10/09/2025
Gen-z को अनलाईन मिटिङ मा 7800 जना को उपस्थित
छलफल चलिरहेको छ! हालसम्म छलफल भएका कुरा हरु:
- संसद विगठन सहित सुसिला कार्की (92%) वा बालेन लाई प्रधानमन्त्री बनाउने
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।
Via:- Narendra Bastola Rita