Ambikeshwori.com

Ambikeshwori.com स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार अम्बिकेश्वरी डटकम

19/02/2025

सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा छन्- पद्मा अर्याल

19/02/2025

अनुचित बाटो प्रयोग गरेर सरकार अघि बढ्दैन - पद्मा अर्याल

19/02/2025

एमालेले संचालन गरेको "जरा अभियान"को बारेमा बाँकेमा संचारकर्मीसंग कुरा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल

फागुन ५ को तयारीमा एमाले दाङ, बङ्गलाचुली गाउँ कमिटीसंग छलफल सम्पन्न नेपालगन्ज : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्र...
15/02/2025

फागुन ५ को तयारीमा एमाले दाङ, बङ्गलाचुली गाउँ कमिटीसंग छलफल सम्पन्न

नेपालगन्ज : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउने भए संगै एमाले दाङले तयारी तिब्र पारेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली दाङ आउने भएपछि एमाले दाङले बृहत तयारी गरेको छ । जस अन्तरगत शनिबार दाङको बङ्गलाचुली गाउँपालिका कमिटीका सदस्यहरु संग बृहत् छलफल भएको छ ।

फागुन ५ लाई लक्षित गर्दै नेकपा एमाले दाङका निबर्तमन अध्यक्ष तथा प्रदेश कमिटी सदस्य समेत रहेका भूमि समस्या समाधान आयोग दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतको नेतृत्वमा अध्यक्ष ओलीको दाङको कार्यक्रम सफल पार्न बग्लाचुलीका गाउँ कमीटिका पदाधिकारी तथा सदस्यहरूसंग बृहत छलफल भएको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीले जानकारी दिएका छन् ।

नेकपा एमाले दाङका निबर्तमन अध्यक्ष तथा प्रदेश कमिटी सदस्य समेत रहेका भूमि समस्या समाधान आयोग दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बङ्गलाचुली गाउँपालिका इन्चार्ज भेषराज खत्री, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भद्र गोपाल ओली, जिल्ला कमिटी सदस्यहरू लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

दाङमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आउने भए संगै बृहत् आमसभाको तयारी थालेको एमाले दाङले जिल्लाका सबै पालिकामा छलफल र बैठकहरु आयोजना गर्दै आमसभा भब्य रुपमा सफल पार्न योजना बनाउने र नेता तथा कार्यकर्तामा पुग्ने काम भएको प्रदेश कमिटी सदस्य ओलीले जानकारी दिएका छन् ।

फागुन ५ मा दाङबाट एमालेको शक्ति र एमाले प्रतिको जनताको अपार आशा रहेको प्रमाणित हुने एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले बताएका छन् ।

केपी ओली कपकाे प्रचारप्रसारको लागी राष्ट्रिय युवा संघ बाँकेले राख्यो सेल्फी र होल्डिङ बोर्ड नेपालगन्ज : काठमाडौंमा हुने ...
13/02/2025

केपी ओली कपकाे प्रचारप्रसारको लागी राष्ट्रिय युवा संघ बाँकेले राख्यो सेल्फी र होल्डिङ बोर्ड

नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ ।

राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो ।

गत मंगलबार राष्ट्रिय युवा सँघ बाँकेको जिल्ला कमिटी बैठककाे निर्णय अनुसार केपी ओली कपको प्रचारप्रसारका लागि सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको राष्ट्रिय युवा सँघ बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिएका छन् ।

केपी ओली कपको प्रचारप्रसारका लागि सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खेमराज शर्मा, जिल्ला इन्चार्ज पिबेन्द्र लामा(कालू), राष्ट्रिय युवा संघ नेपाल बाँकेका पार्टीका तर्फबाट इन्चार्ज राजु गोले, केन्द्रीय सदस्य सन्दीप बानिया, मनोज बिक, राज कुमार योगी, लुम्बिनी प्रदेश सह-सचीव भुपाल शर्मा, जिल्ला उपाध्यक्ष रमेश मिजार लगायत राष्ट्रिय युवा संघ बाँके अन्तरगतका ८ वटै पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रचारप्रसारकै सिलसिलामा राष्ट्रिय युवा संघ बाँकेले फागुन ३ गते शनिबारका दिन फुट्सल प्रतियाेगिता समेत आयोजना गर्न लागेको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता गर्दैछ ।

सरस्वती माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न दाङ : श्री सरस्वती माध्यामिक विद्यालय बबई - ७ चरकमटियाको अभिभावक भेला ...
12/02/2025

