Urlabaripage.com

Urlabaripage.com UrlabariPage.com is a first online news portal of Urlabari. Featuring new services: Online Bazar, YellowPage, Job Search
(1)

Services: True journalism (News, Entertainment, Audio/Video) Yellow Pages, Online Shopping, Jobs Search

सादर अनुरोध 🙏उर्लाबारी नगरपालिकाका आदरणीय जनप्रतिनिधिहरू, नीति निर्माता तथा सम्बन्धित निकायहरूमा हार्दिक ध्यानाकर्षण !उर...
18/07/2025

सादर अनुरोध 🙏

उर्लाबारी नगरपालिकाका आदरणीय जनप्रतिनिधिहरू, नीति निर्माता तथा सम्बन्धित निकायहरूमा हार्दिक ध्यानाकर्षण !
उर्लाबारी–९, आम्बारी हुँदै डाँडाटोलसम्मको क्षेत्रमा ‘भाइरल फुलबारी’ निर्माण गरी उर्लाबारी नगरपालिकालाई सुन्दर, आकर्षक र उदाहरणीय बनाउने अभियानमा दिनरात नभनी खटिनु भएका श्रमशील अभियन्ता हर्क थेबे दाजुलाई हामी सबैले सम्मान गर्नुपर्ने बेला आएको छ ।
उहाँको आफ्नै व्यक्तिगत लगानी र परिश्रममा निर्माण गरिएको फुलबारी आज उर्लाबारीको गौरवको विषय बनेको छ । यसले पर्यटन, वातावरण संरक्षण, र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।
अतः हामी माग गर्दछौं कि आउँदो आर्थिक वर्षदेखि हर्क थेबे दाजुलाई उर्लाबारी नगरपालिकाको फुलको ब्रान्ड एम्बेसडर घोषणा गरियोस् ।
उहाँको नेतृत्वमा नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा अन्य सार्वजनिक स्थानहरूमा समेत फुलबारी विकास गरिने हो भने उर्लाबारीलाई फुलबारी नगरपालिकाको रूपमा चिनाउन सकिनेछ — जुन समृद्ध, हरित र सुन्दर उर्लाबारी निर्माणतर्फको एक ठोस कदम हुनेछ।

✍️जीवन गुरागाई

लेडिज सर्कल ५ ले सिद्धकाली विद्यालयमा २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरणविराटनगर २ साउनसामाजिक उत्तरदायित्व अन्तर्गत...
18/07/2025

लेडिज सर्कल ५ ले सिद्धकाली विद्यालयमा २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरण
विराटनगर २ साउन
सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटनगर लेडिज सर्कल ५ (BRTLC 5) ले बिराटनगर माहानगर पालिका वडा न. ५ को श्री सिद्धकाली आधारभूत"विद्यालयका जीर्ण २ वटा कक्षा कोठाहरू पुनःनिर्माण गरी आज औपचारिक रूपमा हस्तान्तरण गरेको छ । साथै विद्यार्थीहरूलाई जुत्ता र पौष्टिक खाजाको वितरणसमेत गरिएको उक्त कार्यक्रम MEGA PROJECT अन्तर्गत साउन १ गते (१७ जुलाई २०२५) विद्यालय परिसरमै सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापालाई २ कक्षा कोठा हस्तान्तरण गरियो। विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ खाजा तथा जुत्ता वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका मुख्य अतिथि BRTLC 5 की चार्टर प्रेसिडेन्ट डा. कोपिला अग्रवाल रहनुभएको थियो।
विशिष्ट अतिथि लेडिज सर्कल नेपालकी राष्ट्रिय सचिव Circle Representative सोनिया गर्ग र राष्ट्रिय कोषाध्यक्ष . Circle Representative दिव्या गोयनका रहनुभएको थियो ।
अन्य विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रकुमार थापा तथा वडा नं. ५ की सदस्य अन्जु दाहालको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व BRTLC 5 की अध्यक्ष Circle Representative निलम कुन्डलियाले गर्नुभएको थियो ।
धन्यवाद ज्ञापन संस्था की सचिव बिनिता धडेवालले गर्दै सबै अतिथि, विद्यालय परिवार तथा सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रमको सञ्चालन Circle Representative सुनिता अग्रवालले गर्नुभएको थियो ।
स्थानीय स्तरमै बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूले समाजमा उदाहरणीय प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ ।

गौरादह फुटसल समर क्याम्प सिजन–३ श्रावण ५ बाट सुरु हुँदै गौरादह फुटसलमा आगामी श्रावण ५ गतेदेखि "गौरादह फुटसल समर क्याम्प ...
18/07/2025

