Radio Daunne Fm 103.4 Mhz

Radio Daunne Fm 103.4 Mhz This is the official page of community radio Daunne. Radio is broadcast from Nawalparasi.

05/11/2025

radio Daunne Fm 103.4 Mhz

04/11/2025

Radio Daunne Fm 103.4 Mhz

नवलपरासीको सुनवलमा एक जनाको हत्या भएको छ । सुनवल नगरपालिका–१३ घ्युडल्ला बस्ने ५५ वर्षीया भीमकला थापाको उनका श्रीमान ६२ व...
04/11/2025

नवलपरासीको सुनवलमा एक जनाको हत्या भएको छ । सुनवल नगरपालिका–१३ घ्युडल्ला बस्ने ५५ वर्षीया भीमकला थापाको उनका श्रीमान ६२ वर्षीय खड्कबहादुर थापाले मङलबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ । घरको गेटबाट बाहिर निस्कने क्रममा भीमकलालाई श्रीमानले धारिलो हतियार प्रहार गरेका थिए ।

गर्धन र ढाडमा खुर्पा हसिया प्रहार गरेपछि गम्भिर घाईते भएकी उनलाई उपचारका लागी बुटवल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमानले मदिरा सेवन गरेपछि बेलाबेलामा उनिहरुबिच झै–झगडा हुने गरेको स्थानीयको भनाई छ।

04/11/2025

Radio Daunne Fm 103.4 Mhz

04/11/2025

Radio Daunne Fm 103.4 Mhz

04/11/2025

Radio Daunne Fm 103.4 Mhz

डाक्टर निकोलस भुसाललाई प्रहरीले गाेरखाबाट पक्राउ गरेको छ । भुसाललाई रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको गाेर...
04/11/2025

डाक्टर निकोलस भुसाललाई प्रहरीले गाेरखाबाट पक्राउ गरेको छ । भुसाललाई रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको गाेरखाका प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

भुसाल हिजाे गाेरखा आएका र विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

भुसाललाई काठमाण्डाैमा रहेकाे अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

04/11/2025

NEPAL KHABAR

03/11/2025

Radio daunne 103.4 Mhz

03/11/2025

पश्चिम नवलपरासीको प्रतापपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले प्रतापपुर गाउँपालिकामा शिक्षक र कर्मचारी कटौतीले शैक्षिक सुधार कार्य सहित शैक्षिक गतिविधिमा नै प्रत्यक्ष असर परेको बताएका छन।
उनीहरूले शिक्षक कटौती कार्यले गतिशील अवस्थामा सञ्चालन भएको शैक्षिक कार्यक्रममा गिरावट आउनुको साथै उज्यालो तर्फ बढेको पालिकालाई गतिहीन बनाएको तर्क गरेका थिए।
पालिका सभाहलमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले नेपाल सरकार मन्त्री परिषदले शिक्षक र कर्मचारी कटौती गर्ने निर्णय गरे पनि प्रतापपुर गाउँपालिकाले शिक्षा,स्वास्थ्य र वडा कार्यालयका करार कर्मचारीहरुलाई हतारमै कटौती गरेर समस्यालाई झनै अल्झाएको धारणा राखेका हुन।
प्रतापपुर गाउँपालिकाको आयोजनामा पालिकाको शिक्षा सम्बन्धि चुनौती र समाधान विषयक सम्पुर्ण सरोकारवाला बिच छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विचार व्यक्त गरेका हुन।
कार्यक्रममा उपस्थित पालिका अन्तर्गतका प्र.अ. र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले शैक्षिकसत्रको आधा समय बितिसकेको अवस्थामा शिक्षक कर्मचारी कटौती गरेर पालिकाले शैक्षिक क्यालेन्डरमा नै असर पार्ने कार्य गरेको दु:खेसो व्यक्त गर्दै यस्तो असहज परिस्थितिमा पालिकाले तत्काल निर्णय फिर्ता लिनुपर्ने या वैकल्पिक व्यवस्था गरेर भएपनि कटौती शिक्षक कर्मचारीहरुलाई पुर्ववत अवस्थामा राख्न आग्रह गरेका थिए।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै अध्यक्ष यादवले विद्यालयको शिक्षक र स्वास्थ्यको जनशक्ति कटौती गरेको अवस्थामा स्थानीय स्रोतको परिचालन गरि कटौती कर्मचारीहरुलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो।
उहाँले शिक्षा र स्वास्थ्य कर्मचारी कटौती गर्न पालिकालाई बाध्यात्मक अवस्था सृजना भएकोले त्यसलाई सबैको सहयोगबाट आन्तरिक स्रोत जुटाएर व्यवस्थापन तर्फ अगाडि बढ्ने जिकिर पनि गर्नुभयो।
अध्यक्ष यादवले नेपाल सरकारको विकास अनुदानलाई तलब भत्तामा खर्च गर्न नपाइने बाध्यकारी कार्य भएकोले पालिकाको सर्वसम्मत निर्णयबाट नै यस्तो गरिएको बताउदै उहाँले कर्मचारी कटौती कार्यलाई तत्काल बैकल्पिक व्यवस्था गरेर कर्मचारी कटौती कार्यको निकास तर्फ गइने पनि विचार व्यक्त गर्नुभयो।
सो अवसरमा पालिका उपाध्यक्ष मान कुमारी चौधरीले अन्तरक्रिया कार्यक्रममा आएको सुझाव र धारणालाई अक्षरस: पालन गरिने बताउनु भयो।
उपाध्यक्ष चौधरीले बाध्यता वश गरिएको शिक्षक कटौती कार्यलाई तत्काल सम्बोधन गर्ने तर्फ पालिका अगाडि बढ्ने पनि जिकिर गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रतापपुर १ का वडा अध्यक्ष महेन्द्र चौधरी,वडा न.२ का वडा अध्यक्ष रामनरेश यादव,वडा न.३ का वडा अध्यक्ष ऋषिदेव पटेल,वडा न.५ का वडा अध्यक्ष रमेश बनिया,वडा न.९ का वडा अध्यक्ष जयकिसुन चौधरी लगायतले सामुहिक प्रयासबाट नै आन्तरिक स्रोतको व्यवस्थापन गरेर कटौती शिक्षक कर्मचारीहरुलाई पुनः व्यवस्थापन गर्न सकिने बताएका थिए।
कार्यक्रममा गाउँ शिक्षा समितिका सदस्य मुक्तिनाथ पाण्डे,त्रि.मा.वि. बेलाटारीका प्र.अ. नाराद ठाकुर,गणेश मा.वि. बसहियाका प्र.अ. अभिनन्दन सिंह, जनजागृती मा.वि. गुठी प्रसौनीका प्र.अ. विश्वकर्मा लोहार सहित सामुदायिक र धार्मिक विद्यालयका प्र.अ. हरुले शिक्षक कटौतीबाट पर्न गएको असर र निकासको उपायबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
प्रतापपुर गाउँपालिकाबाट नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम शिक्षा, स्वास्थ्य र वडा कार्यालयका कर्मचारी गरि कुल ९२ कर्मचारीहरुलाई हटाइएको पनि कार्यक्रममा जानकारी गराइएको कार्यक्रम सञ्चालक एवं शिक्षा शाखा प्रमुख नारायण ढुंगानाले जानकारी दिनुभएको छ ।

Address

Bardaghat 04 Nawalparasi
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when Radio Daunne Fm 103.4 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Daunne Fm 103.4 Mhz:

Share