सरस्वती माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न
दाङ : श्री सरस्वती माध्यामिक विद्यालय बबई - ७ चरकमटियाको अभिभावक भेला आज सम्पन्न भएको छ ।
कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जा, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओली, नेकपा एमालेका बबई उपसचिव मोहनलाल थापा, नेकपा माओबादी केन्द्रका उपाध्यक्ष दिपक शाह, राप्रपाका अध्यक्ष बिरबहादुर बिस्ट, नेपाली काङ्ग्रेसका वडा ईकाई सभापति महादेब केसी, माओबादी केन्द्रका वडा ईन्चार्ज पदम शाह, सातपोखरी सामुदायिक बन समुहका अध्यक्ष गोपाल बस्नेत, पुर्ब बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिमराज डाङ्गीले लगायतको उपस्थिति रहेको थियो ।
अभिभावक भेलामा बोल्दै बबई गाउँ पालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले शिक्षाले मात्रै समाज परिबर्तन गर्ने बताउनुभयो । सामुदायिक बिध्यालयमा तिनै तहका सरकारले लगानी गर्ने गरेको भए पनि सबैको चासो अनि गुणस्तरीय शिक्षा प्रदान हुन नसकेकोप्रती चिन्ता थपेको उहाले बताउनुभयो ।

यस्तै कार्यक्रममा बबई - ७ का अध्यक्ष तिलकराम भण्डारीले पछिल्लो समय बिध्यालयले गुणात्मक रुपमा प्रगती गरेको बताउनुभयो । स्थानीय सरकारले सोचेको जस्तो बिध्यालयले प्रगती गर्न नसकेको बताउदै पछिल्ला गतिबिधिले आशा जगाएको बताउनुभयो ।

बिध्यालयका प्रधानाध्यापक सिट्टिसाप बिस्टले बिध्यालयको आर्थिक, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भेलामा खेल प्रशिक्षक, खेलडी, खेल संयोजक, शिक्षकलाई सम्मान र पुरस्कृत गरिएको थियो । सहायक प्रधानाध्यापक नवीन लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजीकरण शिक्षक बिरेन्द्र भण्डारी र हरिप्रसाद भट्टराईले गर्नुभएको थियो ।

दाङमा टोल कमिटी गठनलाई तिब्र बनाउदै एमाले, बबई ३ हंसपुरमा टोल कमिटी गठननेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी ...
11/02/2025

दाङमा टोल कमिटी गठनलाई तिब्र बनाउदै एमाले, बबई ३ हंसपुरमा टोल कमिटी गठन

नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ हंसपुरमा नेकपा एमाले टोल कमिटी गठन गरेको हो ।

दाङको बबई गाउँपालिका वडा नम्बर ३ हंसपुरमा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीको प्रमुख अतिथिमा सम्पन्न टोल कमिटी गठन कार्यक्रममा बिशिस्ट अतिथी नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पौडेल रहेका थिए ।

कार्यक्रमको अतिथीहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य नन्दलाल ओली, नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष टंकराज बिश्वकर्मा, नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर तिनका अध्यक्ष धन बहादुर डाङ्गीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण यज्ञ ओलीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीले देशलाई नेकपा एमाले मात्रै बिकासको बाटोमा हिडाउने भएको हुँदा मिसन ८४ को लागी सबै एक ठाउँमा उभिनु पर्ने जिकिर समेत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पौडेलले नेकपा एमालेले देशमा नेतृत्व लिए संगै बिकासको कामलाई प्रमुखतामा राखेर केपी ओली नेतृत्वको सरकारले काम गरेको जिकिर गर्दै एमाले बिना बिकास सम्भव नै नरहेको बताएका थिए । आगामी निर्वाचनमा देश एमालेमय हुने समेत उनले बताएका थिए

11/02/2025

नेपालगन्जमा टेनिस क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई १ लाख रुपैयाँ

11/02/2025

नेपालगन्जस्थित युनाईटेड एजुकेशनल एकेडेमीले यसरी मनायाे बार्षिकत्सव ।

11/02/2025

सरकारले आज माघ २२ गते देखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरेको छ। १० वर्षदेखि १४ वर्ष सम्मका हाम्रा १७ लाख बालिकाहरू यो खोप लिनबाट नछुटुन्। खोप अभियानमा संलग्न सबैलाई सफलताको शुभकामना।

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग प्रदानhttps://ambikeshwori.com/?p=20087
30/04/2024

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग प्रदान
https://ambikeshwori.com/?p=20087

बाँके, १८ बैशाख । महिनावारी भएको समयमा किशोरी तथा महिलाको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग वितरण गरिएको छ ।फ्र.....

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्युhttps://ambikeshwori.com/?p=20084
30/04/2024

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
https://ambikeshwori.com/?p=20084

बाँके, १८ बैशाख । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर

Address

Nepalgunj
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Ambikeshwori.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ambikeshwori.com:

Share