गौरादह फुटसल समर क्याम्प सिजन–३ श्रावण ५ बाट सुरु हुँदै
गौरादह फुटसलमा आगामी श्रावण ५ गतेदेखि "गौरादह फुटसल समर क्याम्प सिजन–३" सुरु हुने भएको छ । तीन महिनासम्म सञ्चालन हुने यस फुटबल प्रशिक्षण क्याम्पमा बालबालिकाहरुलाई फुटबलको व्यावसायिक प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
‘Train | Compete | Grow’ भन्ने नाराका साथ सुरु हुने यस क्याम्पमा ११ वर्ष मुनिका जुनियर बालकहरुको लागि शुल्क रू. १५००, १२ देखि १५ वर्षका सिनियर बालकहरुको लागि रू. २५०० र सबै उमेर समुहका बालिकाहरुका लागि शुल्क रू. ११०० निर्धारण गरिएको छ ।
साथै, प्रत्येक सहभागीको लागि बिब्स, परिचयपत्र र आवश्यक सामग्रीका लागि अतिरिक्त रू. ३०० लाग्नेछ ।
क्याम्पमा व्यावसायिक प्रशिक्षकद्वारा फुटबल सिकाइ, रमाइला अभ्यास सत्र र प्रतिस्पर्धात्मक खेलहरु समावेश गरिनेछ । सीमित सिट संख्या भएकाले इच्छुक अभिभावक र विद्यार्थीलाई चाँडै सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् ।
थप जानकारी र दर्ताका लागि फोन वा व्हाट्सएप नम्बर ९८१७०९७०३७ मा सम्पर्क गर्न सकिनेछ ।

अनलाइन टिभी पत्रकार संघ कोशी प्रदेश समितिको अध्यक्षमा किशोर श्रेष्ठ उर्लाबारी १ साउनअनलाइन टिभी पत्रकार संघ नेपाल कोशी प...
17/07/2025

अनलाइन टिभी पत्रकार संघ कोशी प्रदेश समितिको अध्यक्षमा किशोर श्रेष्ठ
उर्लाबारी १ साउन
अनलाइन टिभी पत्रकार संघ नेपाल कोशी प्रदेश समितिको अध्यक्षमा उर्लाबारीका किशोर कुमार श्रेष्ठ चयन ‍भएका छन् । उर्लाबारी–५ स्थित होटल ग्राण्डमा बिहिबार सम्पन्न पहिलो प्रदेश अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा उर्लाबारीका सरोज बस्नेत, सहसचिवमा विनोद राना मगर, र कोषाध्यक्षमा सम्झना राई चयन भएका छन् ।
त्यस्तैगरी सदस्यमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल चयन भएको कार्यक्रम संयोजक ईशान्तकुमार खतिवडाले बताए ।
अधिवेशनको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , उद्योग वाणिज्य संघका पदाधिकारी, संचार क्लबका अध्यक्ष कुमार खड्का लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
सो कार्यक्रमको सञ्चालन सन्तोष गौतमले गरेका थिए ।

बेवारिसे अवस्थामा फेला परि इप्रका उर्लाबारीमा राखिएको बालिका जिल्ला झापा दमक न.पा. वडा न.१ बस्ने मोतिराम सम्बाहाम्फेको छ...
17/07/2025

बेवारिसे अवस्थामा फेला परि इप्रका उर्लाबारीमा राखिएको बालिका जिल्ला झापा दमक न.पा. वडा न.१ बस्ने मोतिराम सम्बाहाम्फेको छोरी वर्ष १४ की बिन्दु सम्बाहाम्फे रहेकोले निजलाई आफन्तको जिम्मा बुझाईएको छ ।

सेयर गरि आफन्त खोज्न सहयोग गर्नुहुने यहाँहरू सबैलाई धन्यवाद ।

नामथर ठेगाना खुल्न नसकेकी, बोल्न नसक्ने, कान नसुन्ने, सुस्त मनस्थिती भएकी बालिका फेला परेको हुदाँ निजको अभिभावक इप्रका उ...
17/07/2025

नामथर ठेगाना खुल्न नसकेकी, बोल्न नसक्ने, कान नसुन्ने, सुस्त मनस्थिती भएकी बालिका फेला परेको हुदाँ निजको अभिभावक इप्रका उर्लाबारीमा पठाई दिन सहयोग गरिदिन हुन अनुरोध ।
सम्पर्क नं.9852090136

सेफ्टी ट्याङ्कीमा  निसासिएर पाँचथरमा १ जनाको मृत्यु                                                    पाँचथरमा सहकारी भ...
17/07/2025

सेफ्टी ट्याङ्कीमा निसासिएर पाँचथरमा १ जनाको मृत्यु पाँचथरमा सहकारी भवनको निर्माणाधीन सेफ्टी ट्याङ्कीको सेटिङ खोल्ने क्रममा अक्सिजनको कमी भई निसासिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।
आज दिउँसो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका थिए।ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएका हुन्।बेहोस भएका मध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
२४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको र थप उपचारका भइरहेको जनाइएको छ।३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो ।सबै कामदारहरू फाल्गुनन्द – ५ निवासी हुन् । उनीहरु घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनमा निर्माण कार्यमा संलग्न थिए
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

मोरङमा हत्या गरेर फरार भएका दोर्जे ६ वर्षपछि  पक्राउमोरङमा १ जना व्यक्तिको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ६ व...
16/07/2025

