Raja Times

Raja Times News Raja

काठमाडौं– गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार सहसचिव रामकृष्ण अधिकारीलाई...
30/01/2024

काठमाडौं– गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार सहसचिव रामकृष्ण अधिकारीलाई पठाइएको छ भने सिराहामा बासुदेव दाहाललाई पठाइएको छ । त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा तानिएको छ । अधिकारी केही दिन अघि लमजुङबाट मन्त्रालय आएका थिए । नुवाकोटमा कार्यरत प्रजिअ सुरेन्द्र पौडेल सुरुवा भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सम्हाल्दै आएका थिए ।

काठमाडौं– गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार सहसचिव रामकृष्ण .....

काठमाडौं–राप्रपा नुवाकोटको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको नयाँ कार्यसमिति चयन भएको छ । श्य...
29/01/2024

काठमाडौं–राप्रपा नुवाकोटको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको नयाँ कार्यसमिति चयन भएको छ । श्याम परियारको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको सदस्यहरुमा सन्जय बिक, राधिका बिक, माया दर्जी, सीता मिजार, अर्जुन परियार, कृष्णबहादुर बिक, जगत दर्जी र अमृत सुनुवार चयन भएका छन् । नुवाकोट क्षेत्र नंम्बर १ को अध्यक्षमा राजु परियार रहेका छन् । नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गी लगायतले कार्यकालको शुभकामना दिएका थिए ।

काठमाडौं–राप्रपा नुवाकोटको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको नयाँ कार्यसमिति चयन ...

काठमाडौं– मीमांसा लेखसंग्रह पुस्तकको सार्वजनिक गरिएको छ । शनिबार विमोचित नुवाकोट विदुरमा आयोजित एक कार्यक्रमका बीच संघीय...
27/01/2024

काठमाडौं– मीमांसा लेखसंग्रह पुस्तकको सार्वजनिक गरिएको छ । शनिबार विमोचित नुवाकोट विदुरमा आयोजित एक कार्यक्रमका बीच संघीय अर्थमन्त्री प्रकाशशरण महतले श्रीराम श्रेष्ठव्दारा लिखित पुस्तक विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा लेखक श्रेष्ठले पढ्ने संस्कृतिको विकासको गर्नु पर्ने बताए । पुस्तकमा विभिन्न समयमा छापा तथा अनलाइनमा प्रकाशित ५८ वटा लेखहरु संग्रहित छन् । उक्त पुस्तक नेपाली लेखक संघ जिल्ला कार्यसमिति नुवाकोटले प्रकाशनमा ल्याएको हो । राजनीतिमा समेत सक्रिय श्रेष्ठको यो २५ औं पुस्तक हो ।

काठमाडौं– मीमांसा लेखसंग्रह पुस्तकको सार्वजनिक गरिएको छ । शनिबार विमोचित नुवाकोट विदुरमा आयोजित एक कार्यक्रमक....

25/01/2024

काठमाडौं–राष्ट्रिय सभामा १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन् भने एकजना एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कोशी प्रदेशमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन् । उनले सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गरेकी छन्।कोशी गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले पौडेलको भन्दा ७ सय ३० धेरै मतभारले जितेका थिए ।...

काठमाडौँ–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने स्वस्थानी व्रत कथा सुरु भएको छ । स्वस्थानी...
25/01/2024

काठमाडौँ–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने स्वस्थानी व्रत कथा सुरु भएको छ । स्वस्थानी व्रत एवं माघस्नान विहिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरी मनाइन्छ । स्वस्थानी पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा छ ।...

काठमाडौँ–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने स्वस्थानी व्रत कथा सुरु भएको छ । ....

काठमाडौं–राजा ज्ञानेन्द्र शाहले रौतहटको गरुडानगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाअर्चना गर्नु भएको...
16/01/2024

काठमाडौं–राजा ज्ञानेन्द्र शाहले रौतहटको गरुडानगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाअर्चना गर्नु भएको छ । राजावादीको बाक्लो समर्थकका बीच शिवनगर चौकबाट पैदल हिँडेर राजा शाह मन्दिरसम्म पुग्न भई महादेवको दर्शन गर्नु भएको हो । पछिल्लो समय राजा शाह मदेशका विभिन्न जिल्लामा रहेका धार्मिक यात्रामा निस्केका हुन् । दर्शन गर्न जाँदा समर्थहरुको भिड लागेको थियो । बाराको सिमरामा बस्दै आउनु भएका राजा शाह शिवनगर चौकबाट पैदल हिंड्दै गर्दा समर्थकहरुले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । …...

