09/07/2024
मैले यो सर्लाही मा कहिले न्याय पाउने ? सबै कुरा पैसा र पावर लें दबाउन खोज्दै छन् ! मेरो जीवन लाई बर्बाद गरे। आखिर कति सहने म ?मलाई यो न्याय को लड़ाई मा हजुरहरूको साथ र सहयोग चाहियो । 😭🙏
म,कंचन रौनियार, माइती मोरङ, मेरो विवाह सामाजिक परम्परा द्वारा सर्लाही नयारोडको रोहित (मुन्ना) गुप्तासँग २०७९/०३/१० मा भएको थियो। बिहेमा ६५-७० लाख खर्च भयो, जसमा नगद १५ लाख, सुन १८-२० तोला, चादि, हिरा र घरका सबै सामान–फ्रिज, टीभी, किङ साइज बेड, डाइनिङ टेबल, वाशिङ मेशिन, हिटर, गिजर, माइक्रोवेभ, ग्लास टेबल, सोफा, ड्रेसिङ टेबल, भान्साका सबै सामान लगायतका सम्पूर्ण सामग्री ममी–बाबाले दिएर एकदमै भव्य इन्गेजमेन्ट र बिहे मेरो श्रीमान र उहाँको परिवारको माग अनुसार गर्नुभयो।
बिहे गरेको केही महिना मलाई सबै परिवारले माया गरेजस्तो गर्नु भयो । तर बिहे गरेको एक-दुई महिनापछि फलानोले ५० लाख दाहिजो दिंदै थियो, तँ बाट के पायौंम भनी मलाई ५० लाख दाहिजो घरबाट मागेर लिएर आइज भनेर दिनरात कुटपिट र हिंसा गर्न थाल्नु भयो ।
बिहे जस्तो पवित्र सम्बन्धलाई तोड्नु नपरोस् भनी मैले सबै कुरा सहेर पचाएर बसेँ ।
दिनरात सबैको यातना सहदै बस्नु पर्यो। कुटपिट गरेर घाउ समेत बनाइदिनुभयो सबै परिवारले, सासु ससुराले मेरो श्रीमानलाई अर्को बिहे गरेर धेरै दाइजो लिएर आइज भनेर मेरो श्रीमान् लाई दबाब दिन थाल्नु भयो । मेरो बुबा–आमाले इज्जत नजाओस् भनी कसैलाई हल्ला नगरी घरमा आएर मेरो छोरीलाई न कुट्नु न पिट्नु हिंसा न गर्नु भन्दा उल्टै ५० लाख डिमान्ड गर्नु भयो, नत्र छाेरी मार्दिन्छु भनी जहिले धम्क्याउनु हुन्थ्यो ।
पटक पटक आमा बुवा लाई संपर्क गर्न खोज्दा , मेरो मोबाइल खोसियो, र मेरो परिवार का सम्पूर्ण वक्ती का नम्बर ब्लक गरेर संपर्क विहिन गरिदिनु भयो ।
२०७९ को तिहार र छैठी माता पुजापछि मलाई कुटेर घरबाट निकालिदिनुभयो, त्यसपछि म माइतीको शरणमा गएँ। मेरो श्रीमान् र परिवारले ३ महिना सम्म सम्पर्क गर्नु भएन। मैले मलंगवा माइती नेपालमा गुहार लगाउँदा कुनै सहयोग पाइँन। अतः त्यसपछि बरहथवाको समाज र उहाँ को आफन्तलाई गुहार लगाउँदा उहाँ को घर मा पञ्चायती बस्नु भयो , तर त्यहाँ म सँग भएको हिंसा को केही कारवाही र फैसला न भई उल्टै मलाई दबाइयीयो ।
यति शम्म अत्याचार भइरहँदा मैले आवाज उठाउँदा बरथवा रौनियार समाजलें उल्टै आवाज नउठाऊ भनी दबाउनु भय
( Copied )