Kawasoti Tv

Kawasoti Tv निश्पक्ष / समाजको प्रस्ट ऐना

12/08/2026

ग्यास अभाव चर्किँदा सांसद गौतमको दाबी विवादमा/व्यवसायीको जवाफ– ‘ग्यास चाहिए उहाँसँगै माग्नुस्’

सासंद गौतमले ग्याँस उपलब्ध भएको भन्दै झुटो अफवाहा फैलाएको आरोप/स्ट्याटस हेरेर फोन गर्ने स्थानियलाई व्यवसायिले भने स्ट्या...
12/08/2026

सासंद गौतमले ग्याँस उपलब्ध भएको भन्दै झुटो अफवाहा फैलाएको आरोप/स्ट्याटस हेरेर फोन गर्ने स्थानियलाई व्यवसायिले भने स्ट्याटस हाल्नेसँग नै ग्याँस माग्न जानुहोस्
दीपेन्द्र रेग्मी, साउन २७, कावासोती ।

प्रतिनिधि सभा सदस्य (सांसद) राजन गौतमले आफ्नो निर्वाचन क्षेत्रमा एलपी ग्यास वितरण भइरहेको र अभाव समाधानका लागि पहल भइरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि नवलपुरका ग्यास व्यवसायीहरूले कडा आपत्ति जनाएका छन् ।
व्यवसायीहरूले सांसद गौतमको दाबीलाई “भ्रामक र झुटो अफवाह” भन्दै ग्यास चाहिएमा सोही स्ट्याटस लेख्ने सांसदसँगै माग्न जान उपभोक्तालाई आग्रह गरेका छन् ।
नवलपुर–१ का प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी उपलब्ध ग्यासको रेकर्ड लिइएको र वितरणको व्यवस्था मिलाइएको भन्दै सामाजिक सञ्जालमा जानकारी गराएका थिए ।
गौतमले मंगलबार आफ्नो पोस्टमा लेख्नुभएको थियो ः “आज गैंडाकोट र अमरापुरी क्षेत्रमा जानकी ग्यास वितरण भइरहेको छ । त्यसैगरी भोलि देवचुलीको रजहर, केउरानी लगायत कावासोती क्षेत्रमा जानकी ग्यास वितरण गर्ने योजना रहेको छ ।“
सांसद गौतमले ग्यास अभावका कारण उपभोक्ताले भोग्नुपरेको समस्या सम्बोधन गर्न पहल निरन्तर भइरहेको र ग्यासलाई पारदर्शी रूपमा उपभोक्तासम्म पु¥याउने प्रयास भइरहेको दाबी गर्दै आधिकारिक जानकारी अनुसार वितरणस्थलमा गएर ग्यास लिन उपभोक्ताहरूलाई अनुरोध समेत गर्नुभएको थियो । तर सांसद गौतमले सहज रूपमा ग्यास वितरण भइरहेको दाबी गरिरहँदा बजारमा भने ग्यासको चरम अभाव कायम नै रहेको र सो दाबी यथार्थभन्दा फरक रहेको भन्दै स्थानीय ग्यास व्यवसायीहरू आक्रोशित बनेका छन् ।