काठमाडौं–राजा ज्ञानेन्द्र शाहले रौतहटको गरुडानगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाअर्.....

काठमाडौ–युरोपियन मुलुक डेनमार्कमा नयाँ राजा घोषित भएका छन् । युवराज फ्रेडरिक नयाँ राजा घोषित भएका हुन् । डेनिस रानी मार्...
15/01/2024

काठमाडौ–युरोपियन मुलुक डेनमार्कमा नयाँ राजा घोषित भएका छन् । युवराज फ्रेडरिक नयाँ राजा घोषित भएका हुन् । डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेपछि तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौंको संख्यामा नागरिकहरु भेला भएका थिए । उनीहरुले आफ्ना राजाको हात हल्लाएर प्रगतिको कामना समेत गरेका थिए ।

काठमाडौ–युरोपियन मुलुक डेनमार्कमा नयाँ राजा घोषित भएका छन् । युवराज फ्रेडरिक नयाँ राजा घोषित भएका हुन् । डेनिस र...

काठमाडौं–विरामी तथा घाइतेले रगतको अभावमा कालमै ज्यान बचाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले क...
15/01/2024

काठमाडौं–विरामी तथा घाइतेले रगतको अभावमा कालमै ज्यान बचाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले कोष अभियान थालेको छ । सोमबारबाट गेर्खुटार उपशाखाबाट अभियान थालेको हो । जिल्ला शाखाले १ करोड रुपैयाँको कोष अभियान स्थापना गरी संचालन गर्न लागेको हो । त्यसका लागि मानवीय सेवाको आवश्यकता पर्ने भएकाले सहयोगी हात बढाएको जिल्ला शाखाकाका सभापति हरि श्रेष्ठले बताए । कोष अभियान अन्तर्गत तारुका उपशाखाले माघेसक्रान्ति मेलामा संचालन गरेका अभियानमा १९ हजार ४५ रुपैया जम्मा भएको जिल्ला शाखाले जनाएको छ ।

काठमाडौं–विरामी तथा घाइतेले रगतको अभावमा कालमै ज्यान बचाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्....

15/01/2024

काठमाडौं– माघी पर्व मनाउन सोमबार टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा १६ जना घाइते भएका छन् । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको बेलाबेग्लै कार्यक्रममा सहभागीबीच भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइतेहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको छ । टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

15/01/2024

काठमाडौं– देशभरका मगर र थारु समुदायले माघी पर्व मनाएका छन् । सोमबार माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । माघीको अवसरमा काठमाडौंको बसन्तपुर दरबार क्ष्ँेत्रबाट विभिन्न झाँकीसहितको र्याली निकालेर टुँडिखेलसम्म आएको थियो । माघी पर्वमा थारु समुदायले पकाइने परिकार भेषभुषा सहितको पहिरनले झकिझकाउ बनाएको थियो । उनीहरुले ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकार पर्वको अवसरमा टुँडिखेलमा राखेका थिए । त्यसैगरी मगर समुदायले पनि आफ्नो परम्परागत झाँकी सहित नृत्य प्रस्तुत गरेका थिए । माघीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल सरिक भएका थिए ।

काठमाडौं– नुवाकोटमा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता गरी मनाइएको छ । नुवाकोटको तारकेश्वरगाउँपालिका ३ तारुक...
15/01/2024

काठमाडौं– नुवाकोटमा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता गरी मनाइएको छ । नुवाकोटको तारकेश्वरगाउँपालिका ३ तारुको चन्दनीमा १७ हल गोरु, पञ्चकन्यागाउँपालिका ३ पीपलडाँडामा ८ हल, शिवपुरीगाउँपालिका ५ शेराबगरमा ४ हल र विदुरनगरपालिका १० बेत्रावतीमा ९ हल गोरु जुधाइएको छ । ती सबै स्थानमा गरी नुवाकोटमा ३८ हल गोरु जुधाइएको छ । गोरु जुधाई कहिलेबाट सुरुवात भएको भन्ने सम्बन्धमा एकिन मत ईतिहासकै गर्भमा रहेको बताइन्छ । …...

काठमाडौं– नुवाकोटमा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता गरी मनाइएको छ । नुवाकोटको तारकेश्वरगाउँपा...

Address


Alerts

Be the first to know and let us send you an email when Raja Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raja Times:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share