मोरङमा हत्या गरेर फरार भएका दोर्जे ६ वर्षपछि पक्राउ
मोरङमा १ जना व्यक्तिको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ६ वर्षपछि ललितपुरबाट पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दोर्जे भनिने मेन दोर्जे तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मंगलबार पक्राउ गरेको हो ।
ललितपुर प्रहरीले पक्राउ गरेर उनलाई बुधबार मोरङ पठाएको छ । प्रहरीको टोलीले मोरङ ल्याउने वित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ । तामाङविरुद्ध प्रहरीले २०७६ सालमा कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
उनी फरार रहेका कारण मुद्दा भने मुलतबीमा राखिएको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले मुतलबी जगाएर थप प्रक्रिया अघि बढाएको छ । २०७६ साल चैत ९ गते मोरङको पथरीशनिश्चरेका दीपक लिम्बूको हत्या भएको थियो ।
लिम्बूको हत्यापछि भागिरहेका तामाङ ६ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । विशेष सुराकीका आधारमा ललितपुरस्थित दिदी अनु तामाङको घरमा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई प्रहरी प्रभाग भैँसेपाटीबाट खटिएको इन्स्पेक्टर शशिधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार व्यक्तिको हत्या गरेर फरार भएपछि तामाङले ठेगाना बदलेर बस्ने गरेको पाइएको छ । मानबहादुर लिम्बूको जाहेरीका आधारमा विक्रम संवत २०७७ वैशाख ३ गते तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट बुधबार बिहान २ जना पक्राउ परेका छ...
16/07/2025

मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ
हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट बुधबार बिहान २ जना पक्राउ परेका छन् । प्रहरीले पेस्तोल पनि बरामद गरेको छ ।
जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । बरामद भएको हतियार लुकाएर राखेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।

16/07/2025

उर्लाबारी-९ आम्बारीको फुलबारी भाइरल — हर्क दाइको मिहिनेतले जन्मायो सुन्दरता र सन्देश 🌸

उर्लाबारी–९ आम्बारीमा स्थानीय हर्क दाइको व्यक्तिगत मेहनतले निर्माण गरिएको फुलबारी अहिले भाइरल बन्न पुगेको छ। रंगीबिरंगी फूल, हरियाली र स्वाभाविक सौन्दर्यले सजिएको यो स्थान अहिले फोटो र भिडियो खिच्न चाहनेहरूका लागि प्रमुख गन्तव्य बनेको छ।

एक व्यक्तिको लगनशील प्रयासले कसरी सिंगो समाजको प्रतिष्ठा बढाउन सक्छ भन्ने उदाहरण हुन् हर्क दाइ। खाली र उपेक्षित जमिनमा उनले फूल रोपेर सिर्जना गरेको यो बगैंचा अहिले उर्लाबारीको नयाँ परिचय बनेको छ।

सामाजिक सञ्जालमा चर्चा चुलियो

"सानोसानो कुरामा खुसी खोज्ने हामीलाई, फुलबारीले दिएको एउटा गहिरो खुसी हो यो ।
फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा यो स्थानका तस्बिर र भिडियोहरू व्यापक रूपमा सेयर भइरहेका छन्।

यस फुलबारीमा दैनिकजसो विभिन्न स्थानबाट आगन्तुकहरूको भीड लाग्ने गरेको छ। बालबालिकादेखि वृद्धसम्म, सबैलाई यो ठाउँले एकछिन रमाउन र मुस्कुराउन प्रेरित गरिरहेको छ।

🎥 भिडियो: जीवन गुरागाईं
✂️ सम्पादन: R K Production
📸 फोटोग्राफी:

---

🔖
🌺 #उर्लाबारी
📸 .

https://www.facebook.com/share/1Avcw6zoL7/

मिक्लाजुङमा अटाेकाे ठक्करबाट एक जनाकाे मृत्युमोरङको मिक्लाजुङमा तीन पाङ्ग्रे अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको ...
16/07/2025

मिक्लाजुङमा अटाेकाे ठक्करबाट एक जनाकाे मृत्यु
मोरङको मिक्लाजुङमा तीन पाङ्ग्रे अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान प्र १–०२–००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मिक्लाजुङ गाउँपालिका– ६ जनजाती चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।
घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले फेला पारी उनलाई अरनिको अस्पताल उर्लाबारी हुँदै बिराट टिचिङ अस्पताल भर्ना गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।प्रहरीका अनुसार उनलाई अटोले ठक्कर दिएको खुलेको छ । ठक्कर दिने अटाे चालक फरार छन् । प्रहरीले अटो चालक मिक्लाजुङ गाउँपालिका– ६ का २५ वर्षीय रोशन लिम्बुको खोजी गरिरहेको छ ।

Address

Morang

Alerts

Be the first to know and let us send you an email when Urlabaripage.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Urlabaripage.com:

Share

Our Story

Services: True journalism (News, Entertainment, Audio/Video format) Yellow Pages, Online Shopping, Jobs Search