गोधुली

गोधुली सुचाना,मनोरन्जन,र ताजा खबरको लागी गोधुली,godhuli

30/12/2025

चिसो र शीत लहर बढ्दै जान थालेपछि अधिकांश स्थानीय तहहरूले विद्यालय बन्दको गर्ने निर्णय गरेका छन्।

तमुल्होसारको शुभकामना ।
30/12/2025

तमुल्होसारको शुभकामना ।

सुनसरीको खनारमा मङ्गलबार बिहानै सवारी दुर्घटना भएकोछ। बाँकी बिवरण बाकी  ।
30/12/2025

सुनसरीको खनारमा मङ्गलबार बिहानै सवारी दुर्घटना भएकोछ। बाँकी बिवरण बाकी ।

माग प्रती आफ्नो धारण राख्नुहोस।
29/12/2025

माग प्रती आफ्नो धारण राख्नुहोस।

इटहरीमा सासूको हत्याइटहरीमा छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या भएको छ ।उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीम...
29/12/2025

इटहरीमा सासूको हत्या
इटहरीमा छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या भएको छ ।
उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीमाया बयलकोटीलाई उनकै ज्वाइँ गणेश साह गुप्ताले टाउकोमा हिर्काएर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उपचारपछि सोमबार घर फर्कने तयारीमा रहेकी बयलकोटी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् ।त्यहाँ छोरी–ज्वाइँबीच झगडा भएपछि सम्झाउन खोज्दा गुप्ताले उनीमाथि प्रहार गरेका थिए ।
हत्यामा संलग्न गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

29/12/2025

सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट ललितपुर क्षेत्र२ बाट चुनाव लड्ने तयारीमा

28/12/2025

खेलकुद सप्ताहको उद्घाटन सम्पन्न

मोरङ उर्लाबारी नगरपालिका वडा न.१ अन्तरगत नुनसरी आ. बिद्यालयले आज बिशेश कार्यक्रम गरि खेलकुद सप्ताह उद्घाटन गरेकोछ।शिक्षा शाखा प्रमुख शालिग्राम काप्लेको प्रमुख अतिथि र विशिष्ट अतिथि १ न. वडाका वडाअध्यक्ष तिलक कुमार पाण्डे अतिथिहरु दिलबहादुर तामाङ ,मनकुमरी ,उत्तम खवास,भोला निरौला ,बलबहादुर कार्की प्रभु राइ रहेको थियोे ।उक्त कार्यक्रममा प्रभु राई भोला निरौला अध्यक्ष र शिक्षा शाखा प्रमुखले उतर उतर प्रगतिको कामना साथै शुभकामना दिनु भएको थियो।उक्त कार्यक्रम ७ दिन चल्ने प्र. अ. चन्द्र नेपाली र बिब्यास अध्यक्ष गङगा गज्मेरले जानकारी दिनुभएकोछ।

गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोलीमोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली ...
28/12/2025

गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली चलाएको छ । प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०ः३० बजेतिर हवाई फायर गरेको हो । नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए ।
खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसारपसार गर्ने काम भइरहेको थियो । तर, ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए । त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएकाछन ।

28/12/2025

अब एकैठाउ ***n

MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका सिराहाका सत्यनारायण साफीलाइ आशिका तामाङले रु. १ लाख नगद सहयोग गरेकी छिन्।ज...
27/12/2025

MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका सिराहाका सत्यनारायण साफीलाइ आशिका तामाङले रु. १ लाख नगद सहयोग गरेकी छिन्।ज्याला मजदुर गर्ने २४ बर्ष भाइ।

झापाको बिर्तामोड–३ स्थित सैनिकमोड क्षेत्रका होटलहरूमा अनैतिक गतिविधि भइरहेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय बिर्त...
27/12/2025

झापाको बिर्तामोड–३ स्थित सैनिकमोड क्षेत्रका होटलहरूमा अनैतिक गतिविधि भइरहेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आसाम होटल एण्ड लज मा छापा मार्दा शंकास्पद अवस्थामा फेला परेकी बिर्तामोड–७ निवासी करिब १८ वर्षीया युवतीलाई नियन्त्रणमा लिएको छ। युवतीलाई हाल प्रहरी कार्यालयमा राखी परिवारलाई जानकारी गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

दुहबीमा एक व्यक्तिले श्रीमतीमाथि लगाए आगाेबिहीबार दिउँसो सुनसरी  दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा ...
26/12/2025

दुहबीमा एक व्यक्तिले श्रीमतीमाथि लगाए आगाे

बिहीबार दिउँसो सुनसरी दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टाेलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो ।सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।श्रीमतीलाई आगो लगाउने मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Address

Urlabari Morang
Morang

Telephone

+9779842142580

Website

Alerts

Be the first to know and let us send you an email when गोधुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोधुली:

Share