ईनेपालगंज Enepalgunj

ईनेपालगंज Enepalgunj ई-नेपालगंज [e-Nepalgunj] डिजिटल दुनियाँको डिज?

🎓 +2 सक्नुभएको छ? रिजल्टको प्रतिक्षामा हुनुहुन्छ?एक पटक सोच्ने कि ?खाली समयको सदुपयोग गर्ने कि?
03/06/2025

🎓 +2 सक्नुभएको छ? रिजल्टको प्रतिक्षामा हुनुहुन्छ?
एक पटक सोच्ने कि ?
खाली समयको सदुपयोग गर्ने कि?

३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्ती सोनार...
14/05/2022

३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्ती सोनारीले ९ वटै वडाको १८ मतदान स्थलको ५१ वटै मतदान केन्द्रमा भयरहित वातावरणमा मतदान सम्पन्न भएको जनाएको छ । शुक्रबार भएको निर्वाचनमा राप्ती सोनारीमा ३१ हजार ४ सय ६६ मत खसेको छ । राप्ती सोनारीमा कुल ४४ हजार ८ सय १२ मतदाता रहेका छन । ४ हजार २ सय ८६ मतदाता भएको वडा नं....

https://enepalgunj.com/archives/9445

३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्...

३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल मत...
14/05/2022

३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल मतदाता भएको कोहलपुरका १५ वटै वडामा शुक्रबार मतदान सम्पन्न भएको थियो । आज (शनिबार) मतगणनाको तयारी भईरहेको छ । अहिले सर्वदलिय छलफल भईरहेको र केही समयभित्रै मतगणना सुरु हुने निर्वाचन आयोग कोहलपुरका प्रमुख तिर्थराज भट्टले जानकारी दिए ।...

https://enepalgunj.com/archives/9442

३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल ...

३१ वैशाख, काठमाडौं । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम...
14/05/2022

३१ वैशाख, काठमाडौं । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् । मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । माओवादीकी पूर्णिमा विकले १०५ मत पाएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।

https://enepalgunj.com/archives/9430

३१ वैशाख, काठमाडौं । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्.....

बीमा समितिले सबैखाले पुनर्बीमा शत प्रतिशत स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको छ । समितिले जार...
12/05/2022

बीमा समितिले सबैखाले पुनर्बीमा शत प्रतिशत स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको छ । समितिले जारी गरेको परिपत्र अनुसार नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) लाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा कुनै पनि अवस्थामा अस्वीकार नगर्न निर्देशन दिएको छ । कूल पुनर्बीमाको बीस प्रतिशत नेपाल रिसँगै सम्झौता गर्नुपर्ने बाध्यकारी प्रावधान रहेकोमा नेपाल रिले जोखिमको मूल्यांकनका आधारमा जोखिम स्वीकार्ने वा अस्वीकार्ने निर्णय गर्दै आएको थियो । तर यो परिपत्रले नेपाल रिलाई अनिवार्य पुनर्बीमा अन्तर्गतको हिस्सावापतको व्यापारमा जोखिमको मूल्यांकन गर्ने अवसरबाट वञ्चित गरिदिएको छ ।...

https://enepalgunj.com/archives/9417

बीमा समितिले सबैखाले पुनर्बीमा शत प्रतिशत स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको छ । स...

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ । २०७८ चैत मसान्तस...
12/05/2022

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ । २०७८ चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ५२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३६ ऋणीको रु.३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।...

https://enepalgunj.com/archives/9411

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ । २०७८ चैत म...

नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले कोहलप...
12/05/2022

नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले कोहलपुर नगर पालिका वडा नं. १० मा घरदैलो गरेका छन् । घरदैलो गर्ने क्रममा उनले स्थानिय निकाय अहिले सम्म कोहलपुर मा नेकपा एमालेको कव्जामा रहेकाले जनताले भने जस्तो विकास हुन नसकेको वताए । यस पटक नेपाली काँग्रेसका उम्मेदवारलाई वडा देखि केन्द्र सम्म विजय गराउनु भयो भने कोहलपुर को साथै नेपालकै मुहान फेर्ने उनले वताए ।...

https://enepalgunj.com/archives/9407

नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगिता सु.....

