Betana Khabar

Betana Khabar "ताजा समाचार, भिडियो र विश्वसनीय जानकारीका लागि Betana Khabar लाई फलो गर्नुहोस्।"

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावितइन्डोनेसियाको अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखीमा ...
08/09/2026

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावित
इन्डोनेसियाको अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखीमा शक्तिशाली विस्फोट भएपछि ठूलो मात्रामा ज्वालामुखीको खरानी आकाशमा फैलिएको छ। खरानीका कारण राजधानी जकार्ता आसपाससहित जाभा र सुमात्रा क्षेत्रमा हवाई यातायात प्रभावित भएको थियो।
विस्फोटका कारण करिब ३ लाख ४१ हजार यात्रु प्रभावित हुनुका साथै झन्डै ३ हजार उडान रद्द वा ढिलाइ भएका छन्। सुरक्षाका लागि बन्द गरिएका केही विमानस्थल मंगलबारदेखि पुनः सञ्चालनमा आएका छन्।
ज्वालामुखीबाट थप विस्फोट हुन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। अनाक क्राकाटाउ हाल ‘लेभल–३’ अर्थात् सतर्कता अवस्थामा रहेको जनाइएको छ।
सामाजिक सञ्जाल

शहीदले चाहे जस्तो सरकार बनेको होला, तर सुशासन अझै आएन’ : हर्क साम्पाङ
08/09/2026

शहीदले चाहे जस्तो सरकार बनेको होला, तर सुशासन अझै आएन’ : हर्क साम्पाङ

राष्ट्रपति पौडेलले आज पशुपतिनाथमा विशेष पूजा गर्नेकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पू...
08/09/2026

राष्ट्रपति पौडेलले आज पशुपतिनाथमा विशेष पूजा गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शन गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।
🔱 ॐ नमः शिवाय।

बाढीमा मृत्यु भएको भन्दै परिवारले गरे काजकिरियाभोटेकोशी बाढीमा बेपत्ता भएका झापा गौरीगञ्ज–३, ठेकीटोलका २८ वर्षीय केवलनाथ...
08/09/2026

बाढीमा मृत्यु भएको भन्दै परिवारले गरे काजकिरिया
भोटेकोशी बाढीमा बेपत्ता भएका झापा गौरीगञ्ज–३, ठेकीटोलका २८ वर्षीय केवलनाथ आचार्यको मृत्यु भएको भन्दै परिवारले काजकिरिया गरेका छन्।
आचार्य अपर त्रिशूली जलविद्युत् आयोजनामा सेफ्टी इन्जिनियरका रूपमा कार्यरत थिए।

रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन..👇👇दमौली । रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान ...
03/09/2026

रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन..👇👇
दमौली । रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा इनरहिल क्लब दमौलीले बिहीबार साँझ व्यास–३ स्थित प्रशासनचोकमा दीप प्रज्वलन गरेको छ।
बाढी तथा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरिएको हो। दीप प्रज्वलनमा स्थानीय तथा क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।
🕯️ दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा गहिरो समवेदना। 🙏
🙏🕯️

कहाँ होलान् बाढीमा हराएका मोरङका मामा–भान्जा ?रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मोरङका मामा–भान्जा सम्पर्कविहीन ...
02/09/2026

कहाँ होलान् बाढीमा हराएका मोरङका मामा–भान्जा ?
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मोरङका मामा–भान्जा सम्पर्कविहीन भएका छन्। विराटनगर महानगरपालिका–५ का सोमप्रसाद कट्टेल र बेलबारी नगरपालिका–११ का उनका भान्जा अनोज धमला बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा छैनन्।
बाढी आएको दिन बिहान करिब ८ः४४ बजे सोमप्रसादले परिवारलाई फोन गर्दै भनेका थिए— “हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ।” त्यसपछि उनको फोन सम्पर्क हुन सकेन। यही फोन अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ।
सुरुमा बाढीका कारण मोबाइल सम्पर्क अवरुद्ध भएको हुनसक्ने भन्दै परिवारले उनीहरू सुरक्षित रहेको आशा गरेको थियो। तर घण्टा र दिन बित्दै जाँदा पनि कुनै खबर नआएपछि परिवारको चिन्ता झन् बढ्दै गएको छ।
धुन्चेदेखि देवघाटसम्म खोजी
सोमप्रसादको खोजीमा उनका आफन्तहरू रसुवाको धुन्चेदेखि चितवनको देवघाटसम्म पुगेका छन्। उनका भाइ लेखनाथ कट्टेलले धुन्चे पुगेर सम्भावित स्थानमा खोजी गरे पनि कुनै ठोस जानकारी पाउन सकेनन्।
त्यस्तै, उनका दाजु पशुराम कट्टेल बाढीपहिरोमा मृत्यु भएकाहरूको शव राखिएको र डीएनए नमुना संकलन भइरहेको जानकारीपछि देवघाटसम्म पुगेका थिए। तर डीएनए परीक्षणको नतिजा नआएसम्म शवको पहिचान यकिन हुन सकेको छैन।
परिवार अहिले डीएनए परीक्षणको नतिजाको प्रतीक्षामा छ।
“साससहित फर्किन्छन् कि शव मात्रै भेटिन्छ ?”
सोमप्रसादको परिवार अहिले आशा र पीडाको बीचमा छ। उनीहरू अझै पनि सोमप्रसाद र अनोज जीवितै भेटिएर घर फर्किने आशा गरिरहेका छन्। तर यदि अप्रिय अवस्था भइसकेको भए पनि कम्तीमा शवको पहिचान भएर अन्तिम संस्कार गर्न पाउने परिवारको चाहना छ।
भोटेकोशी बाढीपछि मामा–भान्जा दुवै सम्पर्कविहीन बनेपछि बेलबारीमा रहेको अनोजको परिवार पनि निरन्तर खबरको प्रतीक्षामा छ।
📞 बाढी आउनुअघि आएको त्यो एउटा फोन— “अब १० मिनेटमा भोटेखोला पुग्छौँ”— नै परिवारको मनमा बारम्बार गुञ्जिरहेको छ।

