Nayanaya khabar

Nayanaya khabar लोकतन्त्र र सुशासनको पक्षमा पहरेदारी
बेथितिविरुद्ध Nayanaya khabar काे निर्भीक खबरदारी

अवाज बिहिनहरूकाे आवाज Nepali News

बाढीपीडितको सहयोगमा व्यवसायी लिम्बुद्वारा ५० हजार सहयोगबिर्तामोड, झापा / बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको...
31/08/2026

बाढीपीडितको सहयोगमा व्यवसायी लिम्बुद्वारा ५० हजार सहयोग

बिर्तामोड, झापा / बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि विभिन्न व्यक्ति तथा संस्थाले राहत अभियानमा सहयोग गर्ने क्रम जारी राखेका छन्।

यसैक्रममा बिर्तामोड–४ स्थित सेहमाङ्ली रेस्टुरेन्टका सञ्चालक तथा कचनकवल, झापाका हेमबहादुर लिम्बुले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

बाढीपीडितको पीडामा साथ दिँदै राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको लिम्बुले बताउनुभएको छ।

विपद्को समयमा पीडितको साथमा उभिँदै गरिएको उक्त सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ।

फेरि फेला पर्यो बन्दुक, फेला परेनन् शिकारीःपूर्वी मोरङका वन क्षेत्र सुरक्षा चुनौती बन्दैअवैध हतियार र विष्फोटक पदार्थ धम...
31/08/2026

फेरि फेला पर्यो बन्दुक, फेला परेनन् शिकारीःपूर्वी मोरङका वन क्षेत्र सुरक्षा चुनौती बन्दै

अवैध हतियार र विष्फोटक पदार्थ धमाधम फेला परेतापनि वन्यजन्तुको अवैध चोरी शिकारीमा संलग्न मुख्य दोषीहरु उम्किने क्रम निरन्तर जारी रहँदा सुरक्षा संयन्त्रमाथि चुनौती थपिएको छ ।

यसैबीच, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ ६:३० बजे मिक्लाजुङ गाउँपालिका–६, लालमाटी श्रीलङ्का टोलस्थित मयुर सामुदायिक वनभित्र लुकाईछिपाई राखिएको ठुलो परिमाणमा हतियार बरामद गरेको छ ।

झाडीभित्र शंकास्पद अवस्थामा रहेको बोरा खोतल्दा प्रहरीले ३ थान तयारी भरुवा बन्दुक, १ थान फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामको व्यारिङ (छर्रा), १३ वटा फलामका टुक्रा र झुम्रो फेला पारेको हो । बरामद सामग्री इप्रका उर्लाबारीको नियन्त्रणमा छ ।

साउनमै फेला परेका थिए ४ बन्दुकः
वन क्षेत्रमा वेवारिसे हतियार भेटिने यो पहिलो घटना भने होइन । यसअघि गत साउन महिनामा मात्रै पूर्वी मोरङका तीनवटा बेग्लाबेग्लै वन क्षेत्रबाट चार थान भरुवा बन्दुक र विष्फोटक पदार्थ बरामद भइसकेका छन् ।

मिक्लाजुङकै कोइली सामुदायिक वन र उर्लाबारी–१, कत्लेस्थित जनज्योति सामुदायिक वन र २ नम्बर वडामा अवस्थित सुनझोडा सामुदायिक वन क्षेत्रमा त्यसबेला हतियार फेला परेका थिए ।

शृङ्खलाबद्ध रुपमा बन्दुक भेटिए पनि हतियार छाडेर भाग्ने वा शिकारी समूहको पहिचान हुन नसक्दा वनमा आश्रित वन्यजन्तुको सुरक्षा र स्थानीयको सुरक्षामाथि समेत प्रश्न उठेको छ ।

हातहतियार फेला परे पनि आरोपीहरु उम्किरहेको सन्दर्भमा इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नवीन ओलीले चोरी शिकारीमा संलग्नहरुको पहिचान गर्ने कार्य भइरहेको बताईन् । उनकाअनुसार वन क्षेत्रलाई आधार बनाएर अवैध गतिविधि गर्ने समूहको खोजी कार्य र अनुसन्धानलाई निकै तीव्र पारिएको छ ।

31/08/2026

मधुमल्ला रिजर्भ सेवा
🚙 रिजर्भ गाडीका लागि हामीलाई सम्झनुहोस्।
💍 विवाह, पार्टी, पिकनिक, तीर्थयात्रा तथा अन्य प्रयोजनका लागि रिजर्भ सेवा उपलब्ध छ।
कन्याम, फिक्कल, अन्तु, भेडेटार, एयरपोर्ट लगायत विभिन्न स्थानमा सेवा उपलब्ध।
हरेक शनिबार र आइतबार रमिते जाने–आउने प्रति व्यक्ति रु. ५०० मात्र।
📞 सम्पर्क:९८५२०८१२००
९८१५३१३१३१ जाेसिफ श्रेष्ठ

