HERNE MEDIA हेर्ने मिडिया

HERNE MEDIA हेर्ने मिडिया सूचनाको पहरेदार

22/07/2025

भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै राजीनामा दिएका छन्। उनी उमेरले ७४ वर्ष पुगेका छन् ।

22/07/2025

बंगलादेशको राजधानी ढाकामा लडाकु विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
🥲

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा यही महिनाको अन्तिम सम्ममा प्रकाशित गर्ने गरि तीब्र तयारी गरिरहेको बताएको छ। ...
22/07/2025

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा यही महिनाको अन्तिम सम्ममा प्रकाशित गर्ने गरि तीब्र तयारी गरिरहेको बताएको छ। HERNE MEDIA हेर्ने मिडिया

हिजो साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा ३ लाख+ ले दर्शन गरेका छन्! 🙏❤️🕉️ HERNE MEDIA हेर्ने मिडिया
22/07/2025

हिजो साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा ३ लाख+ ले दर्शन गरेका छन्! 🙏❤️🕉️ HERNE MEDIA हेर्ने मिडिया

22/07/2025

चकित पार्ने घटना
युवकलाई गेस्ट हाउस लगेर छुरा हानेर तल झार्ने युवतीलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ HERNE MEDIA हेर्ने मिडिया

22/07/2025

गएको ५ बर्षमा ३१ लाख ४८ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् HERNE MEDIA हेर्ने मिडिया

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आ...
22/07/2025

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो ।

खुँडा देखाएर आतंक मच्चाउने रास्वपा नेता लौडारी पक्राउHERNE MEDIA हेर्ने मिडिया धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाउने ...
22/07/2025

खुँडा देखाएर आतंक मच्चाउने रास्वपा नेता लौडारी पक्राउ
HERNE MEDIA हेर्ने मिडिया

धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ। हतियार देखाएर लौडारीले स्थानीयलाई आतंक मच्चाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

छोरीलाई आमाको काख: काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स पछि आफ्नी आम...
22/07/2025

छोरीलाई आमाको काख:

काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स पछि आफ्नी आमा भेटेकी छिन्। ❤️
Pic. Arjun Bhusal

सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु HERNE MEDIA हेर्ने मिडिया चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु...
22/07/2025

सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु
HERNE MEDIA हेर्ने मिडिया

चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

योग स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ?HERNE MEDIA ...
22/07/2025

योग स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ?

HERNE MEDIA हेर्ने मिडिया

व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ । राम्रो निन्द्रा मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई लचिलो मात्र बनाउँदैन, यसले मानसिक शान्ति पनि दिन्छ र अनिद्रा हटाउन पनि प्रभावकारी हुन्छ।

विशेष गरी यहाँ केही योग आसनहरू छन्, जसले शरीरलाई गहिरो आराम दिन्छ र राम्रो निद्रामा मद्दत गर्दछ। आजको यस लेखमा हामी केही यस्ता योगासनका बारे जानकारी गराउने छौं, जसले अनिद्राको समस्यालाई हटाउन सक्छ।

बालासानः
बालासनले शरीर र दिमागलाई शान्त बनाउँछ, जसले तनाव कम गर्छ र राम्रो निद्रामा पुर्‍याउँछ। यसका लागि तपाईंले आफ्नो घुँडा टेकेर बस्नु पर्छ र आफ्नो खुट्टा पछाडि फैलाउनु पर्छ। अगाडि झुकेर, भुइँमा आफ्नो निधारमा आराम गर्नुहोस् र आफ्नो हातहरू अगाडि बढाउनु होस्। केही समय यस स्थितिमा रहनु होस् र गहिरो श्वास लिनुहोस्।

उल्टो मुद्राः
यो आसनले रक्तसञ्चार सुधार गर्छ र दिमागलाई शान्त बनाउँछ, जसले छिट्टै निदाउन मद्दत गर्छ। यसका लागि पर्खालको छेउमा सुत्नु होस् र आफ्नो खुट्टा माथि उठाउनु होस् र तिनीहरूलाई भित्तामा आराम गर्नुहोस् । आफ्नो हात शरीरको छेउमा राख्नुहोस् र आफ्नो आँखा बन्द गर्नुहोस्। ५–१० मिनेटको लागि यो स्थितिमा रहनुहोस् र बिस्तारै सास फेर्नुहोस्।

सुखासनः
गहिरो सास फेर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ र सुत्न मद्दत गर्छ। त्यसैले सुखासन पनि गर्न सकिन्छ । यो गर्न पनि धेरै सजिलो छ। पद्मासन वा सुखासनमा बस्नु पर्छ। आफ्नो आँखा बन्द गर्नुहोस् र लामो गहिरो सास लिनुहोस्। ५–१० मिनेट ध्यान गर्नुहोस्। तपाईंले प्रभाव देख्न सुरु गर्नु हुनेछ।

उत्तानासनः
यो आसनले शरीर र दिमागलाई आराम दिन्छ र स्नायुहरूलाई शान्त बनाउँछ। यसका लागि सिधा उभिनुहोस् र आफ्नो खुट्टालाई अलिकति अगाडि झुकाउनु होस् र हातले खुट्टा छुने प्रयास गर्नुहोस्। ३० सेकेन्डदेखि १ मिनेटसम्म यस स्थितिमा रहनु होस् र त्यसपछि सामान्य बन्नु होस्।

शवासनः
शवासन उत्तम योग आसन हो, जसले सम्पूर्ण शरीरलाई आराम दिन्छ र राम्रो निद्रामा मद्दत गर्दछ। यो गर्न पनि धेरै सजिलो छ। तपाईले गर्नुपर्ने भनेको तपाईको पछाडि सुत्नु हो र तपाईको हात र खुट्टा खुकुलो छोड्नु हो। त्यसपछि आँखा बन्द गर्नुहोस् र बिस्तारै सास फेर्नुहोस्। ५–१० मिनेटको लागि यो स्थितिमा रहनु होस् र त्यसपछि सामान्य बन्नु होस्।

पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्युHERNE MEDIA हेर्ने मिडिया नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका...
22/07/2025

पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु
HERNE MEDIA हेर्ने मिडिया

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when HERNE MEDIA हेर्ने मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share