रसुवाको भोटेकोशी बाढीमा ३ नेपाली सेना बेपत्तारसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर उदयपुर घर भएका ३ जना नेपा...
02/09/2026

रसुवाको भोटेकोशी बाढीमा ३ नेपाली सेना बेपत्ता
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर उदयपुर घर भएका ३ जना नेपाली सेना बेपत्ता भएका छन्।
बाढीमा परेर बेपत्ता भएका उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित टोलीले खोजी कार्य जारी राखेको छ।
परिवारजन यतिबेला आफ्ना आफन्तको सकुशल अवस्थाको आशामा छन्।
बेपत्ता तीनै जनाको सकुशल उद्धारको कामना। 🙏🕯️

रसुवा बाढी अपडेट : सुरुङभित्र फसेकाको उद्धारमा अझै आशा कायमैरसुवामा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारक...
02/09/2026

रसुवा बाढी अपडेट : सुरुङभित्र फसेकाको उद्धारमा अझै आशा कायमै
रसुवामा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार अहिले नै हार मानिएको छैन र आशा बाँकी नै छ। सुरुङको माथिल्लो भागको अवलोकन भइरहेको छ। कतैबाट ड्रिलिङ गरेर प्वाल बनाउन सकिन्छ कि र त्यहीँबाट सुरुङभित्र फसेकाहरूका लागि हावा तथा खाद्यान्न पठाउन सकिन्छ कि भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरिरहेको उनले बताए।
यसैबीच, स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै माइकिङ गरिरहेका सुरक्षाकर्मीमाथि नै बाढीले विपत्ति निम्त्याएको छ। रसुवामा माइकिङ गरिरहेका ६ जना सुरक्षाकर्मीमध्ये ४ जनालाई बाढीले बगाएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।
उद्धार प्रयास जारी छ, आशा अझै बाँकी छ।

रसुवा बाढीमा बेपत्ता परिवारका पाँच सदस्य नभेटिएपछि अन्तिम संस्कारको तयारीगत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा पर...
02/09/2026

रसुवा बाढीमा बेपत्ता परिवारका पाँच सदस्य नभेटिएपछि अन्तिम संस्कारको तयारी
गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य एक सातासम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।
बेपत्ता हुनेमा पौडेलका बुबा, आमा, काका, काकी र बहिनी रहेका छन्। निरन्तर खोजी कार्य गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि बुधबारदेखि परिवार अन्तिम संस्कारको प्रक्रियामा जुटेको पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

सोलुखुम्बुबाट दुःखद खबर 😢🙏सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ निवासी ग्याल्जेन शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हु...
29/08/2026

सोलुखुम्बुबाट दुःखद खबर 😢🙏
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ निवासी ग्याल्जेन शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको खबर प्राप्त भएको छ। उहाँको हाल जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जनाइएको छ।
उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नेपालीहरूमा प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछौँ।
ग्याल्जेन शेर्पा दाइ, हिम्मत नहार्नुहोस्। छिट्टै पूर्ण रूपमा स्वस्थ हुनुहोस्।
उहाँको स्वास्थ्य लाभका लागि कमेन्टमा “ॐ” लेखेर प्रार्थना गरौँ।

Address

Belbari
Morang
56600

Website

Alerts

Be the first to know and let us send you an email when Betana Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share