किस्पाङ नुवाकोट

  • Home
  • किस्पाङ नुवाकोट

किस्पाङ  नुवाकोट Welcome to Kispang Nuwakot! 🌄 Dive into the rich cultural heritage and vibrant updates of Nuwakot, Nepal. Join us on a journey to celebrate tradition,

Explore captivating culture videos and stay updated on the latest happenings in Kispang and beyond. किस्पाङ १ भाल्चे नुवाकोट

धादिङ नुवाकोट समाज यूकेद्वारा अन्तर्राष्ट्रिय कुङफु पदक विजेता सरिना घले सम्मानित यूकेमा नेपालको शिर उच्च बनाउनुभएकी अन्...
21/07/2025

धादिङ नुवाकोट समाज यूकेद्वारा अन्तर्राष्ट्रिय कुङफु पदक विजेता सरिना घले सम्मानित यूकेमा नेपालको शिर उच्च बनाउनुभएकी अन्तर्राष्ट्रिय कुङफु खेलाडी सरिना घलेलाई धादिङ नुवाकोट समाज यूकेले भव्य सम्मान गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई पदक दिलाएबापत सरिनालाई यो विशेष कदर गरिएको हो।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङले एनुएल समर गेट टुगेदर कार्यक्रममा सरिनालाई प्रशंसा पत्रसहित सम्मान प्रदान गर्नु भएको छ । यो सम्मानले सरिनाको अथक प्रयास र खेलकुदमा उहाँले पुर्याउनुभएको योगदानलाई कदर गरेको छ। हालै सरिनाले यूकेमा आयोजित दुई महत्त्वपूर्ण प्रतियोगिताहरू डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप र डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा गौरवमय स्थान दिलाउनुभएको थियो। यसअघि पनि उहाँलाई यसै सफलताका लागि तमु धि समाज यूके र मगर एसोसिएसन यूकेले सम्मान गरिसकेका छन्। नुवाकोटको किस्पाङ गाउँपालिका १, भाल्चेकी सरिना घले हाल यूकेमै मास्टर्स अध्ययन गरिरहनुभएको छ। तेस्रो डान सरिना आगामी सेप्टेम्बर १८ देखि २१ तारिखसम्म यूकेमै हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारीमा हुनुहुन्छ। सरिना घलेको यो सफलताले नेपाली खेलकुद क्षेत्रलाई थप प्रेरणा दिएको छ। उहाँको आगामी प्रतियोगिताका लागि हार्दिक शुभकामना जय नेपाल जय किस्पाङ जय भाल्चे ! 🙏🇳🇵✨✨✨✨💥 SaRina Rani Ghale

किस्पाङ १ भाल्चे र साल्मे ४ को बिधालय कुन राम्रो लाग्यो ?
04/07/2025

किस्पाङ १ भाल्चे र साल्मे ४ को बिधालय कुन राम्रो लाग्यो ?

Kispang 1  Bhalche Nuwakot ❤️
20/06/2025

Kispang 1 Bhalche Nuwakot ❤️

Kispang 1 Bhalche  Nuwakot
20/06/2025

Kispang 1 Bhalche Nuwakot

💐💐💐
16/06/2025

💐💐💐

नुवाकोटकी छोरी सरिना रानि घलेले अन्तर्राष्ट्रिय स्तरमा जितिन् स्वर्ण पदककिस्पाङ – १, भाल्चे (नुवाकोट) — नुवाकोटको किस्पा...
10/06/2025

नुवाकोटकी छोरी सरिना रानि घलेले अन्तर्राष्ट्रिय स्तरमा जितिन् स्वर्ण पदक

किस्पाङ – १, भाल्चे (नुवाकोट) — नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा जन्मिएकी सरिना रानि घलेले युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा सम्पन्न डब्लूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्दै मात्र नुवाकोट होइन सम्पूर्ण नेपालकै गौरव बढाएकी छन्।

उमा कुङ्फुकी तेस्रो डान खेलाडी सरिनाले चाइनिज क्रिएटिभ फम्स तर्फ उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डकी एमेलिया पार्किनलाई ९.३ अंकले पछि पारिन्। हाल युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि फेब्रुअरीमा सम्पन्न डब्लूएमएसी इंग्लिस च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्।

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सन्जितकुमार राईका अनुसार, सरिनाले आगामी सेप्टेम्बर १८ देखि २१ सम्म युकेमा नै आयोजना हुने डब्लूएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा नेपाल प्रतिनिधित्व गर्नेछिन्।

किस्पाङ १ भाल्चे, नुवाकोटको माटोबाट हुर्किएकी सरिनाको यो उपलब्धिले सिङ्गो मुलुकको शिर गर्वले उचो बनाएको छ। उहाँको आगामी यात्रामा सफलताको शुभकामना!🇳🇵🙏⭐️⭐️⭐️⭐️🥇🥇💪

भाल्चेमा त्रिशूली अस्पतालद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्ननुवाकोट  किस्पाङ गाउँपालिका–१ भाल्चेमा त्रिशूली ...
06/06/2025

भाल्चेमा त्रिशूली अस्पतालद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेमा त्रिशूली अस्पताल, नुवाकोटको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचबाट वञ्चित दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी संचालन गरिएको यो शिविर अस्ति शनिबार सम्पन्न भएको हो।

शिविरमा करिब ४ सयभन्दा बढी स्थानीयवासीले विभिन्न प्रकारका स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाका अनुसार शिविरमा स्त्रीरोग, हाडजोर्नी, मधुमेह, बालरोग तथा सामान्य रोगहरू सम्बन्धी परामर्शसहित भिडियो एक्स–रे जस्ता विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराइएका थिए।

विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको परीक्षण गरी आवश्यक परामर्शका साथ औषधि वितरणसमेत गरेको थियो।

शिविरले दुर्गम क्षेत्रका नागरिकलाई घरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसर दिलाएको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्। अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार यस्तो खालको शिविरले ग्रामीण जनताको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शिविर सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीहरूप्रति किस्पाङ गाउँपालिका–१ का वडा अध्यक्ष पशुपति घलेज्यूले धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

सरकारी भेडा  फर्म किस्पाङ १ भाल्चे नुवाकोट नेपाल
30/05/2025

सरकारी भेडा फर्म किस्पाङ १ भाल्चे नुवाकोट नेपाल

Address

Kispang 1 Bhalche

Website

Alerts

Be the first to know and let us send you an email when किस्पाङ नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to किस्पाङ नुवाकोट:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share