Samarthya FM

Samarthya FM शान्ति ,सुशासन र विकासका लागि शसक्तिक?

23/07/2026

नवलपुर उद्योग वाणिज्य संघ, नवलपुर अध्यक्ष बुद्धिसागर पोख्रेल, देवचुली उद्योग वाणिज्य संघ, देवचुली अध्यक्ष सत्यनारायण भुसाल तथा मध्यविन्दु उद्योग वाणिज्य संघ, मध्यविन्दुका अध्यक्ष किरणकुमार श्रेष्ठद्वारा जारी सयुक्त हस्ताक्षर ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै ।
आर्थिक गतिविधि चलायमान बनाउन, उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न तथा आम उपभोक्तालाई थप आर्थिक भारबाट जोगाउन विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल हटाई आवश्यक निर्णय लिन नेपाल सरकारसँग आग्रह गरिएको छ।

बिधुतमा सरकारले लगाएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाए प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्रकाव...
23/07/2026

बिधुतमा सरकारले लगाएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाए प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र
कावासोती, साउन ८, २०८३
नवलपुर जिल्लाका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
नवलपुर उद्योग वाणिज्य संघ, नवलपुर अध्यक्ष बुद्धिसागर पोख्रेल, देवचुली उद्योग वाणिज्य संघ, देवचुली अध्यक्ष सत्यनारायण भुसाल तथा मध्यविन्दु उद्योग वाणिज्य संघ, मध्यविन्दुका अध्यक्ष किरणकुमार श्रेष्ठद्वारा जारी सयुक्त हस्ताक्षर ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई पठाएका हुन्।
ज्ञापनपत्रमा विद्युत् आजको समयमा आधारभूत आवश्यकता तथा औद्योगिक उत्पादन, व्यापार, कृषि, पर्यटन र सेवा क्षेत्रको प्रमुख ऊर्जा स्रोत भएकाले विद्युत् महसुलमा थप भ्याट लगाउने निर्णयले उद्योग–व्यवसाय तथा आम उपभोक्तामाथि थप आर्थिक भार पर्ने उल्लेख गरिएको छ।
तीनवटै उद्योग वाणिज्य संघले सरकारले विद्युतीय ऊर्जाको प्रयोग बढाउने, पेट्रोलियम पदार्थको आयात घटाउने तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिइरहेको अवस्थामा विद्युत् महसुलमा भ्याट लगाउनु सरकारकै नीतिसँग असंगत रहेको बताएका छन्। यस्तो निर्णयले उद्योग–व्यवसाय सञ्चालन खर्च बढ्ने, उत्पादन लागत वृद्धि हुने, वस्तु तथा सेवाको मूल्य बढ्ने र अन्ततः त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने उनीहरूको भनाइ छ।
संयुक्त ज्ञापनपत्रमार्फत संघहरूले देशको निजी क्षेत्र आर्थिक मन्दी, घट्दो व्यापार, लगानीमा कमी तथा बजार संकुचनजस्ता चुनौतीसँग जुधिरहेका बेला थप करको भारले उद्योग–व्यवसायको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने, लगानी विस्तारमा अवरोध सिर्जना गर्ने तथा रोजगारीमा समेत नकारात्मक प्रभाव पार्ने बताएका छन्।
तीनवटै उद्योग वाणिज्य संघले विद्युत्लाई आधारभूत सेवाका रूपमा स्वीकार गरी विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न, उपभोक्तामैत्री तथा उत्पादनमुखी कर नीति अवलम्बन गर्न, उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रमा विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने नीति लागू गर्न तथा विद्युत् शुल्क र कर नीतिको पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रमा आर्थिक गतिविधि चलायमान बनाउन, उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न तथा आम उपभोक्तालाई थप आर्थिक भारबाट जोगाउन विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल हटाई आवश्यक निर्णय लिन नेपाल सरकारसँग आग्रह गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसमा नवलपुर जिल्लाको ८ बटै स्थानीय तहमा स्मृती कार्य...
23/07/2026

