Santosh kc49

Santosh kc49 देशभरका नया र ताजा जानकारी एकै ठाउँ Arghakhanchi media मा

17/02/2025

16/02/2025

गाउ मै बसियो गाउमै हुर्कियो गाउकै सस्किर्ति हेरेर उमेर ढल्कि गयो तर पनि गाउघर मा मादल बासुरि झ्यालि बज्दा नाच्न मन अहिले पनि लाग्ने पार्ट १है अको भाग आउदै छ

01/02/2025

31/01/2025

29/01/2025

के होला ???
27/01/2025

के होला ???

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थ...
03/01/2025

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना 'क्याटरिङ्'बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन 'एक्स्ट्रा' काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र

31/12/2024

कालो साइड ब्याग हराएको सूचना ।

बुटवल बाट बिहान ७:३० मा अर्घाखाँचीको सुपादेउराली,खाँची,ढिकुरा, चिउरामाटी, नुवाकोट हुदै धारापानी को लागि छुटेको लु १ज १८४५ नम्बर को सबारी जिप बाट कालो ब्याग र महत्त्वपूर्ण कागचपत्र हराएको हुनाले नजिकै को प्रहरी कार्यलय निम्न
फोन नम्बर ९८५७०६६९१९ मा सम्पर्क गरिदिनु होला ।

30/12/2024
14/10/2024

अब तिहार आयो है गाउघर तिर ।।।।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Santosh kc49 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share