Panchakoshi Media Network

Panchakoshi Media Network “सत्य बोल्छौं, सत्य देखाउँछौं।
Official facbook Page of www.panchakoshimedia.com

29/07/2026

दैलेख मिनीबस दुर्घटना अपडेट !

सुर्खेतबाट अछाम जाँदै गरेको सु.प्र. ०१ ख ००१ ६३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१, मैनीखोलामा दुर्घटनाग्रस्त भएको छ।

प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा ६ जना सवारमध्ये २ जना सकुशल रहेका छन् भने ४ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी सडकसम्म ल्याइएपछि थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Panchakoshi Media Network

सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प्र. ०१ ख ००१ ६३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका-१ स्थित मैनीखोलामा द...
29/07/2026

सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प्र. ०१ ख ००१ ६३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका-१ स्थित मैनीखोलामा दुर्घटनाग्रस्त भएको छ।

प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला गाडीमा ६ जना सवार रहेकोमा २ जना सकुशल रहेका छन् भने ४ जना घाइते भएका छन्।

घटनालगत्तै स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी सडकसम्म ल्याइएको थियो। त्यसपछि उनीहरूलाई थप उपचारका लागि हाइसमार्फत प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट डीएसपी श्रवणकुमार विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घाइतेहरूको अवस्था र परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Panchakoshi Media Network

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन्।Panchakoshi Media Network
29/07/2026

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन्।

Panchakoshi Media Network

चामुण्डाबिन्द्रासैनी नगरपालिका-६ स्थित श्री कालिका माध्यमिक विद्यालय, नेत्रपानीमा वि.सं. २०६७ सालदेखि निर्माणाधीन रहेको ...
26/07/2026

चामुण्डाबिन्द्रासैनी नगरपालिका-६ स्थित श्री कालिका माध्यमिक विद्यालय, नेत्रपानीमा वि.सं. २०६७ सालदेखि निर्माणाधीन रहेको दुई कोठे विद्यालय भवन अन्ततः SOSEC Nepal को सहयोगमा सम्पन्न भएको छ।

लामो समयदेखि अपूरो रहेको भवन निर्माण कार्य सम्पन्न भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सुरक्षित, व्यवस्थित र सहज शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने भएका छन्। स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूले भवन निर्माण सम्पन्न गरिदिएकोमा SOSEC Nepal प्रति आभार व्यक्त गरेका छन्।

SOSEC Nepal शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा समुदाय विकासका क्षेत्रमा कार्यरत दैलेखस्थित गैरसरकारी संस्था हो।

Panchakoshi Media Network

सडकको दुरावस्थाले नरहरिनाथबासी सास्तीमा: एम्बुलेन्स नै हिलोमा भासियो।कालिकोटको नरहरिनाथ गाउँपालिकामा सडकको दयनीय अवस्थाक...
26/07/2026

सडकको दुरावस्थाले नरहरिनाथबासी सास्तीमा: एम्बुलेन्स नै हिलोमा भासियो।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा सडकको दयनीय अवस्थाका कारण स्थानीयवासीले दैनिक सास्ती भोग्न बाध्य भएका छन्। वर्षासँगै सडक हिलाम्मे र अवरुद्ध बनेपछि एम्बुलेन्ससमेत हिलोमा फस्ने अवस्था सिर्जना भएको छ।

Panchakoshi Media Network

26/07/2026

चामुण्डाबिन्द्रासैनीमा बृहत् श्रमदान सम्पन्न!चौतारा-पुनडाँडा सडक मर्मत। आज पनि श्रमदान गर्दै!

Panchakoshi Media Network

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन।Panchakoshi Media Network
25/07/2026

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन।

Panchakoshi Media Network

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सबैभन्दा बढी सवारीहरु त...
25/07/2026

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सबैभन्दा बढी सवारीहरु तीव्र गतिको कारण भएका छन् ।

Panchakoshi Media Network

रोल्पामा भाइरल भएका ३ बालिकालाई गाउँपालिका उच्च शिक्षासम्म नि:शुल्क पढाउने! Panchakoshi Media Network
25/07/2026

रोल्पामा भाइरल भएका ३ बालिकालाई गाउँपालिका उच्च शिक्षासम्म नि:शुल्क पढाउने!

Panchakoshi Media Network

बिरामी हजुरआमालाई पाँच घण्टा बोकेर अस्पताल पुर्‍याउनुपरेपछि पाल्तका बासिन्दाले सडक पहुँचबारे प्रश्न उठाए.. . -समाचार कमे...
18/07/2026

बिरामी हजुरआमालाई पाँच घण्टा बोकेर अस्पताल पुर्‍याउनुपरेपछि पाल्तका बासिन्दाले सडक पहुँचबारे प्रश्न उठाए.. .
-समाचार कमेन्ट मा!

Panchakoshi Media Network

Address

Nepa

Alerts

Be the first to know and let us send you an email when Panchakoshi Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share