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसमा नवलपुर जिल्लाको ८ बटै स्थानीय तहमा स्मृती कार्यक्रम सम्पन्न गरेको छ ।

२१३ औ भानु जयन्तीको अवसरका केही झलकहरु ।
13/07/2026

२१३ औ भानु जयन्तीको अवसरका केही झलकहरु ।

13/07/2026

२१३ औ भानु जयन्तीको अवसरमा श्रदासुमन सहित रचना वाचन गर्दै एकनारायण चापागाई ।

13/07/2026

२१३ औ भानु जयन्तीको अवसरमा श्रदासुमन सहित रचना वाचन गर्दै नवलपुरका छन्दकवि लोकनाथ खराल ।

13/07/2026

भानुभक्तले लेखेको रामायण अनुवाद भन्ने पक्षमा म छैन : वरिष्ट साहित्यकार एवम् समालोचक, कवि दिपक सोती
सन्दर्भ २१३ औ भानु जयन्ती

13/07/2026

२१३ औ भानु जयन्तीको अवसरमा श्रदासुमन सहित कवि दिपक सोतीले २०२३ सालमा लेखीएको “मेरी मर्स्यादी” बाट कविता वाचन गर्दै

13/07/2026

२१३ औ भानु जयन्तीको अवसरमा श्रदासुमन सहित कवि दिपक सोतीद्वारा २०२३ सालमा लेखीएको “मेरी मर्स्यादी” वाचन गर्दै साधना संगम नवलपुरका अध्यक्ष अर्जुन अविरल ।

भानु जयन्तीको अवसरमा रेडियो सामर्थ्यद्वारा 'अभागी' सम्मानीत नवलपुर, असार २९ नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्य...
13/07/2026

भानु जयन्तीको अवसरमा रेडियो सामर्थ्यद्वारा 'अभागी' सम्मानीत
नवलपुर, असार २९
नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा रेडियो सामर्थ्यले हरेक वर्ष आयोजना गर्दै आएको ूभानु तिम्रो सम्झनामाू कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत विभिन्न साहित्यिक रचनाको वाचनका साथै साहित्यकार कवि षणानन्द अभागीलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो। जिल्लाभरका विभिन्न कवि तथा कवयित्रीहरूले रेडियो सामर्थ्य परिसरमा आफ्ना कविता तथा सिर्जनाहरू वाचन गर्दै भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
रेडियो सामर्थ्यका अध्यक्ष भरत शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक सागर पोख्रेलले कार्यक्रमको उद्देश्य तथा भानु जयन्तीको महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सहजीकरण साधना संगमका अध्यक्ष अर्जुन अविरलले गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ समालोचक दीपक सोतीको प्रमुख आतिथ्यता एवम् साहित्यकारहरु लोकनाथ खराल, लेखक किशन शर्मा, एकनारायण चापागाई लगायत जिल्लाका अग्रज तथा नव साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभागीलार्इृ स्वर्गको यात्रा सहित चार महाकाव्य लगायत अन्य कृतिहरु प्रकाशन गरी नेपाली भाषा साहित्यको उन्नयनमा यहाँले महत्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो सामर्थ्यले नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवर्द्धन गर्दै नयाँ तथा स्थापित स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै भानु जयन्तीका अवसरमा श्रष्टा सम्मान गर्दै आईरहेको छ । रेडियोले समालोचक तथा कवी दिप सोती, लेखक तथा साहित्यकार धनपति कोईराला, छन्द कवि लोकनाथ खराल, कवियत्री कृष्णादेवी श्रेष्ठ लगायतका साहित्यिक व्यक्तिहरुलाइृ सम्मान गरीसकेको छ ।
कार्यक्रम रेडियो सामर्थ्यको आयोजना तथा साधना संगम नवलपुर र सामर्थ्य साप्ताहिको सह आयोजनामा सम्पन्न भएको थियो ।

Address

Nawalparasi
Nawalparasi

Telephone

+9779857040428

Website

Alerts

Be the first to know and let us send you an email when Samarthya FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share