Himalparikoawaj saptahik patrika

Himalparikoawaj saptahik patrika स्वतन्त्र बिचार सत्य र निष्पक्ष समाचार
www.himalparikoaawaj.com खबर मात्र हैन खबरदारी पनी

दुर दराजमा रहेको हिमालपारिको जिल्ला मुस्ताङमा आजभन्दा १४ बर्ष अगाडि बिधिवत रुपमा छापा पत्रिकाको हकमा हिमालपारिको आवाजले पहिलो जन्म लियो । धेरै कष्टहरुको सामना गरी यहासम्म आएको हिमालपारिको आवाज साप्ताहिक पत्रिका मुस्ताङमा (क) बर्गले चिनिएको हो । समाजलाई रुपान्तरण गर्न यस पत्रिकाले महत्वपूर्ण भुमिका खेल्यो । समाजका विषयहरु बाहिर ल्याउने क्रममा धेरै हण्टरहरु खान परेको तितो सत्य विषय हो । तरपनि आफ्नो

रफ्तारमा लागिरहदा पत्रिका यहासम्म आउन सक्षम भयो । स्थानीय सरकार आएपछि सबैको भलो हुने कुरा सुनिन्थ्यो तैपनि जिल्लामै पहिलो अफसेट प्रेस , छापा पत्रिका हिमालपारि कम्प्युटर इन्क्ष्टिच्युट र मिडिया कर्मीहरुलाई हेर्ने सकरात्मक दृष्टिकोण भने स्थानीय सरकाले पुर्याउन सकेन ।

दुर दराजमा रहेका पत्रपत्रिका, छापाखाना र सञ्चारकर्मीहरुको बिकासको लागि कुनै कार्यक्रम बितेका बर्षहरुमा आउन सकेनन् । डोजरले गरिएका काम र भौतिक पूर्वधार निमार्णलाई मात्र बिकास देखे । सञ्चारकर्मी र उद्योगहरुलाई भनी कुनै ठोस कार्यक्रम स्थानीय सरकारले ल्याउन सकेन । तरपनि हिमालपारिको जिल्लामा पून हिमालपारिको आवाज साप्ताहिक पत्रिकाको नामबाट पहिलो अनलाईन पत्रिका डब्लु डब्लु डट् हिमालपारिको आवाज डट् कम अनलाईन सुचारु भएको छ । यस पत्रिका र अनलाईनले पक्कै पनि समाजमा हुने गर्ने बिसंगति र रुपान्तरणका समाचारहरुलाई बुलन्द्ध गर्नेनै छ ।

त्यसैत दुर दराजमा रहेर पत्रकारिता गर्न कठिन छ यस्तो बेलामा स्थानीय सरकारले पनि सञ्चारकर्मीहरुको हित र बिकासको लागि कार्यक्रम ल्याउनु पर्छ । लामो ईतिहांस बोकेको हिमालपारिको आवाज साप्ताहिक पत्रिका अनलाईनमा गैसकेको छ । यसले यस ठाउँको सत्यतथ्य समाचार बाहिर ल्याउन र दुर दराजका गाउँहरुमा रहेका जन समुदायहरुले समाचार आफ्नै मोबाईलबाट पढ्न सकुन भन्ने सोचका साथ पत्रिका अनलाईन भएको हो । पत्रकारिता राष्ट्रको चौथो अङग हो पत्रकारहरुले उत्पादन गरेका समाचारहरु जनता माझ जानु आजको आवश्यकता भएकोले पनि हिमालपारिका जन समुदायहरु समाचार सुन्न पढ्नको लागि बन्चित नहुन् भन्ने यस अनलाईन पत्रिकाको सोच रहेको छ ।

16/07/2025

Address

Mustang

Alerts

Be the first to know and let us send you an email when Himalparikoawaj saptahik patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalparikoawaj saptahik patrika:

Share