Darpan Fm 99.2 mhz

Darpan Fm 99.2 mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darpan Fm 99.2 mhz, Radio Station, Madhyabindu-7 nawalpur, Nawalpur.

यस दर्पण एफएममा कार्यरत पत्रकार प्रिय धन लाई जन्मदिनको शुभकामना  ❤️❤️🌹🌹
22/02/2026

यस दर्पण एफएममा कार्यरत पत्रकार प्रिय धन लाई जन्मदिनको शुभकामना ❤️❤️🌹🌹

31/01/2025
12/11/2022

कार्यक्रम : दर्पण क्विज
हरेक साताको शनिबार बिहान १० बजेको समाचारपछि
सहभागिताका लागि फोन 078410117
म्यासेजका लागि 9823133123

मध्यविन्दु नगरपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली इमिस सम्बन्धी १ दिने तालिम सम्पन्न प्रिय धन , दर्पण एफएम ...
09/11/2022

मध्यविन्दु नगरपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली इमिस सम्बन्धी १ दिने तालिम सम्पन्न
प्रिय धन , दर्पण एफएम , चोरमारा
२३ कार्तिक २०७९
मध्यविन्दु नगरपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली इमिस सम्बन्धी १ दिने तालिम बुधबार सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्ने सफ्टवेयर सम्बन्धी धेरै काम नहुँदा विद्यालयको शैक्षिक गतिविधि सफ्टवेयर मार्फत अपडेट समेत नहुँदा समस्या हुन सक्ने भन्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत सबै विद्यालयका कम्प्युटर शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गरिएको मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पुनर्ताज़गी तालिम प्रदान गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले बताउनुभयो । तालिम मध्यविन्दु नगरपालिकाको सभाहलमा बुधबार सम्पन्न भएको हो । कार्यक्रम मध्यविन्दु नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेक प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै पाण्डेले विद्यार्थी ढाँटेर अनुदान प्राप्त गर्ने प्रवृत्तिको अन्त्य यहि प्रविधिका कारण सफल भएको भन्दै प्रविधिसंगै चलायमान हुन सबैमा आग्रह समेत गर्नुभयो ।
तालिममा शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो । नगरपालिका भित्रका सबै विद्यालयले कार्तिक मसान्तभित्रै इमिस अपडेट गर्नुपर्ने निर्देशन समेत दिईएको शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले बताउनुभयो । अब सरकारबाट प्राप्त हुने हरेक अनुदान इमिसलाई आधार मानेर प्रदान गरिने हुँदा सत्य तथ्य र तत्काल अपडेट गर्न पनि शिक्षा अधिकृत रेग्मीले आग्रह गर्नुभयो ।पुनर्ताज़गी तालिम प्राप्त गरेकोमा इमिस हेर्ने शिक्षक भने खुशी देखिएका थिए ।
साथै उनीहरुले इमिसबाटै आर्थिक कारोबारको बिलिंग सिस्टम समेटिनु पर्ने सुझावसमेत राखेका थिए । सहभागीको तर्फ़बाट शान्तिदीप इंग्लिश बोर्डिंग स्कुल मध्यविन्दु १० का शिक्षक नारायण थापा र शान्ति आधारभूत विद्यालय मध्यविन्दु १ सेतापानीका शिक्षक यमुना अधिकारीले शिक्षा युवा तथा खेलकुद शाखा मध्यविन्दुलाई तालिम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै तम्सरिया इंग्लिश बोर्डिंग स्कुल मैनाघाटका संचालक सागर ढकालले अनुभव साटासाट गर्दै सहजीकरणमा सहयोग गर्नुभएको थियो ।

22/10/2022

वन विनाश र क्षयीकरण न्यूनिकरणमा सामुदायिक वनको भूमिका र योगदान सम्बन्धी जिल्ला स्तरीय गोष्ठि शनिबार हुप्सेकोट–३ को मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहको भवनमा सम्पन्न भएको छ ।

22/10/2022

तिहार लागेसँगै चोरमारा बजारमा चहलपहल बढ़यो ,
शनिबार साँझको दृश्य

निस्दी गाउँपालिका ४ मित्यालमा रहेको मौलादेवी आधारभूत विद्यालयमा देऊसी भैलो प्रतियोगिता सम्पन्नप्रिय धन , नवलपुर पाल्पाको...
21/10/2022

निस्दी गाउँपालिका ४ मित्यालमा रहेको मौलादेवी आधारभूत विद्यालयमा देऊसी भैलो प्रतियोगिता सम्पन्न
प्रिय धन , नवलपुर

पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा रहेको मौलादेवी आधारभूत विद्यालयमा देऊसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको शुक्रबारीय नियमित कार्यक्रम अन्तरगत प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ङनिसरा सुनारीले संस्कृति संरक्षण र प्रवर्धनका लागि विद्यालयमा प्रतियोगिता संचालन गरिएको बताउनुभयो । उहाँले शिक्षा संगसँगै संस्कार र परम्परा भुल्न नहुने भन्दै आगामी दिनमा पनि यस्ता खालका सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताउनुभयो । प्रतियोगितामा गण्डकी सदनका संयोजक कमला सोतीको समूह प्रथम र सगरमाथा सदनका सम्झना सोतीको समूह दोस्रो भएको थियो । विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । २०७८ सालमा सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीद्वारा प्रथम पुरस्कारको सौजन्य भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पान बहादुर सोतीले दोस्रो पुरस्कारको सौजन्य गर्नुभएको थियो । कार्यक्रमको संचालन मौलादेवी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक कुबेर पाण्डेले गर्नुभएको थियो ।

