28/06/2026
रोटर्याक्ट क्लब अफ उर्लाबारीलाई पाँच प्रतिष्ठित जिल्ला अवार्ड, अध्यक्ष अङ्गम बस्नेतको नेतृत्वमा ऐतिहासिक सफलता
उर्लाबारी, असार १३, २०८३। रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ द्वारा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दोस्रो पीएस मिट, १९औँ रोटर्याक्ट जिल्ला सभा, जिल्ला नेतृत्व तालिम तथा सम्मान समारोहमा रोटर्याक्ट क्लब अफ उर्लाबारीले पाँच प्रतिष्ठित जिल्ला अवार्ड प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। उक्त सम्मान रोटर्याक्ट वर्ष २०२५–२६ मा क्लबले सञ्चालन गरेका गतिविधि, नेतृत्व, सामाजिक सेवा तथा संस्थागत उत्कृष्टताको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो। (Rotaract3292)
अध्यक्ष अङ्गम बस्नेतको नेतृत्वमा क्लबले वर्षभरि सञ्चालन गरेका प्रभावकारी सामाजिक सेवा कार्यक्रम, उत्कृष्ट सार्वजनिक छवि निर्माण, सक्षम नेतृत्व, सुशासन तथा पारदर्शी आर्थिक व्यवस्थापनका कारण क्लबले उत्कृष्ट सार्वजनिक छवि परियोजना अवार्ड, उत्कृष्ट सेवा परियोजना अवार्ड, डायमण्ड उत्कृष्टता अवार्ड, अध्यक्ष अङ्गम बस्नेतलाई डीआरआर छनोट अवार्ड तथा उत्कृष्ट कोषाध्यक्ष अवार्ड प्राप्त गरेको हो।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै अध्यक्ष अङ्गम बस्नेतले यो सफलता सम्पूर्ण क्लब सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार, सहयोगी संस्था, शुभेच्छुक तथा समुदायको सामूहिक मेहनत, समर्पण र सहकार्यको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक परिवर्तनका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पाँच प्रतिष्ठित जिल्ला अवार्डसहितको यो ऐतिहासिक उपलब्धिले रोटर्याक्ट क्लब अफ उर्लाबारीलाई रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ भित्र उत्कृष्ट क्लबका रूपमा थप स्थापित गरेको छ। क्लबले हासिल गरेको यो सफलता उर्लाबारी नगर तथा समग्र मोरङ जिल्लाकै लागि गौ