नवलपुरको गैँडाकोटमै रहेको अकलादेवी ग्यास सप्लायर्सका प्रमुख रामचन्द्र कँडेलले बजारमा पर्याप्त ग्यास उपलब्ध नै नभएको बताउनुभएको छ ।
जिल्ला प्रसासन कार्यालय नवलपुरले गरेको अनुगमनका क्रममा भेटिनुभएका कँडेलले हामिसँग आँफुले भेडावारि देखि दुम्किवास सम्म राजधानि, जानकी र बाबा लगायतका ग्याँस सप्लाई गर्दै आएको प्रष्ट पार्दै दैनिक हजार ग्याँस सिलिण्डर आवश्यक पर्नेमा आँफुलेनै चार,पाँच सय मात्र ग्याँस पाईरहेको बताउनुभएको छ ।
सासंद गौतमले सार्वजनिक गरेको ८ ओटा नम्मरहरु मध्ये हामिले पालैपालो सबैलाई सम्पर्क गर्दा २ वटा फोन अफ गरिएको पाईयो भने अन्य ६ नम्मरमा नै फोन उठेन । त्यति मात्र होईन स्वयंम सासंद गौतमको मोबाईलमा बारबार टेलिफोन सम्पर्क गर्दा पनि उहाँले समेत टेलिफोनको कुनै प्रतिक्रिया नै दिनुभएन ।
जनतालाई अनेकन सपना बाँडेर सासंद बनेका गौतमले जनताको समस्या समाधानको पहल गर्नुपर्नेमा फेसबुके राजनिति गरेर लोक रिझ्याँईँ गर्न खोजेको विष्लेशकहरुको भनाई छ ।
बजारमा ग्याँस अभाव रहेको यो अवस्थामा सांसदले झुटो आश्वासन दिएर उपभोक्तालाई भ्रममा पारेको व्यवसायिहरुको भनाई छ । सांसदको स्ट्याटस देखेर ग्यास लिन आएका उपभोक्तालाई खाली हात फर्काउनुपरेको र उनीहरूसँग अनावश्यक विवाद गर्नुपरेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।
बजारमा ग्यासको अभाव चुलिँदै जाँदा एकातिर उपभोक्ता सास्ती भोग्न बाध्य छन् भने अर्कोतिर जनप्रतिनिधि र व्यवसायीबीचको दोहोरीले स्थिति थप अन्योलग्रस्त बनेको छ ।
ग्यासको मौज्दात र वितरणको वास्तविक स्थितिबारे जानकारी नै नलिई सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै व्यवसायीहरूले “ग्यास चाहिएमा स्ट्याटस हाल्ने सांसद गौतमसँगै माग्न जान” उपभोक्ताहरूलाई खुला चुनौती दिएका छन् ।
सासंद गौतमको स्ट्याटस हेरेर उपलब्ध गराईएको नम्मर मध्ये न्यु सेवा ग्याँस सप्लायर्समा टेलिफोन गरेका कावासोतीका दिपक चागाईँलाई उक्त सप्लायर्सका व्यवसायिले कडा शब्दमा स्ट्याटस राख्नेसँगै गएर ग्याँस माग्नु भन्ने आशयको अभिव्यक्ति दिएका हुन् ।