त्रिशूली ३ ए मा बिहान ३ बजे ब्लास्टिङ,               पानीले भरिएको सुरुङमा छिर्न समस्याभोटेकोशी बाढीले क्षतिग्रस्त त्रिश...
31/08/2026

त्रिशूली ३ ए मा बिहान ३ बजे ब्लास्टिङ,
पानीले भरिएको सुरुङमा छिर्न समस्या
भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ए मा आज बिहान ३ बजे ब्लास्टिङ गरिएको छ ।
भोटेकोशी बाढीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको हो । तर सुरुङको भाग पूरै पानीले भरिएकाले भित्र पस्न असम्भव भएको सांसद श्रीराम न्यौपानेले जनाएका छन् ।
उनले भनेका छन्, ‘राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो।’उनले सुरुङको मुख खोल्ने कार्य भने जारी रहेको जानकारी दिएका छन् । ४० सेन्टिमिटर मोटाइ भएको ढलान फोर्न ब्लास्टिङ गर्नु परेको उनले बताएका छन् ।

30/08/2026

मधुमल्लामा रोपाइँ जात्रा तथा लाखेनाच मनाइयो
गाईजात्राको आज मुख्य दिन नेवारी समुदायमा परम्परागत रूपमा मनाइने रोपाइँ जात्रा तथा लाखेनाच मधुमल्लामा हर्षोल्लासका साथ मनाइएको छ।
परम्परागत संस्कृति, कला र मौलिकता झल्काउने विभिन्न कार्यक्रमसहित स्थानीय नेवारी समुदायले रोपाइँ जात्रा मनाएका हुन्। जात्रामा सहभागीहरूले लाखेनाच प्रस्तुत गर्दै नाैमति बाजा सहित सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए।

रसुवाको बाढीपछि मिक्लाजुङका ट्रक चालक सुजन बुढाथोकी सम्पर्कविहीनमोरङको मिक्लाजुङ गाउँपालिका–७ निवासी सुजन बुढाथोकी, रसुव...
30/08/2026

रसुवाको बाढीपछि मिक्लाजुङका ट्रक चालक सुजन बुढाथोकी सम्पर्कविहीन

मोरङको मिक्लाजुङ गाउँपालिका–७ निवासी सुजन बुढाथोकी, रसुवागढी रुटमा ट्रक चालकका रूपमा कार्यरत, २०८३ भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।

सुजनकी आमा सन्तमाया बुढाथोकीका अनुसार बाढी आउनुभन्दा अघिल्लो दिन साँझ करिब ५ बजे छोरासँग फोनमा कुराकानी भएको थियो। उक्त कुराकानीका क्रममा सुजनले रसुवाको टिमुरेमा पहिरोका कारण सडक अवरुद्ध भएकाले आफू त्यहीँ बासबस्न लागेको बताएका थिए। त्यसपछि भने उनीसँग कुनै सम्पर्क हुन नसकेको सन्तमाया बुढाथोकीले जानकारी दिनुभएको छ।

बाढीपछि सुजनको अवस्था अज्ञात रहेकाले परिवार तथा आफन्तजन चिन्तित बनेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजन बुढाथोकीको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन मिक्लाजुङ गाउँपालिका स्थानीय सरकारसँग परिवार तथा स्थानीयवासीले अपिल गरेका छन्।

सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सुजनको यथाशीघ्र खोजी तथा उद्धारका लागि पहल गर्न परिवार तथा स्थानीयवासीले आग्रह गरेका छन्।

बेत्रावती बजारतिर - प्रकृतिको अगाडि हाम्रो केही जोड चल्दैन भन्ने प्रमाण। बाढीले तहसनहस बनाएको विद्यालयको सवारी साधन।Pic....
30/08/2026

बेत्रावती बजारतिर - प्रकृतिको अगाडि हाम्रो केही जोड चल्दैन भन्ने प्रमाण। बाढीले तहसनहस बनाएको विद्यालयको सवारी साधन।Pic. Prakash Dangol

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनिय...
30/08/2026

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

​प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

​यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग ('क्राउन हेड') मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।

​उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

30/08/2026

बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याएको छ। ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ। नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।
Sourse: pmo nepal

30/08/2026

आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्‍गे पुल बगाएको हो ।

Address

Miklajung
Morang
56604

Alerts

Be the first to know and let us send you an email when Nayanaya khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayanaya khabar:

Shortcuts

Share