17/10/2025
नेपालले सामोआलाई पराजित गर्दै ११ वर्षपछि आईसीसी उपाधि हात पार्यो ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गर्दै उपाधि जितेको छ । ओमानमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि चुम्न सफल भयो ।
यसअघि नेपालले कुवेत, जापान, यूएई, कतार र ओमानलाई हराएको थियो । यस जितसँगै नेपालले अपराजित यात्रा पूरा गर्दै टी–२० विश्वकप २०२६ को टिकट पक्का गर्यो । यो जितले नेपाली क्रिकेटमा नयाँ उत्साह भरेको छ ।