सरकारलाई गिज्याइरहेका तस्बिरहरू
11/08/2026

सरकारलाई गिज्याइरहेका तस्बिरहरू

विहान करिब ५ बजे उठ्ने  तरखरमा कावासोति.........
11/08/2026

विहान करिब ५ बजे उठ्ने तरखरमा कावासोति.........

10/08/2026

ग्याँस अभावको वास्तविकता के हो ?

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न
10/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न

08/08/2026

हेर्नुहोस् त कावासोतीमै

युवा उद्यमशीलता अवलोकन, प्रवद्र्धन तथा प्रेरणा भ्रमण कार्यक्रम साउन २३, कावासोती ।कावासोतीमा आज युवा उद्यमशीलता अवलोकन, ...
08/08/2026

युवा उद्यमशीलता अवलोकन, प्रवद्र्धन तथा प्रेरणा भ्रमण कार्यक्रम
साउन २३, कावासोती ।

कावासोतीमा आज युवा उद्यमशीलता अवलोकन, प्रवद्र्धन तथा प्रेरणा भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोती नगरस्तरीय युवा सञ्जालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा भ्रमण कार्यक्रम गरिएको हो ।
युवा पुस्तालाई उद्यम तथा स्वरोजगारतर्फ आकर्षित गर्ने, सफल युवा उद्यमीका अनुभवबाट प्रेरणा लिने र स्थानीयस्तरमै सम्भावनाको खोजी गर्न प्रोत्साहित गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको आयोजक नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलले बताउनुभएको छ ।
कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डेले विषेश रुपमा संयोजनको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा कावासोती नगरपालिका क्षेत्रका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी, नगरस्तरीय युवा सञ्जालका पदाधिकारी तथा सदस्यहरू, केहि जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कावासोतीको वडा नं. ६ मा सञ्चालित गौरादेवि कृषि तथा पशुपंक्षि फारममा गरिएको गाई भैसीको फार्मबाट सुरु गरिएको अवलोकन भ्रमणमा नगरभित्रका, ईन्टरनेशनल ब्युटि पार्लर एण्ड टे«निङ्ग सेण्टर, दुना टपरि उद्योग, थारु गाउँ रिसोर्ट, कामनानितु कपडा उद्योगको ढाकाका कपडाहरु र कावासोती ९ मा रहेको नेचुरल कृषि फर्मको मौरि पालन सम्मका स्थापना देखि वर्तमान सम्मको विषय वस्तुहरुवारे बुझिएको थियो ।
सहभागीहरूले विभिन्न व्यवसाय तथा उद्यम सञ्चालन गरिरहेका युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका अनुभव र संघर्षका विषयमा समेत जानकारी लिएका थिए ।

कावासोतीमा नयाँ ‘अमलटारी फिडर’ सञ्चालन/अमलटारी पर्यटकीय क्षेत्रमा विद्युत् सेवा सुधार हुनेसाउन २३, कावासोती ।नेपाल विद्य...
08/08/2026

कावासोतीमा नयाँ ‘अमलटारी फिडर’ सञ्चालन/अमलटारी पर्यटकीय क्षेत्रमा विद्युत् सेवा सुधार हुने
साउन २३, कावासोती ।
नेपाल विद्युत्त प्राधिकरण कावासोती शाखाले १३२÷३३÷११ के.भी. सबस्टेसनअन्तर्गत साबिकको प्रगतिनगर फिडरलाई टुक्र्याएर आजदेखि नयाँ ‘अमलटारी फिडर’ निर्माण गरि सञ्चालनमा ल्याएको छ ।
विषेशगरि जिल्लाको पहाडि क्षेत्र देखि तराई क्षेत्रको पर्यटकिय प्रमुख गन्तव्य समेत रहेको अमलटारी क्षेत्रसम्म एउटै फिडरबाट विद्युत्त आपुर्ति गरिँदा एकैपल्ट धेरै क्षेत्रमा विद्युत्त अवरुद्ध हुने समस्या रहेकोमा अब भने सो समस्याको हल हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती शाखाका प्रमुख ईन्जिनियर शिव नारायण गोशलिले रेडियो कावासोतीलाई जानकारी दिनुभयो ।
नयाँ अमलटारी फिडर सञ्चालनमा आएपछि एकै पल्ट धेरै क्षेत्रमा विद्युत्को ट्रिपिङ समस्या कम हुनुका साथै प्राविधिक नोक्सानी (विद्युत् लस) घट्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
नयाँ फिडर विस्तारबाट लाभान्वित हुने क्षेत्रहरूमा विषेश गरि पूर्व–पश्चिम राजमार्ग दक्षिणका पर्यटकीय क्षेत्रहरू, कावासोती नगरपालिका वडा नं. ७, १०, ११, १२, १३ र १५ रहेको रेडियो कावासोतीलाई बताईएको छ । यस फिडरको निर्माणसँगै उक्त क्षेत्रका स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरूले थप भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।
यस निर्माण कार्यलाई सफल बनाउन सहयोग पु¥याएकोमा बुटवल ग्रिड परिवारप्रति नेपाल विद्युत्त प्राधिकरण कावासोती शाखाले विषेश धन्यवाद समेत व्यक्त गरेको छ ।

08/08/2026

गति चेकमा कडाइ

Address

Hupsekot 3
Nawalpur
108

Alerts

Be the first to know and let us send you an email when Kawasoti Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share