नवलपुरका विद्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको निर्देशनप्रिय धन मंसीर ४ गते ह...
16/10/2022

नवलपुरका विद्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको निर्देशन
प्रिय धन
मंसीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा आचारसंहिता पालना गर्न नवलपुरका सम्पूर्ण विद्यालयलाई निर्देशनात्मक अनुरोध गरिएको छ । आइतबार शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रूद्र शर्माद्वारा एक सूचना जारी गर्दै विद्यालयलाई आचारसंहिता पालना गर्न भनिएको हो । सूचनामा आचारसंहिता विपरित विद्यालय हाताभित्र कुनै पनि राजनैतिक दल वा उम्मेदवारका तर्फ़बाट सभा , जुलुस , बैठक , सम्मलेन , छलफल अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने अनुमति नदिन र विद्यालय व्यवस्थापन समिति , शिक्षक , कर्मचारीबाट समेत उक्त आचार संहिता विपरीत कुनै पनि कार्य नगर्न नगराउन अनुरोध गरिएको छ ।
आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन कसूर बमोजिम सजाय हुने समेत चेतावानी दिईएको छ ।

लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा अक्षयकोष स्थापना प्रिय धन , चोरमारा l पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपाल...
14/10/2022

लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा अक्षयकोष स्थापना
प्रिय धन , चोरमारा l
पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा शुक्रबार अक्षयकोषको स्थापना गरिएको छ l स्वर्गीय गुप्त बहादुर मल्लको सम्झनामा छोरा लाल बहादुर मल्ल र बुहारी शिव कुमारी मल्लद्वारा शुक्रबार २० हजार १५५ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयमा रकम प्रदान गरिएको हो l मध्यविन्दु नगरपालिकाका कार्यपालिका सदस्य तथा मध्यविन्दु ७ का वडा सदस्य समेत रहनुभएका शिव कुमारी मल्लले विद्यालयका जेहेन्दार बालबालिकाको थप हौसलाका लागि स्वर्गीय ससुराको नाममा अक्षयकोष स्थापना गरेको बताउनुभयो l
रकम ग्रहण गर्दै विद्यालयका विद्यालय व्य्वास्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेल र प्रधानाध्यापक ऋषिराम भुसालले अक्षयकोषका लागि आएको रकमको सहि सदुपयोग गर्ने र सो रकम विद्यार्थीको शैक्षिक उपलब्धि बढाउनका लागि सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो l
लक्ष्मी आदर्श आधारभूत विद्यालयमा हालसम्ममा विभिन्न व्यक्तिको सम्झनामा तीन लाख रुपैयाँ बढीको अक्षयकोष रहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो l
विद्यालयको नियमित कार्यक्रम दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशनको अवसरमा अक्षयकोषको स्थापना गरिएको हो l साथै आज नै विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल समेत प्रकाशन गरिएको छ l कार्यक्रममा मध्यविन्दु नगरपालिका कार्यपालिका सदस्य शिव कुमारी मल्ल , अम्रसा सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक ध्रुव न्यौपाने , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु , शिक्षक अभिभावक संघका सदस्यहरु ज्योति फाल , फुलमाया महतो , देवी महतो लगायतकाको आतिथ्यता रहेको थियो l विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालको अध्यक्षता तथा व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो l

सामुदायिक रेडियो दर्पण ९९.२ का लेखा समिति संयोजक उदयराज अर्याललाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । देव...
08/10/2022

सामुदायिक रेडियो दर्पण ९९.२ का लेखा समिति संयोजक उदयराज अर्याललाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
देवलाल काफ्ले
कार्यवाहक अध्यक्ष एवम् दर्पण एफएम परिवार

नेकपा एमालेले नवलपुरमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । प्रनितिधि सभा क्षेत्र नं. १ मा कृष्ण पौडेल, क्षेत्र नं. २ मा त...
08/10/2022

नेकपा एमालेले नवलपुरमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । प्रनितिधि सभा क्षेत्र नं. १ मा कृष्ण पौडेल, क्षेत्र नं. २ मा तिलक महतको नाम टुंगो लागेको हो । यस्तै प्रदेश तर्फ १ क रविन्द्र अधिकारी, १ ख रोशन बहादुर गाहा, २ क पद्मा जिसी र २ ख मा लक्षमण पाण्डेको नाममा टिकट आएको छ ।

सत्ता गठबन्धन अनुसार नवलपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले सिट वाडफाड गरेका छन् । जस अनुसार नवलपुरमा प्...
07/10/2022

सत्ता गठबन्धन अनुसार नवलपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले सिट वाडफाड गरेका छन् । जस अनुसार नवलपुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ नेपाली कांग्रेस र क्षेत्र नं. २ माओवादी केन्द्रले प्राप्त गर्ने भएको छ । यस्तै प्रदेश तर्फ १ को क नेपाली कांग्रेस, १ को ख नेकपा माओवादी केन्द्र, २ को क नेपाली कांग्रेस र २ को ख नेकपा एसले पाउनेछन् ।

Address

Madhyabindu-7 Nawalpur
Nawalpur

Alerts

Be the first to know and let us send you an email when Darpan Fm 99.2 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darpan Fm 99.2 mhz:

Share

Category