Banke Media

Banke Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banke Media, News & Media Website, USA, Nepalganj.

वेबसाइट र सोसल मिडियामार्फत समाचार उत्पादन र प्रसारण गर्ने। टेलिभिजन, रेडियो र डिजिटल मिडिया कार्यक्रम निर्माण, सम्पादन, वितरण र प्रसारण गर्ने। क्याटलग, पोष्टकार्ड, शुभकामना कार्ड, फाराम,परिचय पत्र , विज्ञापन सामग्री उत्पादन, गर्ने।

नेपालगञ्ज स्थित महेन्द्र पार्कमा रहेका १५ चित्तल मध्ये ४ वटा चित्तल कुकुरको आक्रमणमा परि मरेका छन् । कुकुरले कसरी गरे आक...
29/04/2026

नेपालगञ्ज स्थित महेन्द्र पार्कमा रहेका १५ चित्तल मध्ये ४ वटा चित्तल कुकुरको आक्रमणमा परि मरेका छन् । कुकुरले कसरी गरे आक्रमण ?

भेरी अस्पताल नेपालगन्जको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै काठमाडौ बाट आए खगेन्द्र सुनार दिए अस्पताल प्रशासनलाई चेताव...
27/04/2026

भेरी अस्पताल नेपालगन्जको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै काठमाडौ बाट आए खगेन्द्र सुनार दिए अस्पताल प्रशासनलाई चेतावनी :

बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको लापरबाहीले उपचार सकिएर डिस्चार्ज को तयारिमा रहेकी ६२ बर्सिया दिलसरा बिकको मृत्यु भएको भन्दै येतिबेला स्थिती तनाबग्रस्त बनेको छ ।
मृतकका परिवारले अस्पताल प्रशासनको गम्भीर लापरबाही र गलत ईन्जेक्सनका कारण मृत्यु भएको आरोप लगाएका छ्न ।

उक्त घटना पछि रास्वपाका सांसद खगेन्द्र सुनार नेपालगन्ज आईपुगेका छ्न उनले अस्पताल प्रशासनलाई चेतावनी दिदै तुरुन्तै निस्पक्ष छानबिन गरि दोसिलाई कार्बाही गर्न माग गरेका छ्न ।

14/02/2026
Nepalgunj Mayor Cup 3rd Rating Chess Tournament-2026FIDE Event Code: 465875Date: 2082 Falgun 2nd-4thVenue: Bheri Technic...
14/02/2026

Nepalgunj Mayor Cup 3rd Rating Chess Tournament-2026
FIDE Event Code: 465875
Date: 2082 Falgun 2nd-4th
Venue: Bheri Technical School, Nepalgunj, Banke

28/12/2025

आठौं राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप प्रतियोगितामा नेपालगन्ज भित्र सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल नेपालगन्ज १८ टोली।

27/12/2025

आठौं राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप प्रतियोगितामा नेपालगन्ज भित्र सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल नेपालगन्ज १८ टोली।

27/12/2025

आठौं राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप प्रतियोगितामा नेपालगन्ज भित्र रहेका विभिन्न विद्यालयको मार्च पास टोली।

बाँकेको खजुरास्थित नेपालगन्ज - गुलारिया हुलाकी सडक खण्ड अन्तर्गत पर्ने पेडारी नालामा ३३ मिटर लामो , २२ मिटर चौडाई सहित ४...
28/10/2025

बाँकेको खजुरास्थित नेपालगन्ज - गुलारिया हुलाकी सडक खण्ड अन्तर्गत पर्ने पेडारी नालामा ३३ मिटर लामो , २२ मिटर चौडाई सहित ४ लेनको नयाँ बक्स ब्रिज पुल निर्माणको काम शुरु भएको छ । सवारी साधन र यात्रुको चापलाई मध्यनजर गरेर ३ महिनामा नै पुल सम्पन्न गर्ने बताइएको छ ।

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छ...
26/10/2025

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।

गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।

झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।

बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।

एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।

रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।

म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?

केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।

मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।

पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।

केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।

तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।

पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले "कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो" भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।

बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।

आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।

आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।

उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।

सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।

🌸 दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।।

Address

USA
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Banke Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share