२४) जनतालाई औकातभन्दा माथिको जरिवाना ठोक्ने भन्यो ताली ठोकिस
(२५) पुरानालेझैँ आफ्नालाई जोगाउँदै विपक्षीलाई लखेट्यो, ताली ठोकिस।
(२६) सरकारको आलोचना गर्ने र आफ्नाविरुद्ध बोल्नेलाई जेल हाल्यो, ताली ठोकिस।
भन, अझै कति ताली ठोक्छस् ए दास र लासहरू?
तेरो भगवान राक्षस भै सक्यो । 🇳🇵🇳🇵
साभार सन्तोष राजावादी

आजदेखि लागु हुने नयाँकरतिरे तिर्नुस्, नतिरे बिदेश छिर्नुस्१) प्राकृतिक व्यक्ति१० लाखसम्मको आम्दानीमा १ प्रतिशत,१० देखि १...
17/07/2026

आजदेखि लागु हुने नयाँकर
तिरे तिर्नुस्, नतिरे बिदेश छिर्नुस्

१) प्राकृतिक व्यक्ति
१० लाखसम्मको आम्दानीमा १ प्रतिशत,
१० देखि १५ लाखसम्मको आयमा १० प्रतिशत,
१५ लाखदेखि २५ लाखसम्म २० प्रतिशत,
२५ लाखदेखि ४० लाख रुपैयाँसम्मको आम्दानीमा २७ प्रतिशत र
४० लाखभन्दा बढी आम्दानी हुँदा बढी हुने आम्दानीको २९ प्रतिशत कर लाग्ने व्यवस्था लागु हुनेछ।

२) उपभोक्तालाई भार पर्ने करहरू
विलासिता शुल्कः पाँचतारे वा सोभन्दा माथिका होटेल एवं लक्जरी रिसोर्ट तथा आयातित मदिरामा २ प्रतिशत शुल्क थपिनेछ।

सीप प्रवर्धन शुल्क : सुन चाँदी वा यसका गहनाहरू बिक्री गर्दा अन्तिम उपभोक्तासँग ०.५ प्रतिशतले थप शुल्क जोडिनेछ । यसो गर्दा सुनका गहनाहरू शुक्रबारदेखि महँगो हुनेछ ।

शिक्षा समता शुल्क: निजी शैक्षिक संस्थाले विद्यार्थीका अभिभावकसँग लिने सबै शुल्कमा ३ प्रतिशतको दरमा यस्तो शुल्क लाग्नेछ । उदाहरणको लागि कुनै अभिभावकले आफ्नो बच्चाको विद्यालयमा १० हजार रुपैयाँ मासिक भुक्तानी गर्दै आएको छ भने यसमा अब ३०० रुपैयाँ थप हुनेछ।

स्वास्थ्य समता शुल्क : निजी स्वास्थ्य संस्थामा उपचार गर्दा लाग्ने खर्चमा अबदेखि ३ प्रतिशत थप शुल्क लाग्नेछ ।

क्यासिनोहरूले हालसम्म वार्षिक डेढ करोड रुपैयाँ रोयल्टी तिर्दै आएकाहरूले अब वार्षिक ३ करोड रुपैयाँ रोयल्टी तिर्नु पर्नेछ ।

राइड सेयरिङमा ५ प्रतिशतको सेवा शुल्क थप हुनेछ ।

विद्युत्‌को खपतमा ५ प्रतिशत कर मासिक ५० युनिटभन्दा धेरै विद्युत्‌को खपतमा ५ प्रतिशत कर

लगाउने व्यवस्था गरेको छ। यो करको सम्बन्धमा विरोध भएपछि सरकारले अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने भने पनि अहिलेसम्म त्यस्तो कुनै वैकल्पिक व्यवस्था गरेको छैन । नयाँ व्यवस्था नभएको अवस्थामा यो शीर्षकको भार समेत उपभोक्तालाई थप हुनेछ।

सबैले कर तिरेर जिम्मेवार नेपाली बनेर देखाउनुहोला नि!

जय देश, जय नेपाल🙏🏼🤙🏻

16/07/2026

सत्यवती बजैको दर्शन गरौ

15/07/2026

Nepali ai videos Vagetable

Address

Arghakhanchi
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Avi Bishwokarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share