Khabar Ratuwamai

Khabar Ratuwamai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar Ratuwamai, Media/News Company, Ratuwanai Morang, Morang.

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो । ल्याण्ड गर्ने...
29/10/2025

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् । हेलिकप्टरमा पाइलट मात्र थिए । उनको सकुशल उद्धार गरिएको छ ।

29/10/2025

रतुवामाई ९ र १० को सिमानामा पर्ने बक्राहा घाटमा छठ पुजाको समापन !!
Drone : BNK Creation Sombare

29/10/2025

आजबाट विद्यालयहरु सञ्चालन हुने भएका छन् ।

छठ पुजाका लागि रतुवामाई ५ स्थित बक्राहा खोलामा सरिक हुँदै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल ।
28/10/2025

छठ पुजाका लागि रतुवामाई ५ स्थित बक्राहा खोलामा सरिक हुँदै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल ।

28/10/2025

रतुवामाई ९ को झोलुङ्गे पुलमा उदाउँदो सूर्यलाई अर्घ दिँदै वर्तालु महिलाहरु !!

रतुवामाईमा छठ समापन ! उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि याो वर्षको छठपर्व समापन भएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिह...
28/10/2025

रतुवामाईमा छठ समापन !

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि याो वर्षको छठपर्व समापन भएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठको समापन !!
28/10/2025

बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठको समापन !!

रतुवामाई-९ स्थित मुक्तिघाटमा छठ पुजा गर्दै स्थानीय ।तस्बिर : रिया घिमिरे
27/10/2025

रतुवामाई-९ स्थित मुक्तिघाटमा छठ पुजा गर्दै स्थानीय ।
तस्बिर : रिया घिमिरे

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आ...
27/10/2025

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजवाट सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान भएका छन् ।

27/10/2025

आज रतुवा र बक्राहा खोलाका किनारमा छठ हेर्न जाने होइन त ?

सोमबारे एजुकेशन हब सञ्चालनमा आउँदैरतुवामाई : सोमबारे एजुकेशन हबले आगामी कार्तिक १७ गतेबाट आफ्नो औपचारिक सञ्चालन गर्न लाग...
27/10/2025

सोमबारे एजुकेशन हब सञ्चालनमा आउँदै

रतुवामाई : सोमबारे एजुकेशन हबले आगामी कार्तिक १७ गतेबाट आफ्नो औपचारिक सञ्चालन गर्न लागेको छ। रतुवामाई–१०, टिमटिमेमा अवस्थित उक्त शिक्षालयले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि ट्युसन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

संस्थाका अनुसार, यहाँ गणित, विज्ञान, अंग्रेजी, लेखा, समाजशास्त्र लगायतका विषयमा योग्य र अनुभवी शिक्षकहरूद्वारा विशेष शिक्षण सेवा प्रदान गरिनेछ। साथै, विद्यार्थीहरूको दक्षता अभिवृद्धिका लागि कम्प्युटर तालिम, व्यक्तिगत ध्यान, गुणस्तरीय अध्ययन सामग्री, र व्यवहारिक शिक्षण पनि उपलब्ध गराइनेछ।

शिक्षार्थीहरूलाई IELTS/PTE तथा जापानी भाषा कक्षा समेत सञ्चालन हुने जानकारी दिइएको छ।

“Because of Today Tomorrow will be Better” भन्ने नारा सहित स्थापना भएको Sombare Education Hub 2082 ले विद्यार्थीहरूलाई सफलता हासिल गर्न एक कदम अगाडि पुर्‍याउने उद्देश्य राखेको बताएको छ।

संस्थाले सबै इच्छुक विद्यार्थी र अभिभावकहरूलाई समयमा सम्पर्क गरी नाम दर्ता गर्न अनुरोध गरेको छ।
सम्पर्क नम्बर: 9700504041

उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो...
26/10/2025

उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो क्रस गर्दै गरेको प्र १–०१–००२ ह १९२६ नम्बरको सीटी सफारीलाई शनिवार दिउँसो २ः३० बजेतिर ठक्कर दिएको छ । उक्त गाडी गाइ गोरु तस्करीको रहेको खुलेको छ ।

Address

Ratuwanai Morang
Morang

Alerts

Be the first to know and let us send you an email when Khabar Ratuwamai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share