२९ वैशाख, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिने...
12/05/2022

२९ वैशाख, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीमा गाभिनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । यो सम्झौता बीमा क्षेत्रका लागि दोस्रो र जीवन बीमा क्षेत्रका लागि पहिलो मर्जर सम्झौता हो । यस अघि निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट इन्स्यारेन्स र हिमालयन जनरल इन्स्यारेन्सबीच मर्जर सम्झौता भएको थियो ।...

https://enepalgunj.com/archives/9402

२९ वैशाख, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्.....

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई २२ प्रकारका अधिकार दिएको छ । यी काम गर्ने प्रतिबद्धता जनाउने र प्रतिबद्धता ...
12/05/2022

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई २२ प्रकारका अधिकार दिएको छ । यी काम गर्ने प्रतिबद्धता जनाउने र प्रतिबद्धता अनुरुप काम गर्ने विश्वासिलो अनि असल मानिसलाई आफ्नो अमूल्य मत दिनु मतदाताको कर्तव्य हो । ३० वैशाख २०७९ मा आम नेपालीले संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । यस्तो अधिकार केवल ५/५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । आफ्नै घर आगन वा गाउँ एवं नगरमा आइपुगेको सिंहदरबाररुपी स्थानीय सरकार सञ्चालकहरुको छनोट गर्ने क्षण नै वैशाख ३० गते हो । यसर्थ, यस्तो महत्वपूर्ण क्षणमा आफ्नो अमूल्य मतको पूर्ण सदुपयोग गर्नु आम मताधिकार प्राप्त नागरिकको कर्तव्य हो ।...

https://enepalgunj.com/archives/9399

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई २२ प्रकारका अधिकार दिएको छ । यी काम गर्ने प्रतिबद्धता जनाउने र प्रत.....

बैशाख २५ बाँके कोहलपुर । नेपाली काँग्रेस कोहलपुर बाँकेले कोहलपुर नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गरेका व्यक्तिहरुमा जट...
09/05/2022

बैशाख २५ बाँके कोहलपुर । नेपाली काँग्रेस कोहलपुर बाँकेले कोहलपुर नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गरेका व्यक्तिहरुमा जटिल तथा दीर्घरोग देखिए नेपाल सरकारले प्रदान गर्ने ५ हजारमा अरु २ हजार थप गरेर दिने भएको छ । काँग्रेसको घोषणापत्रमा सरकारले प्रदान गर्दै आएको ५ हजारमा नगरपालिका आफैले २ हजार रुपैयाँ थपेर ७ हजार सहुलियत प्रदान गर्ने उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाभित्र रहेका सबै वडाहरुम उप–स्वास्थ्य चौकी स्थापना गरी कार्यान्वयनमा ल्याइने भएको छ । कोहलपुर नगरपालिकामा कम्तिमा पनि २५ शैयाको नगर अस्पतालको स्थापना गरिने, नगरभित्रका स्वास्थ्य चौकीहरुको स्तरवृद्धि गरी प्राथमिक स्वास्थ्य केन्द्रकारुपमा विकास गरिने, नगरभित्र बसोबास गर्ने गरिव, विपन्न, असाहय, अशक्त, अपांगता, मुक्त कमैया, सुकुम्बासी र दलित परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने काँग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्तै ६० वर्ष माथिका जेष्ठ नागरिक, अपांगता, दीर्घरोगी, द्वन्द्वकालका घाइतेहरु तथा एकल महिलाहरुका लागि व्यवस्थित स्वास्थ्य कक्षको निर्माण गरी तत्काल उपचार गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने उल्लखे छ ।...

https://enepalgunj.com/archives/9381

बैशाख २५ बाँके कोहलपुर । नेपाली काँग्रेस कोहलपुर बाँकेले कोहलपुर नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गरेका व्यक....

पालिका चुनावको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हु...
09/05/2022

पालिका चुनावको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने जोखिम छ । यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् । ६० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुनसक्ने आकलन निर्वाचन आयोगको छ । सरदरमा पाँच प्रतिशत मत बदर हुने आयोगको अनुभव रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।...

https://enepalgunj.com/archives/9378

पालिका चुनावको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा म...

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्...
07/05/2022

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएकोछ । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC, Indian Institute of Insurance लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । BIMSTEC मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।...

https://enepalgunj.com/archives/9362

काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१....

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when ईनेपालगंज Enepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ईनेपालगंज Enepalgunj:

Share